| समाचार/सङ्क्षेप
'किन हामीलाई तड्पाइरहेको?
राज्यले बेपत्ता पारेका नागरिकहरूबारे छानबिन गर्न गृह
मन्त्रालयले बनाएको आयोगले
२० जेठमा र्सार्वजनिक गरेको सातौँ प्रतिवेदन ओल्र्टाई-
पल्र्टाई र दोहोर्याई-तेहर्याई हेरे सुनसरी, महेन्द्रनगर-४ का मच्छिन्द्र
लिम्बूले । तर, त्यसमा तीन वर्षेखि हराइरहेको आफ्नो छोराको नाम थिएन
। आँखाभरि टिलपिल आँसु पार्दै ५७ वषर्ीय लिम्बू भन्छन्, "यसपटक
त धेरै आश थियो । तर अब मनले हरेस खाएको छ ।" लिम्बूका २२ वषर्ीय
छोरा उत्तमलाई सुरक्षाफौजले माओवादीको आरोपमा १४ जेठ २०५९ को रात घरैबाट
पक्रेर लगेको थियो । उत्तमकी आमा ५४ वषर्ीया धनमाया भन्छिन्, "रुँदा-रुँदा
आँसु सुकिसक्यो । बाँचेको भए बाँचेको छ र मरेको भए मर्यो भन्दिए भैहाल्यो
नि ! किन यसरी तड्पाइरहेको -"
सुरक्षाफौजले तीन वर्षघि, १४ जेठकै राति घरबाट पक्रेर लगेको ३४ वषर्ीय
छोरा हरि मगरको प्रतीक्षामा रहेका महेन्द्रनगर-४, सुनसरीकै दलबहादुर
र पदमकुमारी मगर -हे. तस्बिर) लाई पनि उसको अवस्थाबारे केही थाहा छैन
। क्याम्पस पढ्दै घरव्यवहार चलाइरहेका छोराको केही खबर नपाएका बृद्ध
बाबुआमा बेलाबेलामा डाँको छाडेर रुन्छन् । हरिकी २६ वषर्ीया श्रीमती
हरिमाया भन्छिन्, "सासू-ससुरा रोगी छन्, केही गर्न सक्दैनन् ।
घरव्यवहार आफँैले धान्नु परिरहेको छ ।" श्रीमान् पक्राउ परेलगत्तै
सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारीले 'पक्राउ गरेको छ' भनेको,
तर भोलिपल्ट कपडा लिएर जाँदा 'पक्राउ नै गरेको छैन' भनेको उनले बताइन्
।
लिम्बू र मगरसँगै सुरक्षाफौजबाट पक्राउ गरिएका स्थानीय हर्क माझीको
अवस्था पनि अज्ञात छ । उनकी बृद्ध आमा छाप्रोजस्तो सानो घरमा छोरालाई
पर्खेर बसेकी छिन् । हर्कलाई परिवारजनले सकेसम्म खोजे, तर सरकारबाट
उनीहरूले पनि लिम्बू र मगर परिवारले जस्तै जवाफ पाएका छन् ।
•
सोमनाथ वास्तोला, इटहरी
 |
स्कूल जान थाले हजुरआमा
बर्दियाको मोतिपुर गाविस, बठुवातालका १८ देखि ४२ वर्षउमेरका ११ जना
विवाहिता थारू महिला स्कूल जान्छन् । स्थानीय जनता प्राथमिक विद्यालयमा
चार कक्षामा भर्ना भएर पढ्न थालेका उनीहरू अहिले कक्षा ६ मा पुगिसकेका
छन् । सानो उमेरमा विवाह गर्ने प्रचलन रहेको थारू समुदायमा हजुरआमा
बनिसकेकी ४२ वषर्ीया कल्पना चौधरी आफ्नै नातिसँग एउटै कक्षामा पढ्छिन्
।
आफ्नै श्रोत र साधनबाट पढिरहेका यी महिलाहरूको उत्साह देखेपछि स्थानीय
संस्थाहरूले पनि सहयोग गर्न थाले । थारू समुदायका सदस्यहरूद्वारा सञ्चालित
समाज सुधार स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाले उनीहरूलाई पढाउन
सहयोग जुटाउने पहल गर्यो । ग्रामीण स्वावलम्बन विकास केन्द्र -आरएसडीसी)
तथा लिंक/हेल्भेटासले एक वर्षो लागि चाहिने विद्यालय शुल्क, कापीकलम
र अन्य स्टेशनरी सामग्री जुटाइदिए । अहिले उनीहरूले प्रत्येक सहभागीहरूलाई
दर्ुइ-दर्ुइ वटा उन्नत जातका बंगुर पनि उपलब्ध गराएका छन् ।
कम्तीमा पनि एसएलसीसम्म पढ्ने अठोट बोकेका यी महिलाहरूले यिनै दर्ुइ
बंगुरको आम्दानीबाट भविष्यमा आफ्नो पढाइलाई निरन्तरता दिने सोचाइ बनाएका
छन् । जीविकोपार्जनको लागि दैनिक काम गर्न बाध्य यी महिलालाई विद्यालयमा
गएर पढ्न नपाउने समयमा समेत पढाइमा बाधा नहोस् भनेर बेलुकी-बेलुकी
दर्ुइ घण्टाको कोचिङ्ग कक्षा पनि चलाउने गरिएको छ ।
•
ज्योतिराम मिश्र
नाति सिकाउँछन्
गाउँमा मात्रै होइन शहरका बूढाबूढीमा पनि पढ्ने रहर
पलाएको छ । ललितपुर, पुल्चोककी ५८ वषर्ीया कान्छी शाक्यले भर्खरै तीनमहिने
प्रौढ शिक्षा सिद्ध्याइन् । अहिले उनलाई नातिका पुस्तक मन पर्छन् र
नछुटाइकन ती किताब पढ्छिन् । उनलाई दिनहँु पत्रिका पनि नपढी हुन्न
।
१६ देखि ५५ वर्षा महिलाहरूलाई शिक्षा दिने स्थानीय प्रेरणा महिला विद्यालयले
शाक्यलाई यो अवस्थामा ल्याइपुर्याएको हो । विद्यालयकी सञ्चालक राधा
चालिसे भन्छिन्, "पढ्ने इच्छा भए उमेरले छेक्दैन भन्ने उदाहरण
हुन् कान्छी । ४० वर्षनाघेका घरायसी कामकाजबाट फर्ुसदिला महिलाहरू
हाम्रा विद्यार्थी हुन्छन् ।" बूढो उमेरमा पढ्ने जोश निकालेकी
शाक्य भन्छिन्, "नातिहरूको सहपाठी भएकी छु । उनीहरू सिकाउँछन्,
म सिक्छु ।" ल
•
सुबिन श्रेष्ठ
एक भलाद्मीको दुःखद् अन्त्य
जसले जे देख्यो,
त्यही बोल्यो
त्यसैले सबै उसलाई मान्छे भन्छन् ।
अर्को एकजनाले
जे देख्यो, त्यही नबोलेर चुप लाग्यो
त्यसैले मान्छेहरू उसलाई भगवान भन्छन् ।
स्वतन्त्रता र प्रजातन्त्रबारे निर्भिकतापर्ूवक कलम
चलाउने, अन्याय र अत्याचारको विरोधमा जे देख्यो त्यही बोल्ने 'त्यो
मान्छे' अर्थात् भलाद्मी कवि विनय रावल सदाका लागि विदा भएका छन् ।
दार्जीलिङबाट खरसाङ जान लाग्दा टाइगरटप भन्ने ठाउँमा २५ जेठमा भएको
सवारी दर्ुघटनामा परी ४९ वषर्ीय रावलको घटनास्थलमै निधन भयो । सो दर्ुघटनामा
घाइते भएका कवि विश्वविमोहन श्रेष्ठ, कथाकार तथा हिमाल का पर्ूव सहकर्मी
राजेन्द्र पराजुली र झापास्थित नेपाल टेलिभिजनका प्रतिनिधि लक्ष्मी
लुइँटेलको सिलिगुढीस्थित मोहपाल अर्थ सेन्टर नर्सिङ होममा उपचार भइरहेको
छ ।
माथिका हरफहरू दार्जीलिङ, खरसाङ र सिक्किम यात्रामा निस्किनुअघि रावलले
नेपाल साप्ताहिकलाई दिएका कविताका हुन् । उक्त पत्रिकाको २९ जेठको
अङ्कमा जङ्गल र एउटा नयाँ हिंस्रक पशु, स्वतन्त्रता र मान्छे र भगवान
शर्ीष्ाकमा आफ्ना तीन टुक्रा कविता छापिएको उनी आफैँले भने हर्ेन पाएनन्
। मलाई तिमीजस्तै बनाऊ, ठूल्दिदीको देश, सपनाको देशमा, समय प्रवाह
जस्ता कृतिका र्सजक, तरलतावादी साहित्यिक आन्दोलनका अगुवा रावल प्रजातन्त्रवादी
साहित्यकारहरूको सङ्गठन-नेपाल साहित्यकार संघका अध्यक्ष समेत थिए ।
देशान्तर साप्ताहिकका स्तम्भकार रावलले विगतमा अतुलेशको नाउँबाट राष्ट्रपुकार
साप्ताहिकमा पनि स्तम्भ लेखेका थिए ।
साझा प्रकाशनका सञ्चालक समिति सदस्य, मुकुट, श्रीजा र अभिनव साहित्यिक
मासिकका सम्पादक समेत रहेका स्वर्गीय रावल राष्ट्रिय बाणिज्य ब्याङ्कमा
कार्यरत थिए । साझाका सञ्चालक समिति सदस्य राजेन्द्र पराजुली र साहित्यिक
पत्रकार एवं प्रेस काउन्सिल सदस्य विश्वविमोहन श्रेष्ठसँगै भारतका
प्रवासी नेपाली क्षेत्रमा उनी साझाका प्रकाशनहरूको पर््रबर्द्धनका
लागि गएका थिए ।
प्रजातन्त्रका लागि भाषण पनि गर्ने र साहित्य सिर्जना पनि गर्ने स्वतन्त्रताका
पुजारी साहित्यकार रावलप्रति हाम्रो श्रद्धा सुमन !
व्यक्तिहत्या फेरि तीब्र
 |
१९ माघपछि केही सुस्त देखिएका माओवादीले पुनः व्यक्तिहत्याको
क्रमलाई तीब्र बनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टर्ीी जिल्ला
अध्यक्ष क्षेत्रबहादुर केसीको गोलीहानी हत्या गरेको चौथो दिन २८ जेठमा
पोखराका वरिष्ठ शिक्षाविद् गणेशमान पालिखेलाई गोलीहानी हत्या गरिएको
छ । माओवादीले पालिखेका २ अङ्गरक्षकको पनि हत्या गरेका छन् ।
२०६१ फागुनमा माओवादीले क्याम्पस बन्द गर्न आहृवान गर्दा जनप्रिय क्याम्पस
पोखराका क्याम्पस प्रमुख पालिखेले क्याम्पस बन्द गर्नुभएको थिएन ।
त्यसको विरोधमा २५ फागुनमा क्याम्पस जलाउन भनेर आएका दर्ुइजना अखिल
क्रान्तिकारी समर्थित विद्यार्थीमध्ये एक नवराज भण्डारीलाई
समातेर पालिखेले प्रशासन समक्ष बुझाएको बताइन्छ ।
सो घटनापछि पटकपटक 'थ्रेट' महसूस गरिरहनुभएका पालिखेको सुरक्षार्थ
स्थानीय प्रशासनले प्रहरी हवलदार चुनबहादुर कुमाल र सशस्त्र प्रहरीका
सुजन र्राईलाई पठाएको थियो । पोखराको व्यस्त सडक नजिक नागढुङ्गामा
रहेको घरभित्र पस्ने क्रममा साँझ ५ः१० बजे ६ जनाको सङ्ख्यामा आएका
माओवादीले दर्ुइ सुरक्षा गार्डसहित पालिखेलाई गोली हानेर भाग्न सफल
भए ।
केही समय अघिमात्रै पश्चिमाञ्चल क्षेत्रीय सहपरीक्षा नियन्त्रक इन्द्रबहादुर
आचार्यलाई पनि माओवादीले गोली हानी हत्या गरेका थिए । शिक्षा क्षेत्रका
प्रतिष्ठित पालिखे नेपाल पब्लिक क्याम्पस संघका राष्ट्रिय अध्यक्ष
र त्रिभुवन विश्वविद्यालयका सभासद समेत हुनुहुन्थ्यो । ल
•
रमेश पौडेल, पोखरा
बिस्फोटले टेलिफोन अवरुद्ध
शाही घोषणापछि शान्तिको अनुभूति पाइएको प्रचार राजधानीमा
गरिए पनि मध्यपश्चिमको सर्ुर्खेतमा त्यसको कुनै अनुभूति छैन । सर्ुर्खेत
उपत्यका भित्र भर्खरै मात्र माओवादीहरूले दर्ुइ र्सवसाधारणहरूको गोलीहानी
हत्या गरे भने चार सरकारी कार्यालयहरूमा बम विस्फोटन गर्राई क्षति
पुर्याए । १३ फागुनमा माओवादीहरूले विश्वहिन्दू महासंघका मध्यपश्चिम
संयोजक चन्द्रप्रताप सिंह राठौर र त्यसको डेढ महिनापछि वीरेन्द्रनगर
उपत्यका विकास समितिका अध्यक्ष भरतदेव भारतीको हत्या गरेका छन् । राठौरलाई
शाही नेपाली सेनाको मध्यपश्चिम पृतना आर्टिलरी गण मङ्गलगढी ब्यारेकबाट
एक किलोमिटर टाढा आफ्नै डेरामा र भारतीलाई तातोपानीस्थित आफ्नै घरमा
हत्या गरिएको थियो ।
माओवादीले २० जेठ यता मात्रै हुलाक र छिन्चु स्थित नेपाल टेलिकमको
सि.डट. एक्सचेन्जमा शक्तिशाली विस्फोटन गराएर क्षति पुर्याएका छन्
। सो विस्फोटनमा करीब रु.१ करोड बराबरको क्षति भएको सरकारी अधिकारीहरू
बताउँछन् । तर सर्ुर्खेतका प्रमुख जिल्ला अधिकारी दर्ुगानिधि शर्मा
जिल्लामा शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको दाबी गर्छन् ।
•
प्रकाश पन्त, सर्र्खेत
|