हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
ऋतुराज

ऋतुविचार

 

कर्तिमानका नयाँ तरिका

मोनी मुलेपती सगरमाथाको चुचुरोमा के पुगिन् उनले एकसाथ दुइटा कर्तिमान स्थापित गरिन् । उनी विश्वको उच्चतम पर्वत शिखरमा पुग्ने पहिलो नेवार बाला मात्र होइन सहआरोही पेम्बा शर्ेपासित सगरमाथाको टुप्पामै सिन्दूरपोते गरेर त्यसरी विवाह गर्ने पहिलो महिला पनि बनिन् । सगरमाथामा उक्लनुअघि उनी कुमारी थिइन् सगरमाथाबाट ओर्लँदा विवाहित भइन् । जाँदा उनी मुलेपती थिइन्, र्फकँदा उनी शर्ेपा पत्नी बनिन् । कञ्चनजङ्घा, अन्नपूर्ण्ाा, धौलागिरि, मनासलु वा मकालु जस्ता अरू पनि हिमशिखरहरु हामीकहाँ छन् । तर त्यहाँ गरिने कुनै कामले त्यति महत्त्व पाउँदैन जति सगरमाथाको शिखरमा पुगेर गरिने कामले । त्यसैले नयाँ कर्तिमान बनाउनेको धुइरो सगरमाथामा नै लाग्छ ।

यही कर्तिमान कायम गर्ने सिलसिलामा ७० वर्षा बूढादेखि १५ वर्षो ठिटाले सगरमाथा चढिसकेका छन् । बिनाअक्सिजन चढ्नेहरु छन् । आधार शिविरदेखि ८ घण्टा १० मिनेटमै शिखर पुगेको रर्ेकर्ड पनि छ । नेपालबाट चीनतर्फर चीनबाट नेपालतर्फवारपार गर्ने काम भएको छ । टुप्पाबाट स्की गरेर र्झर्नेहरु पनि छन् । दृष्टिविहीन र कृत्रिम गोडा हुने आरोही चढेका छन् । बख्खु मात्र होइन राष्ट्रिय पोसाकमै उक्लेको रर्ेकर्ड पनि छ । सारा रात टुप्पैमा बिताएको कर्तिमान पनि छ । मोना र पेम्बाको जोडी पुग्नुभन्दा केही समयअघि सगरमाथाको शिखरमा हेलिकोप्टर ओराल्ने रर्ेकर्ड कायम गरिएको समाचार पनि आएको छ । बिहा गर्ने एउटा काम बाँकी थियो, त्यो पनि मोनी र पेम्बाले पूरा गरे ।
अब सगरमाथाको शिखरमा गई रर्ेकर्ड बनाउने कुनै उपाय नै बाँकी रहेन कि भन्ने भान धेरैलाई पर्न सक्छ ।
तर त्यस्तो पीर लिनुपर्ने अवस्था छैन । अलिकति सृजनशील हुने हो भने रर्ेकर्ड बनाउने नयाँनयाँ तरिका अनेक निस्कन सक्छन् । जस्तैः
आरोही एक्लै भएमा( एक घण्टाजति योगासन र प्राणायाम गर्ने । मर्ुर्चुङ्गा, मादल, गितार वा आफूले चाहेको बाजा बजाउने । बन्दुक पड्काएर बढाइँ गर्ने । परेवा लगी उडाउने । दाह्री खौरने । लुगा फुकालेर नाङ्गै बस्ने वा नुहाउने ।
दर्ुइ जना आरोही भएमा( कुस्ती लड्ने वा मुक्केबाजी गर्ने । कपाल मुन्डन गर्ने । शिखरमा सुहागरात मनाउने -बरा बाबुछिरीले एक्लै रात बिताएका थिए) । मोमो वा भात पकाउने र खाने । क्यारम, बागचाल, चेस वा ब्ल्याक ग्यामनको एक गेम खेल्ने । तीन चार या त्यसभन्दा बढी आरोही भएमा( भलिबल खेल्ने, दोहोरी गीत प्रतियोगिता गर्ने, पप कर्न्र्सट गर्ने -त्यसका लागि कुनै पप ब्यान्ड लाने) । माथिको कुनै पनि कार्य पहिलोपटक गरेर रर्ेकर्ड बनाउनेको नाम गिनेस बुकले दर्ता नगरी सुख पाउला र ?


यस अकिञ्चनलाई अमेरिकी राजदूतावासको स्वागत समारोहमा भाग लिने निम्तो यसअघि कहिल्यै मिलेको थिएन । त्यसैले पहिला त पत्यार लागेन । तर नाम र अफिसको ठेगाना साबुत थियो त्यो झुक्किएर आएको होइन भन्ने कुराको प्रमाण । अनि स्वागत समारोह संयुक्त राज्य अमेरिकाको २२९ औँ स्वाधीनता दिवसको उपलक्ष्यमा हुन लागेको थियो । त्यो झन् अर्को जोक जस्तो लाग्यो । अमेरिकाको स्वाधीनता दिवसको समारोह अनि मे २६ ताः का दिन अमेरिकाको स्वाधीनता दिवस मे २६ ताः का दिन पर्दैन भन्ने कुरा विश्व इतिहासको ज्ञाता भएकाले नभई दर्ुइओटा अमेरिकी फिल्महरु हेरेकाले थाहा भएको थियो । एउटा फिल्म थियो 'इन्डेपेन्डेन्स डे' जसमा अश्वेत अभिनेता वील स्मीथ र जेफ गोल्डब्लमले अभिनय गरेका थिए । अर्को फिल्म थियो टम क्रुजको 'बोर्न अन दी फोर्थ अफ जुलाई' भन्ने । ती दुवै फिल्म खूब हिट भएका थिए । तिनै फिल्म हेरेकाले अमेरिकाको स्वाधीनता दिवस ४ जुलाईका दिन पर्दोरहेछ भन्ने हेक्का बसेको थियो । तर यहाँ आफूलाई आएको निम्ता भने २६ मेको थियो । जे होस्, निम्तो मान्न गइयो समारोहमा, यस बबुरोलाई त जिज्ञासा छँदैथियो अरू केही नेपाली भलाद्मीहरु पनि ६ फुटे अमेरिकी सहचारीलाई सोध्दैथिए स्वाधीनता दिवसको समारोह आज किन भनेर । स्वाधीनता दिवस ४ जुलाईकै दिन भए पनि स्थानीय परिस्थिति र अनुकूलता हेरी अगावै मनाउने अमेरिकी दूतावासको चलन रहेको ती सहचारी बताइरहेका थिए । जुलाईमा नेपालमा पानी पर्ने र हालका अमेरिकी राजदूत पनि लामो बिदामा जाने हुनाले अगावै समारोहको आयोजना गर्नुपरेको उनको सफाइ थियो । एक दिन होइन, दर्ुइ दिन होइन पाँचपाँच हप्ता अगाडि नै समारोह मनाउने त्यस्तो चलन पनि हुँदोरहेछ । अमेरिकी दूतावास साँच्चिकै स्वाधीन रहेछ स्वाधीनता दिवस मनाउन

एउटा जानकारी
साढे चार महिना नै हुन लाग्यो एफएम रेडियो स्टेसनहरुबाट आउने वाद्यधुनको आनन्द लिइराखेको । तर एउटा खास स्टेसनबाट बजाइने वाद्यधुन सुन्नुमा अर्कै मजा छ । तपाईंलाई यदि चाँदनी शाहका गीतहरुको वाद्यधुन वा लोकसङ्गीत वा शास्त्रीय सङ्गीत वा पाश्चात्य वाद्यसङ्गीतको धुन सुन्नमा रुचि छ भने रेडियो नेपालको एफएम १०३ मेगाहर्जमा प्रत्येक घण्टा अङ्ग्रेजीमा प्रसारण हुने बीबीसी लन्डनको विश्वसमाचार लगाउनुहोस् त्यहाँ वाद्यधुन सुन्न पाउनुहुनेछ । रेडियो स्टेसन त यस्तो पो हुनर्ुपर्छ । वाद्यधुन सुनाउन छाडेर डाफूर्र, टोगो, वासरा, लाइबेरिया, बोलिभिया, रामोल्लाह र खान्दारमा भएका उथलपुथल र हिंसाका समाचार किन सुनाइरहने - पक्कै पनि शान्तिप्रतिको जनचाहनालाई ध्यानमा राखी यसो गरिएको हो र विश्वस्त सूत्रबाट जानकारी मिलेअनुसार यो विशेष रेडियो कार्यक्रम आउँदो तीन वर्षा लागि मात्र सञ्चालन हुनेछ । यस कार्यक्रमको फाइदा लिइहाल्नोस्, यसैमा सबैको कल्याण छ ।