| रिपोर्ट
- समाज
'घुम्ने मेचमाथि अन्धा मान्छेहरू !'
महत्त्वपर्ूण्ा पदमा अनुपयुक्त व्यक्तिको पहुँचलाई
व्यङ्ग्य गर्नर् कवि भूपि शेरचनले आफ्नो कृतिको शर्ीष्ाक रोजेका थिए,
'घुम्ने मेचमाथि अन्धो मान्छे ।' तर आज थुप्रै दृष्टिहीनहरू घुम्ने
मेचमा मात्र बसिरहेका छैनन्, आफूलाई आँखा हुनेहरू बराबरका पनि साबित
गरिरहेका छन् ।
शरद के.सी.

राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष
वीरेन्द्रराज पोखरेल । |
घुम्ने कर्ुर्सर्ीीघाँटीमा र्टाई, टेबुलमा कम्प्युटर,
हातमा मोबाइल फोन अनि रवाफिलो व्यवहार । झट्ट हर्ेदा वा सुन्दा कुनै
ब्याङ्क वा व्यापारिक प्रतिष्ठानका आधुनिक 'चिफ एक्ज्युक्युटिव' वा
मेनेजर झैँ लाग्छ । तर आँखा पटक्कै नदेख्ने कतिपय नेपालीहरूले पनि
आफूलाई यही स्तरमा उचालेका छन् ।
दुवै आँखा नदेख्ने नेपाल नेत्रहीन संघका अध्यक्ष नरबहादुर लिम्बूलाई
हिँड्डुल गर्न अर्कैको सहारा चाहिन्छ । तर सामान्यतः आँखा देख्नेका
निम्ति ठानिने कम्प्युटर, इमेल र इन्टरनेट उनको पनि जीवनको अभिन्न
अङ्ग बनेका छन् । अर्का दृष्टिविहीन राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष
वीरेन्द्रराज पोखरेलले पनि ती सबै प्रविधिको प्रयोग गर्छन् । मोबाइलमा
कसैको टेलिफोन नम्बर 'सेभ' गर्ने कामका निम्ति उनीहरूलाई अरूको सहयोग
चाहिँदैन । कम्प्युटरमा फाइल खोज्नेदेखि त्यहाँका सामग्री कसैलाई पठाउन
पनि उनीहरू आफैँ सक्षम छन् ।
'डाक्टर' बन्ने धुन
विश्व स्वास्थ्य सङ्गठनको एक अभिलेख अनुसार, नेपालमा दर्ुइ लाख पर्ूण्ा
र साढे दर्ुइ लाख अल्प दृष्टिविहीन छन् । यीमध्ये तीन जना विद्यावारिधि
-पीएचडी) गरिरहेका वा गर्ने तयारीमा छन् । १५ जना स्नातकोत्तर, ४५
जना स्नातक र ३४० जना एसएलसी वा प्रमाणपत्र तह उत्तर्ीण्ा छन् । नेत्रहीन
संघका अध्यक्ष लिम्बूले त्रिभुवन विश्व विद्यालयबाट 'अपाङ्ग भएका नागरिकहरूको
शैक्षिक इतिहास' विषयमा गर्न लागेको विद्यावारिधि अन्तिम चरणमा छ ।
राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष वीरेन्द्रराज पोखरेलले भर्खरै मात्र
'ग्रामीण विकास' विषयमा विद्यावारिधिको निम्ति त्रिविविबाट अनुमति
पाएका छन् । रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापन गर्दै आएका गोविन्द
आचार्य 'नेत्रहीन कविका कवितामा प्रकृति र बिम्ब' शर्ीष्ाकमा विद्यावारिधिको
निम्ति प्रस्ताव तयार गरिरहेका छन् ।
२०३५ मा ललितपुरको गोटिखेलमा जन्मिएकी नीरा अधिकारीले लोकसेवा आयोगको
शाखा अधिकृतको प्रवेश परीक्षा उत्तर्ीण्ा गरी लिखित परीक्षा पनि दिइसकेकी
छिन् । "निर्ण्र्ाागर्ने स्थानमा पुग्ने बाटो र कार्यान्वयन गर्ने
पद भएकोले शाखा अधिकृतको जाँच दिएकी हुँ" नीरा भन्छिन् । नीराको
पनि पीएचडी गर्ने सोचाइ छ ।

लोकसेवा पास गरेर सरकारी अधिकृत बन्ने धूनमा नीरा अधिकारी । |
नेत्रहीन कुमार थापा महेन्द्ररत्न क्याम्पस ताहाचलमा
उप-प्राध्यापक छन् भने माधव आचार्यले नेपाल ल क्याम्पसमा र अल्पनेत्रहीन
लक्ष्मी शर्मा पोखरेल चितवन भरतपुरस्थित क्याम्पसमा पढाउँछिन् । अन्य
नेत्रहीन स्नातकोत्तरहरू सीता ज्ञवाली, बलराम ज्ञवाली, दण्डपाणि ढकाल,
टेकनाथ न्यौपाने, बलराम मरहठ्ठा, भागिमान खापुङ्गले विभिन्न स्कूल
र उच्च माविहरूमा पढाउँछन् । त्यस्तै स्नातकोत्तर अल्पनेत्रहीनद्वय
मीनराज पन्थी गैरसरकारी संस्था एक्सन एड-नेपालमा 'थिम अफिसर' र लक्ष्मण
ज्ञवाली नेपाल नेत्रहीन संघका महासचिव छन् । स्नातकमा अध्ययनरत नेत्रहीन
निर्मला अधिकारी छात्रवृत्ति पाएपछि अमेरिका पुगेकी छन् ।
स्नातकोत्तर गरेका सबै नेत्रहीनहरूले योग्यता अनुसारको अवसर नपाए पनि
बेरोजगार भने छैनन् । अध्यक्ष लिम्बूका अनुसार, बाँकीको निम्ति भने
रोजगारीका अवसर अत्यन्तै न्युन छन् । संघका अनुसार, साढे ४ लाख अल्प
र पर्ूण्ा दृष्टिविहीनहरू मध्ये १३५ जनाले मात्र जागिर पाएका छन् ।
तीमध्ये १०० जति शिक्षक छन् ।
पढ्न गाह्रो
दृष्टिविहीनहरूका लागि एसएलसीसम्मको शिक्षा र विभिन्न तालिमहरू सञ्चालन
गर्दै आएको २०२१ सालमा स्थापित कर्ीर्तिपुरस्थित लेब्रोटरी मावि त्यस
किसिमको पहिलो विद्यालय हो । विशेष शिक्षा परिषदको पहलमा २०३४ मा धरानमा
ज्ञानचक्षु मावि, २०३८ मा पोखरामा अमरसिंह मावि र २०४० मा धनगढीमा
पञ्चोदय मावि खोलेर दृष्टिहीनहरूको निम्ति शिक्षाको विस्तार गरिएको
थियो ।
गैरसरकारी संस्थाले खोलेका माध्यमिक स्तरको पढाइ हुने विद्यालयहरू
बाँके, ललितपुर, काभ्रे, बारा, भक्तपुर, रुपन्देही, पाल्पा, गोरखा,
सर्ुर्खेत, महोत्तरी, चितवन, दाङ, रौतहट, जुम्ला, बाग्लुङ र कास्कीमा
छन् । २०४९ सालपछि नेत्रहीन बालबालिकाको लागि प्राथमिक शिक्षा सुलभ
बनाउने उद्देश्यले देशका विभिन्न जिल्लाहरूमा कक्षा ५ सम्म पढाइ हुने
६३ वटा श्रोत केन्द्रहरू खोलिएपछि नेत्रहीनहरूको अध्ययनको लागि प्राथमिक
शिक्षा अरू बढी सुलभ हुनपुगेको हो । तर उच्च तहमा उनीहरूका निम्ति
शैक्षिक अवसरहरू पर्याप्त छैनन् । देशभरमा स्कूल जाने उमेरका नेत्रहीन
बालबालिकाको सङ्ख्या ४७ हजार भए पनि करीब २५०० मात्र अध्ययनरत छन्
।
नेत्रहीनहरूका लागि स्कूलमा झैँ ब्रेललिपिमा पठनपाठनको सुविधा भएका
बेग्लै क्याम्पस छैनन् । पोखराको पृथ्वीनारायण, काठमाडौँको पद्म कन्या
र महेन्द्ररत्न ताहाचल तथा सानोठिमी र कर्ीर्तिपुर क्याम्पस अधिकांश
नेत्रहीनहरूले पढ्ने कलेज हुन् । परिणामतः उच्च शिक्षा अध्ययन गर्ने
नेत्रहीनहरूले अरूलाई पढ्न लगाएर वा टेपमा रर्ेकर्ड गरिएको सामग्री
सुनेर आफ्नो पढाइ अगाडि बढाउनुपर्ने बाध्यता व्यहोर्नुपरिरहेको छ ।

नेत्रहीन संघका अध्यक्ष नरबहादुर लिम्बू । |
ब्रेललिपिका पाठ्यसामग्रीको अभावले पनि नेत्रहीनले
सबै क्षेत्रमा अरूसरह प्रतिस्पर्धा गर्नबाट बञ्चित भएका छन् । अहिलेसम्म
नेत्रहीनले गरेको शैक्षिक वा अन्य प्रगति नितान्त निजी लगाव अनि परिवार
र साथीसँगीको सहयोगबाट मात्र सम्भव भएको देखिन्छ । नीरा अधिकारीले
अरूलाई पढ्न लगाएर वा रर्ेकर्ड गरी सुनेर गरेको अध्ययनको भरमा प्रमाणपत्र,
स्नातक र स्नातकोत्तर सरासर पास मात्र गरिनन् त्यही विधि अनुसार नै
उनले अधिकृतको निम्ति लोकसेवा आयोगको परीक्षा समेत दिएकी छन् ।
रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापन गर्दै आएका गोविन्द आचार्य
दृष्टिहीनताको सबैभन्दा ठूलो पीडा, चाहेको जस्तो पुस्तक पढ्न नपाउँदा
हुने गरेको बताउँछन् । उनी भन्छन्, "भनेजस्तो पुस्तक पढ्न पाइने
भए मलाई आँखा नदेख्ने भएकोमा कुनै पछुतो रहने थिएन, त्यो नै मेरो जीवनको
सबैभन्दा ठूलो खुशियाली हुनेथियो ।" आचार्यको अनुभवमा ठूल्ठूला
किताब अरूको भरमा पढ्न सम्भव हुँदैन ।
फेरिँदैछ, दृष्टिकोण
नेत्रहीनलगायतका अपाङ्गहरूप्रति समाज र परिवारको दृष्टिकोण एवं व्यवहारमा
सकारात्मक परिवर्तन आउन थालेको अनुभव स्वयं दृष्टिविहीनहरूले पनि गर्न
थालेका छन् । नेपाल नेत्रहीन संघका अध्यक्ष लिम्बू आँखा नदेख्नेलाई
'अन्धा' र 'काना' भन्नुहुन्न भन्ने चेतना समाजमा निकै बढेको बताउँछन्
। दुवै आँखा नदेख्नेलाई दृष्टिविहीन वा नेत्रहीन र अलिअलि देख्नेलाई
अल्पनेत्रहीन वा अल्पदृष्टिहीन भन्नुपर्ने प्रचार देशभरि गरिएको छ
। "अन्जानमा वा कसैले नबुझेर अन्धा/काना भन्यो भने सामान्य रूपमा
लिनर्ुपर्छ र सिकाउनर्ुपर्छ ।" संघका अध्यक्ष लिम्बू भन्छन्,
"तर जाने-बुझेको, शिक्षक मान्छेले नै त्यसो भन्यो भने चाहिँ होच्याएर
बोलेको हो भन्ने बुझनर्ुपर्छ र त्यसलाई त्यही किसिमले उपचार गर्नर्ुपर्छ
।"

दृष्टिहीनहरूको सहारा सेता लठ्ठी । |
नेत्रहीनप्रतिको व्यवहारमा आउन थालेको सुधारको एउटा
कारण शैक्षिक, सामाजिक र अन्य अतिरिक्त क्रियाकलापमा नेत्रहीनहरूले
हासिल गरेको प्रगति पनि हो । अवसर पाए नेत्रहीनहरूले पनि केही गरेर
देखाउन सक्छन् भन्ने चेतनाको विकास हुँदै गएको अनुभव गरेकी नीरा अधिकारीको
घरलाई हर्ेदा पनि त्यो प्रस्ट हुन्छ । आँखा नभए पनि परिवारको सदस्य
र साथी-भाइको सहयोगमा नीराले समाजशास्त्रमा स्नातकोत्तर गरिन्, जबकि
उनका सबलाङ्ग ६ दाजु-दिदी-बहिनी कसैले त्यति पढेनन् ।
अध्ययनमा मात्र होइन अवसर पाएसम्म हेरक क्षेत्रमा उनीहरूले आफ्नो प्रतिनिधित्व
देखाउँदै लगेका छन् । पप सङ्गीतकार् इश्वर अमात्य, लोकगायक मधुबाबु
थापा, रेडियोकर्मी शम्भुकुमार मिलन, धातु वैज्ञानिकको रूपमा पुरस्कृत
रमेश दाहाल नेत्रहीन हुन् । धेरै नेत्रहीनहरूले अथाह साहित्य सृजना
गरेको तर प्रकाशनको अवसर नपाएको अनुभव 'नेत्रहीन गुरु' गोविन्द आचार्यको
छ । आफूले नै ९-१० वटा कृति जन्मिने गरी कविता र खण्डकाव्यहरू लेखेको
उनले बताए ।
|