अर्थ | बजार
खाली जमिनबाट लाभ
वन क्षेत्रभित्र वनै वन हुँदैन, खाली जमिन, चउर पनि
हुन्छ । तर त्यसको सदुपयोग कसरी गर्ने ? त्यस्तो जमिनबाट आर्थिक लाभ
लिने सजिलो बाटो देखाएका छन् झापाका भवानी निरौलाले -हे.इन्सेट) ।
निरौलाले अरू साथीहरूसँग मिलेर बाहुनडाँगी गाविसमा पर्ने तेलपानी सामुदायिक
वनसँग, प्रतिहेक्टर वाषिर्क रु.१५०० भाडा तिर्ने गरी १० हेक्टर जमिन
भाडामा लिएर सिट्रेनोला र लेमन ग्रास नामका औषधीय गुण भएका घाँस र्-हर्बल
प्लान्ट) को खेती शुरु गरे । सँगै यी वनस्पतिको तेल निकाल्ने प्रविधि
र कारखाना स्थापना गरे । र, पहिलो वर्षै उनले रु.५ लाख मूल्यको तेल
बेचे । सुइचो, सञ्चो आदि औषधिहरू यही तेलबाट बनाइन्छ । एक क्वीन्टल
घाँसबाट ३०० मिलिलिटर तेल उत्पादन हुन्छ, जुन प्रति लिटर रु.५ सयदेखि
७ सय ५० सम्ममा बिक्छ । यी दुवै घाँसे वनस्पतिहरू कडा तथा पर्पराउने
खालका हुने भएकाले गाईवस्तुले खाँदैनन् ।
 |
तरहरा कृषि फारमबाट २५ पैसाको दरले ७० हजार बिरुवा
खरीद गरी थालनी गरेको उनको र्फम आज ३० हेक्टर जमिनमा विस्तार हुने
क्रममा छ । यसबाट सामुदायिक वनलाई पनि राम्रो आर्थिक टेवा पुगेको छ
। वन समितिका अध्यक्ष वसन्त पौडेल भन्छन्, "खाली जमिन भाडामा
दिँदा समितिको आय बढेको छ । स्थानीय बासिन्दाले रोजगारी पाएका छन्
। व्यवसायीले पनि राम्रै आम्दानी गरेका छन् ।"
घाँस बफ्याउने र तेल उत्पादन गर्ने रु.८ लाख पर्ने मेसिन ऋणमा उपलब्ध
गराउने काठमाडौँस्थित नेचुरल रिसोर्स कम्पनी ले उत्पादित सबै तेल खरीद
गर्दै आएको छ । वर्षा चार पटक घाँस काट्न सकिने भएकोले दैनिक सरदर
दर्ुइ लिटर तेल उत्पादन भइरहेको छ भने अब ३० हेक्टरमा लगाइएको घाँसबाट
निश्चित रूपमा उत्पादन बढ्ने उनको आशा छ ।
स्थानीय बहुवन सामुदायिक वनको खाली जग्गामा पनि बिरुवा रोप्न थालिएको
छ । त्यहाँ उत्पादित घाँस प्रतिकेजी एक रुपैयाँका दरले आफैँ किनिदिने
सहमति पनि भएको निरौला बताउँछन् । आफ्नो मेसिनको क्षमता एक सय हेक्टरको
घाँसबाट तेल उत्पादन गर्नसक्ने भएकोले छिमेकी सामुदायिक वनहरू पनि
लाभान्वित होउन् भनेर उनीहरूलाई प्रोत्साहित गर्न लागेको उनको कथन
छ ।
गोपाल काफ्ले
नयाँ रुप-स्वादमा मार्मेलोस
अल्टरनेटिभ हर्बल प्रोडक्ट प्रा.लि. को बेलको र्सबत
-जुस) मार्मेलोस नयाँ निखार र सजधजका साथ बजारमा आएको छ । मार्मेलोस
पर्ूर्वी तर्राई -चुरे क्षेत्र) का सामुदायिक वनमा फल्ने बेल प्रशोधन
गरी लाहानस्थित प्लान्टमा तयार पारिन्छ । सो प्रा.लि.का इञ्चार्ज गोविन्द
घिमिरेका अनुसार नयाँ बोतल र स्टिकरमा प्रस्तुत मार्मेलोस को उत्पादन
प्रविधि सुधार गरी अरू बढी स्वस्थकर र स्वादिष्ट तुल्याइएको छ, तर
मूल्य भने पुरानै । मधुमेह -डायबेटिक) का बिरामीहरूका लागि चिनीविहीन
मार्मेलोस बनाइएको छ ।
मामा चिकेन क्र्याकर पुनः बजारमा
एकपटक उपभोक्ताहरूमाझ निकै लोकप्रियता कमाइसकेको मामा
चिकेन क्र्याकर पुनः बजारमा आएको छ । स्वादिलो, हल्का एवं स्वास्थ्यबर्द्धक
स्न्याक्सका रूपमा रहेको मामा चिकेन क्र्याकर यसअघि झैँ उपभोक्ताले
रुचाउने विश्वास कम्पनीको छ । एशियन थाइफुड्सका उत्पादनहरू टुपीएम
र रमपम चाउचाउ तथा क्रेजी चिजबल्स उपभोक्ताहरूमाझ सुपरिचित छन् ।
पिटर इङ्गल्याण्ड नेपालमा
शर्टिङ-सुटिङ्गको निम्ति विश्वचर्चित ब्राण्ड पिटर
इङ्गल्याण्ड का उत्पादनहरू आधिकारिक रूपमा नेपाली उपभोक्ताहरूको पहुँचमा
आएका छन् । पिटर इङ्गल्याण्ड भन्दा सामान्यतः शर्ट भनेर बुझने गरिए
पनि पुतलीसडकमा खोलिएको शो-रुममा सुट, ब्लेजर, ऊनी तथा जिन्सका पहिरनसमेत
उपलब्ध रहेको जनाइएको छ । सन् १८८८ देखि चर्चित ब्राण्डको रूपमा रहेको
पिटर इङ्गल्याण्ड का कपडा तथा पहिरनहरू यस क्षेत्रका लागि भारतको आदित्य
विरला गु्रपको मदुरा गार्मेण्ट्सले उत्पादन तथा पर््रबर्द्धन गर्ने
गर्छ ।
अजिनोमोतोरहित चाउचाउ
मल्टी फुड्स इण्डष्ट्रिजले नेपालमा पहिलो पटक अजिनोमोतो
-एमएसजी) रहित तयारी चाउचाउ मेरी को उत्पादन र बिक्री वितरण शुरु गरेको
छ । स्वाद बढाउन उपयोगमा आउने अजिनोमोतोले मुटुको रोग तथा मानसिक प्रभाव
पार्ने भएकाले थुप्रै पश्चिमा मुलुकहरूमा निषेध नै गरिएको छ । अजिनोमोतो
प्रयोग गरिएका नेपाली चाउचाउहरूमा '१२ महिनाभन्दा मुनिका बच्चाहरूका
लागि होइन' भनेर लेखिएको हुन्छ । नेपालका चाउचाउ उत्पादकहरूले समेत
यसको प्रयोग आफ्नो कुल तौलको एक प्रतिशत भन्दा बढी गर्न नपाउने नियम
रहेको मल्टिफुडका परामर्शदाता टिटी शर्ेपा बताउँछन् । अजिनोमोतो नभएका
कारण आफ्नो नयाँ उत्पादन मेरी ले सहजै उपभोक्ताहरूको मन जित्ने दाबी
शर्ेपाको छ ।
यामाहाको क्लब
यामाहा मोटरसाइकलका धनीहरूका लागि यामाहा क्लब
को स्थापना भएको छ । यामाहाको स्थानीय बिक्रेता मोरङ्ग अटो वर्क्सको
पहलमा स्थापित यस क्लबका सदस्यहरूले १८ पटकसम्म निःशुल्क मोटरसाइकल
र्सर्भिसिङ, डिस्काउण्ट कार्डलगायतका सुविधाहरू प्राप्त गर्न सक्नेछन्
। तर निःशुल्क र्सर्भिसिङको सुविधा तीन वर्षभित्र उपभोग गरिसक्नुपर्नेछ
। यस वाहेक यामाहाको स्पेयर पार्टस किन्दा पाइने विभिन्न अंकहरूको
आधारमा नेपाल भित्रै विभिन्न स्थानमा विदा मनाउन जान पाउने गरी बम्पर
उपहार पनि राखिएको छ ।
|