हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

रिपोर्ट - पश्चिम तर्राईको उद्योग-व्यवसाय

 

सुरक्षा छैन, ज्यादती छ

रामेश्वर बोहरा, नेपालगञ्जमा

झोलुङ्गे पुल आदिको निर्माणमा प्रयोग हुने स्टिलका वस्तुहरूको खपतमा व्यापक कमी आएपछि औद्योगिक क्षेत्रभित्र रहेको नेपालगन्ज स्टिल उद्योग बन्द भएको छ । मेशिन लगायतका सम्पर्ूण्ा उपकरणहरू त्यसै लथालिङ्ग छोडेर उद्योग संचालक घनश्याम टण्डन पलायन भएका छन् ।


मध्यपश्चिममा चल्ने यस्ता सवारी साधनहरूले सरकारसँग मात्र होइन माओवादीसँग पनि 'रुट परमिट' लिनर्ुपर्छ ।


टण्डन टेक्सटाइल, सुपर निरमा पाउडर, गोर्खाली फर्निचरलगायतका थुप्रै उद्योगहरू पनि या त बन्द भइसकेका छन् या बन्द हुने अवस्थामा पुगेका छन् । परिस्थिति सुध्रिने आशामा रहेका केही उद्योगीहरू 'पर्खौँ र हेरौँ'को स्थितिमा छन् । नेपालगन्ज औद्योगिक क्षेत्रका निमित्त प्रमुख प्रकाश खड्का भन्छन् "धेरै उद्योगहरू यतिखेर बाँच्नका लागि सङ्र्घष्ा गरिरहेका छन् ।"
औद्योगिक क्षेत्र बाहिरका उद्योगहरूको स्थिति पनि भिन्न छैन । स्थानीय हिमालयन वोण्ड उद्योग र केहर्ीर् इंट्टा उद्योगहरू बन्द भएका छन् । प्रसस्त धान फल्ने बाँके र बर्दियाका चामल मिलहरू पनि बन्द हुन थालेका छन् । गणेश हिमाल, जयभवानी, सल्भेन्टलगायतका नेपालगन्जका चार वटा ठूला राइस मिलहरू त बन्द नै भइसकेका छन् ।
राइस मिल बन्द हुँदा धान खरिदबिक्रीको गल्ला व्यापार पनि घटेको छ । झण्डै १०० गल्ला व्यवसायमध्ये ७५ वटा जति बन्द भइसकेको नेपालगन्ज उद्योग व्यापार संघका अध्यक्ष सतिशचन्द्र अग्रवाल बताउँछन् । द्वन्द्वको मारमा जिल्लाका घरेलु उद्योगहरू समेत परेका छन् । घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा दर्ता भएका करीब तीन हजार उद्योगहरूमध्ये यो वर्ष११ सय जतिले मात्र नवीकरण गराए । कार्यालयका अनुसार बाँकी झण्डै १८ सय उद्योग बन्द भइसकेका छन् ।
सरकारी स्वामित्वका उद्योगहरूको अवस्था झन् नराम्रो छ । देशकै एकमात्र कपास विकास समितिको बाँके खजुरास्थित कपास प्रशोधन कारखाना डेढ वर्षअघि नै बन्द भएको हो । यो कारखाना कपासको अभावमा बन्द भएको हो । कुनै बेला बाँके, बर्दियालगायत मध्यपश्चिमका जिल्लाबाट करीब तीन हजार हेक्टर जमिनमा तीन हजार टनभन्दा बढी कपास उत्पादन हुन्थ्यो । तर, हिजोआज १०० टन पनि उत्पादन हुँदैन । कपास विकास समिति खजुराका प्रमुख बीरबहादुर सिंह भन्छन्, "कारखानामा अहिले माकुराको जालो मात्र भेटिन्छ, करोडौँका मेशिनमा खिया लाग्न शुरु भइसकेको छ ।"
तीन वर्षघि माओवादी आक्रमणमा क्षति भएपछि बन्द भएको बर्दियाको राजापुरस्थित नेपाल खाद्य संस्थानको चामल कारखाना अझै चलेको छैन । जापान सरकारको अनुदानमा बनेको सो कारखाना अब खुल्ने कुनै सम्भावना नरहेको संस्थानका नेपालगञ्ज कार्यालय प्रमुख भुपेन्द्र स्वाँर बताउँछन् । कारखाना बन्द हुँदा बर्दिया र कैलालीका कृषकले धानको भरपर्दो क्रेता वा बजार गुमाएका छन् भने डेढ सय जतिको प्रत्यक्ष रोजगारी खोसिएको छ ।

चौपट छ व्यापार पनि
उद्योगहरूकै हालत छ, मध्यपश्चिमको व्यापारिक केन्द्र नेपालगन्जको व्यापारको पनि । स्थानीय उद्योग व्यापार संघका अध्यक्ष सतिशचन्द्र अग्रवालका भनाइमा, "दैनिक २५ करोडभन्दा बढीको व्यापार हुने नेपालगन्जको व्यापारिक कारोबारमा ५० प्रतिशतले कमी आएको छ ।"
गत वर्षेखि यहाँबाट हुने जडिबुटीको निर्यात हृवात्तै घटेको छ । भारतीय पक्षले यहाँबाट जाने जडिबुटी तिब्बतबाट आएको भन्ने आरोपमा विभिन्न अवरोधहरू सिर्जना गरेपछि पछिल्ला दिनहरूमा यसको निर्यात घटेको हो । नेपाल जडिबुटी व्यवसायी संघ बाँकेका अध्यक्ष राजेश जैन भन्छन्, "यो वर्षजडिबुटी त गएकै छैन अदुवा र सुठो समेत जान दिइएन ।"
केही वर्षअघिसम्म भारतीय बजारलाई लक्षित गरी पहाडी जिल्लाबाट ठुलो मात्रामा घ्यू नेपालगञ्ज आउँथ्यो । तर पछिल्ला दिनमा यो परिमाण घटेको छ । भारततर्फत गएकै छैन भन्दा पनि हुन्छ । संघका अध्यक्ष अग्रवाल भन्छन्, "स्थानीय व्यापारसँगै निर्यात व्यापार समेत चौपट हुनथालेको छ  ।"
भेरी अञ्चल बस तथा मिनीबस व्यवसायी समितिका अनुसार ५० भन्दा बढी बसहरू कवाडीमा बिक्री भइसकेका छन् । आधा दर्जन जति बस ऋण तिर्न नसकेर ब्याङ्कहरूको कब्जामा परेका छन् । समिति अर्न्तर्गतका साढे ६ सय बस तथा मिनीबसमध्ये झण्डै ९० प्रतिशत ब्याङ्कको ऋणबाट चलेका छन् । एक दिन हड्ताल हुँदा यस समितिअर्न्तर्गत चल्ने बसहरूलाई मात्र रु.१० लाखभन्दा बढीको घाटा लाग्छ । तर एक दिन मात्रै होइन हप्ता र महिनासम्मको हड्ताल व्यवसायीले भोगिरहेका छन् । समितिका सहसचिव विनोद शाही भन्छन्, "महिनाभरि बन्द र नाकाबन्दीले यातायात व्यवसाय त्यसै धरासायी छ, त्यसमाथि अहिले त बसमा यात्रु समेत पाइन छाडे ।" त्यसबाहेक, बस व्यवसायीसँग माओवादीले असुल्ने चन्दा र 'अञ्चल परमिट शुल्क' तिर्न व्यवसायीलाई धौ-धौ परिरहेको छ ।
यस क्षेत्रको उद्योग व्यापार क्षेत्र धरासायी बन्दै जानुमा विभिन्न सहायक कारणहरू भएपनि समस्याको मुख्य जड चाहिँ माओवादीको अत्याचार र त्यसलाई नियन्त्रण गर्ने नाममा सुरक्षाकर्मीले सिर्जना गर्ने त्रास र बाधा-व्यवधान नै रहेको छ ।

१९ माघअघिसम्म 'एकतर्फी' रहेको त्रास त्यसपछि 'दोहोरो' भएको अनुभव व्यापारीहरूको छ । माओवादीले धम्की दिएर चन्दा उठाउने र सुरक्षाकर्मी आएर किन चन्दा दिएको भनेर धम्क्याउने व्यवहारबाट आजित छन् व्यापारीहरू । नेपालगञ्जका एक व्यापारीका भनाइमा, "बन्दमा पसल नखोले सेनाले कारबाही गर्ने, खोले माओवादीले बम हान्ने सन्त्रास भइरहन्छ ।" अझ पछिल्ला माओवादी बन्दहरूमा सुरक्षा फौजले हथौडा लिएर पसलहरूको ताल्चा फोड्ने काम गरेको थियो । व्यापार संघका अध्यक्ष अग्रवाल भन्छन्, "राज्यले सुरक्षा प्रदान गर्नुको साटो झनै मनोवैज्ञानिक त्रास फिँजाएको छ ।"
बढ्दो त्रासकै कारण यहाँका कतिपयले आफ्नो व्यापार-व्यवसाय सीमापारि पुर्‍याएका छन् भने कति त व्यापारिक 'सिन' बाटै गायव भएका छन् । गणेश हिमाल राइस मिलका पदम अग्रवाल स्थानीय बजारमा नदेखिएको धेरै भइसक्यो  । सल्भेन्ट फ्याक्ट्रीकी शान्ता अग्रवाल वीरगञ्जतिर व्यापार गर्दै रहेको बुझन्िछ । एक अर्को राइस मिलका श्याम गुप्ता दिल्ली पुगेका छन्  । जय भवानी राइस मिलका दर्ुइ संचालकमध्ये रामनिवास रकावत केही बचेको रकम कुम्ल्याएर हिँडेका छन् भने अर्का संचालक प्रमोद पौडेल अहिले के गर्दैछन्, कसैलाई थाहा छैन । यहाँका नाम चलेका एक व्यापारी युनुस हल्वाइले रुपैडियामा खाद्यान्न व्यापार गर्न थालेका छन् भने महेन्द्र जयसवालले त्यहीँ कपडा पसल खोलेका छन् । नेपालगञ्ज उद्योग व्यापार संघका अनुसार ५० भन्दा बढी व्यापारीहरू पलायन भएका छन् ।