विज्ञान विचार
मान्छे, मनसुन र पहाड अर्थात् नेपाल
डा. तर्ीथबहादुर श्रेष्ठ
कान्नानी, बाइमात्रा, तर्कुल्लेलाई पढ
लक्कानो, दोलक्खा र बर्धन्नेलाई पढ
अक्षर र मात्रा जस्तै छन् यी थुम्का, गाउँ र बेँसीहरू
त्रि्रो देशको शिरबिन्दुलाई पढ
-कवि कालीप्रसाद रिजाल
नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको रजत जयन्ती-२०३९
को प्रकाशन माला नं. ३ मा प्रकाशित 'आफैलाई पढ' भन्ने कविताको पहिलो
पंक्ति पढेपछि, नेपाल देश, बाह्रखरीका सबै अक्षर र मात्राहरूको संयोजन
मिलाएर बसेको एउटा खुल्ला पुस्तकको रूपमा भेटिन्छ । अहिले प्रज्ञा-प्रतिष्ठान
स्वर्ण्र्ाायन्तीको संघारमा पुग्दा ती थुम्का, गाउँ र बेँसीहरू एकपल्ट
पढी हर्ेर्ने रहर पलायो । यही बेला कवि कालीप्रसाद रिजालले 'हेलिकोप्टर
उडेको रात' राष्ट्रिय कविता महोत्सव-२०६२ को ९ असारमा प्रज्ञा भवनमा
वाचन गरे । उनको त्यो कविता सुन्दा मेरो जस्तै धेरैको हंश उड्यो होला
। तैपनि 'आफ्नो छातीलाई उत्खनन् गरेर' एकपटक पढी हेरौँ नेपाललाई ।
साँच्चै नै नेपालको भू-स्वरुपलाई नियालेर हेर्यौँ भने विशाल हिमालयको
कान्नानी - ा ) को रूपमा महाभारत पर्वतलाई पाउँदछौँ । पहाडर्-पर्वतलाई
फेरो मार्दै बग्ने नदी र नालाहरू तर्कुल्ले - ु ) र बर्धन्ने - ू )
झैँ विभिन्न दिशामा छरपस्ट छन् । टाढा क्षितिजमा देखिने धौलागिरि,
मकालु र सगरमाथाका शिखरहरू कुनै अक्षरमाथि टाँगिएका मात्राहरू जस्तै
डिकमारी बसेका छन् । साँझ-बिहान यिनै क्षितिजबाट अस्ताउने र उदाउने
र्सर्ूयका शिरबिन्दु - ं ) हरू बाह्रखरीकै अक्षर जस्ता छन् । तर यी
बाह्रखरी विभिन्न विद्वान्ले विभिन्न किसिमले पढ्दछन् । फलस्वरुप आफ्ना
रैथाने शब्द र स्थानीय सोचहरू विकृतिको भुमरीमा पर्न जान्छन् । जस्तो,
डा. हर्कबहादुर गुरुङको 'भोट प्रदेश' लाई वन गुरुयोजनाले उच्च हिमालभित्र
गाभिदिन्छ । त्यस्तै, मधेश र चुरे शिवालिकमा रुपान्तर हुन्छन् । भू-स्वरुपका
आधारमा जिल्ला छुट्याउँदा डोल्पा, मुस्ताङ र मनाङजस्ता हिमालपारिका
भोट प्रदेश पनि दार्चुला, कालीकोट र ताप्लेजुङ झैँ पर्वतीय जिल्लामा
गनिन पुगेका छन् । पहाडी जिल्लाका श्रेणीमा पर्ने ३९ जिल्लाहरू पनि
एक-आपसमा बहुतै भिन्न छन् । तथापि सर्ुर्खेत र सिन्धुली पहाडी जिल्ला
बन्न पुगेका छन् भने उस्तै दाङ तर्राईमा वर्गीकृत छ ।
नेपाल जस्तो जटिल पर्वतीय देशको भू-भागलाई स्थानीय
पहिचान र रैथाने परिभाषामा आधारित विकास अवधारणा आवश्यक हुन्छ । नौलो
परिभाषा र नयाँ वर्गीकरण प्रत्युपादक पनि हुनसक्छ । किनभने, प्रकृतिले
रचेको पर्वतीय भू-स्वरुपको र्सवग्राहृय र र्सवव्यापी परिभाषा नै हुनसकेको
छैन । सन् २००० को जून महिनामा प|mान्सको आल्पस पर्वतको अट्रां र ग्रिनोबल
शहरमा सम्पन्न विश्वभरिका पर्वत-विशेषज्ञहरूको भेलाले पनि पर्वतको
परिभाषा जुटाउन सकेन । उक्त गोष्ठी पर्वतको र्सवसम्मत परिभाषा सम्भव
छैन भन्ने निष्कर्षा पुगेर टुङ्गएिको थियो ।
पर्वतको पहिचान त्यसको अस्तित्वमा निहित हुन्छ । सगरमाथा आरोहणका अथक
यात्री जर्ज मेलोरीलाई तिमी किन बारम्बार एभरेष्ट आरोहणमा जान्छौ भनी
सोध्दा उनले भने, "किनभने त्यो त्यहाँ हुन्छ ।" "त्यो"
रहस्य, त्यसभित्रको कौतुहल र त्यहाँको आकर्षा कहिल्यै पर्ूण्ा हुने
गरी उजागर भएको छैन । शायद हुँदैन पनि । तर एउटा कुरा भने निश्चित
छ, पर्वत बिना विश्वको तिर्खा मेट्न सम्भव छैन । स्वच्छ जलको मूल स्रोत
पर्वत नै हो । पर्वत नै जलशक्तिको मूल कारण हो । जैविक विविधताको प्रमुख
आधार पनि पर्वत नै हो । पर्वतले नै विश्वको जलवायुलाई सुनियोजित गरेको
छ ।
दक्षिण एसियाको सर्न्दर्भमा जलवायुको चर्चा गर्दा र्सवाधिक महत्त्व
मनसुनले पाउँछ । मनसुन के हो - कहाँबाट आउँछ - कहाँ जान्छ - कसरी पानी
बर्सर्ााछ - धेरैका मनमा यस्ता प्रश्न खेल्दा हुन् । हुन पनि, मनसुन
बिना सबै प्यासी नै बस्नुपर्ने हुन्छ । जेठको खडेरी र घामले राँकिएको
जमिन, वषर्ाको प्रतीक्षामा धर्ैय गुमाएर छटपटिएका किसान, प्यासी उडानमा
थकित काकाकुल, सुख्खाले स्वरै बसिसकेका भ्यागुता, सुकेका घाँस अगाडि
टोलाएका मृग- सबै-सबैको प्रतीक्षामा मनसुन नै हुने गर्छ । मधेश, तर्राई
र पहाडमा चारैतिर हर हर महादेव पानी देऊ भन्दै किसानहरू चिच्याउँदछन्
। पर्ूर्वी तर्राईमा पानी माग्नेहरू भ्यागुताको बिहे रचाउन विशेष कार्यक्रम
सञ्चालन गर्दछन् भने पश्चिम तर्राईमा बस्त्र फालेर नारीहरू बाँझो जोत्न
होम्मिन्छन् । काठमाडौँ उपत्यकामा मत्स्येन्द्रनाथको भोटो जात्रापछि
पनि पानी नपरेमा इन्द्रको अनेक आराधना गरिन्छ । डडेलधुरा र डोटीतिर
घटालबाबाको पुकार घन्काउँदै डाँडा-पाखा चहार्दछन् किसानहरू । मध्यतर्राईका
मुसलमानहरू आकाशमुनि नमाज पढेर पानी माग्दछन् । अर्थात् मेचीदेखि महाकालीसम्मका
किसानहरू पानी मागेको माग्यै गर्दछन् र मनसुन आइपुग्छ मेघ र वषर्ा
लिएर । अनि धान रोप्ने हतारो र चटारोमा मेची-महाकाली जर्ुमुराउँछ ।
धान रोपाइँ हामी नेपालको सबभन्दा ठूलो महोत्सव हो । काठमाडौँका नेवारहरू
यो कार्यलाई 'सिनाज्या' भन्दछन्, अर्थात् ज्यान फालेर गर्ने काम ।
हुन पनि के तर्राई, के पहाड सम्पर्ूण्ा किसानहरू ज्यानै फालेर रोपाइँ,
बाउसे र हलीका रूपमा तैनाथ हुन्छन् ।
विश्वकै सर्वोच्च धान क्षेत्र कर्ण्ााली भेकमा भने धान रोपाइँ गर्न
मनसुन पर्खन मिल्दैन । त्यहाँ चैतको १२ भित्रै रोपाइँ थाल्नै पर्छ
। त्यसैले चैत १२ सम्म परदेशबाट घर नफर्केका आफन्तलाई मर्यो भन्ने
विश्वास गरिन्छ । भनिन्छ, "नमरेको भए र्फकने नै थिए ।" यसैगरी
नेपालका अन्य क्षेत्रमा पनि गाउँका लाठेहरू असारमा सकी-नसकी गाउँ पुग्छन्
। धान रोपाइँको हाम्रो परम्परा, त्यसभित्रका विश्वास र अन्धविश्वासका
कुरा, ज्ञानविज्ञान र प्रविधिका कुरा यी सबैलाई प्रभावित गर्ने मूल
तत्त्व वषर्ा हो । मनसुन हो । विश्व जलवायु परिदृश्यमा मनसुन त्यस्तो
महत्त्वको प्राकृतिक प्रणाली हो- जसले विश्वको र्सवाधिक जनसङ्ख्या
बसोबास गर्ने एसियालाई मौसम प्रदान गर्दछ ।
मनसुन शब्दको मूल अरबी भाषाको मौसिम हो भने त्यसको अर्थ बतासको बेला
भन्ने हुन्छ । हाम्रो मौसम शब्द पनि त्यही मौसिम बाट बन्न गएको बृहत्
नेपाली शब्दकोशले जनाएको छ । आफ्नो समयमा आउने र आफ्नै समयमा जाने
बतासलाई मनसुन भनिन्छ । समुद्रबाट बहेर आउँदा यसले वषर्ा ल्याउँछ ।
हिन्द महासागर र बङ्गालको खाडीबाट वषर्ा बोकेर आउने मनसुनलाई हिमालय
पर्वतमालाले दक्षिण एसियाको आकाशमै रोकेर पगालिदिन्छ ।
हामीकहाँ वषर्ा ल्याउने मनसुनलाई वैज्ञानिक दृष्टिले हर्ेदा चार वटा
प्राकृतिक कारणलाई बिर्सन मिल्दैन । प्रथमतः हामी उत्तरी गोलार्द्धमा
छौँ र र्सर्ूय उत्तरायणको सीमा, कर्कटरेखा पुग्ने बेला -जून २१) सम्ममा
एसियाली भू-खण्ड बेजोडले तातिसकेको हुन्छ । तर जमिन जस्तो हिन्द महासागर,
अरब सागर र बङ्गालको खाडी सहितका जलखण्डहरू त्यतिविधि तातेका हुँदैनन्
। किनभने पानीभन्दा जमिन छिटो तात्दछ र छिट्टै सेलाउँछ पनि । जमिनको
हावा जति जति तात्छ, त्यति हलुका हुन्छ र माथि माथि उड्न थाल्छ । यस्तो
हुँदा जमिनमा हावाको चाप घट्छ र समुद्र सतह माथि रहेको हावा जमिनतिर
खिँचिन्छ । त्यो हावा दक्षिणबाट उत्तरतिर अर्थात् समुद्रबाट जमिनतिर
बग्न थाल्छ । पृथ्वी निरन्तर पश्चिमबाट पर्ूवतिर फन्को मार्दै घुमिरहने
हुनाले दक्षिणबाट उत्तरतिर बग्ने हावा छड्के रूपमा दक्षिण-पश्चिम दिशाबाट
वहन थाल्छ र भारतको पश्चिमी तटबाट भित्र घुसेर वषर्ा गराउँछ -हे.नक्सा
माथि) । मनसुनको यो मूल धारलाई दक्षिण-पश्चिम मनसुन भन्ने चलन छ ।
यसको एक हाँगा श्रीलङ्कातिरबाट बङ्गालको खाडीहुँदै उत्तरतिर लम्कन
थाल्छ । हिमालयको पर्ूर्वी छेउमा पुगेपछि मनसुनको यो धार पश्चिमतिर
बग्न थाल्दछ । त्यसैले नेपाल पस्ने मनसुन दक्षिण-पर्ूर्वी मनसुन हो
।
मनसुनले मेघालयको चेरापुञ्जीमा अत्यधिक वषर्ा गराउँदछ । विश्व अभिलेखमा
र्सवाधिक वाषिर्क वषर्ा हुने यो थलोमा लगभग २६००० मिलिमिटर पानी पर्दछ
। नेपालको र्सवाधिक वषर्ा हुने ठाउँ पोखरा -४००० मिमि) को भन्दा त्यहाँ
६-७ गुना बढी पानी पर्छ । एकै दिनमा ९००-१००० मिमि पानी परेको तथ्याङ्क
छ, त्यहाँ । यसरी घनघोर पानी वषर्ाउँदै पर्ूवबाट पश्चिमतिर लम्कने
क्रममा मनसुनी वषर्ाको परिमाण पनि कम हुँदै जान्छ । मेची अञ्चलमा अधिक
वषर्ा हुन्छ र महाकाली अञ्चलमा पुग्दासम्ममा वषर्ाको मात्रा निकै घटिसकेको
हुन्छ ।
सामान्यतया मनसुनको बादल समथर जमिनदेखि पाँच किलोमिटरसम्मको उचाइमा
एकत्रित हुन्छ । त्यसैले ८ किलोमिटर अग्लो हिमालय पर्वतश्रेणी पार
गरी त्यो हिमालपारिका भोट प्रदेशमा पुग्न सक्दैन । यथार्थमा भोटमा
मनसुनी वषर्ा नहुनु र मध्य एशियाको अत्यन्त ठण्डा बतास, नेपाल अथवा
दक्षिण एशियाको आकाशमा पस्न नसक्नुको एउटै कारण हिमालय पर्वत शृङ्खला
हो । यसले दुवैतर्फो हावालाई जता छन् त्यतै रोकिदिन्छ । पोखरामा ३५००
मिमि वषर्ाहुँदा जोमसोममा ३५० मिमि पनि पुग्दैन । दक्षिण पर्ूवबाट
आउने वायु र बादल अन्नपर्ूण्ा र धौलागिरिको काखमा ठोक्किएर यतै वषर्ा
गराउन बाध्य हुन्छन् । कुन ठाउँमा कति वषर्ा हुन्छ भन्ने कुराको निर्धारणमा
पहाड र पर्वतीय अवस्थितिको मुख्य भूमिका रहन्छ । र, त्यस्तो भूमिका
निर्वाह गर्न पहाडर्-पर्वतलाई त्यहाँका वन, वनस्पति र परिस्थितिले
विशेष मद्दत पुर्याउने गर्छन् ।
म्याग्दी, कास्कीपछि नेपालमा अधिक वषर्ा हुने स्थानमा सिन्धुपाल्चोकको
उत्तरखण्ड, अरुण उपत्यकाको नुम इलाका र झापा-इलाम क्षेत्र उल्लेख्य
छन् । नेपालको कुनै भूभागमा वर्षरिमा जति पानी पर्छ त्यसको ८०% असार,
साउन, भदौ र असोज भित्रै परिसक्दछ । मनसुनको यस्तो स्खलनले गर्दा बाढी,
पैह्रो र भूक्षयको प्रकोप व्यहोर्नुपर्ने बाध्यता नेपाललाई छ । मनसुनको
वषर्ा वर्षरि बाँडिएर वर्षे हो भने हाम्रो देशको स्वरुप, वातावरण र
अर्थ प्रणाली भिन्नै हुनेथियो । तर यसो हुँदैन । पृथ्वीले र्सर्ूयलाई
घुम्ने वाषिर्की प्रक्रियामा र्सर्ूय उत्तरायणको चरमसीमा, कर्कटरेखा
पुगेर २१ जूनपछि फेरि दक्षिणतिर र्फकन्छ र सेप्टेम्बरको २३ सम्म भूमध्यरेखातिर
पुग्न जान्छ । त्यतिबेला एसियाली भूखण्ड चिसिँदै जान्छ र हिन्द महासागरको
पानी न्यानो भइसकेको हुन्छ । फलस्वरुप जमिनतिरबाट समुद्रतिर हावा बग्न
शुरु हुन्छ । त्यसैले हाम्रो वषर्ा वायु-मनसुनको आयु चारमहिने मात्र
हुन्छ । र, त्यही चार महिनामा ८० प्रतिशत पानी पर्छ । वषर्ाको त्यो
वितरणलाई ग्राफमा उतार्दा पहाड र हिमालका जस्ता नक्सा बन्छन् । देशभरि
वषर्ा वितरणको नक्सा बनायौँ भने फेरि बाह्रखरीका कान्नानी र तर्कुल्लेहरू
देखा पर्छन् । मात्रा र शिरबिन्दुहरू ठाउँ-ठाउँमा निर्माण हुन्छन्
। यस्तै विचित्रता हाम्रो नेपालको वास्तविकता हो ।
नेपालका यी वास्तविकताहरू पढ्न र बुझन हामीले नेपालमा बसोबास गर्ने
मानिस, नेपालका पहाड, पर्वत, तर्राई र मधेशको मौसमलाई जीवन्त राख्ने
मनसुन वषर्ाबारे गहिरिएर चिन्तनमनन गर्नुपर्ने हुन्छ । धेरै ठाउँमा
भनिसकिएको तर थोरै ठाउँमा मात्र लेखिएको एउटा तथ्य फेरि दोहोर्याउन
मन लागेको छ । त्यो हो- नेपालको विकास-निर्माणमा लाग्दा अङ्ग्रेजी
अक्षरका तीन वटा 'एम'लाई सूत्रबद्ध गर्नु वाञ्छनीय हुन्छ । पहिलो एम
ले म्यान अर्थात् मानिसलाई, दोस्रोले माउन्टेन अर्थात् पहाडर्-पर्वतलाई
र तेस्रो एम ले मनसुनलाई बुझाउँदछ । यी तीन 'एम' को गतिशील रहस्य बुझेरै
नेपाललाई चिन्नर्ुपर्छ र पढ्नर्ुपर्छ ।
|