रिपोर्ट - पश्चिम तर्राईको
उद्योग-व्यवसाय
पलायन ! पलायन ! !
राजधानीमा बस्ने सरकार र केही साहुमहाजनहरूले
१९ माघपछि देशको स्थिति सुध्रिएको र उद्योग-व्यवसाय फष्टाउन पाएको
गफ गरे पनि मध्य र पश्चिम तर्राईका बुटवल, भैरहवा, नेपालगञ्ज जस्ता
प्रमुख आर्थिक-औद्योगिक-व्यावसायिक केन्द्रहरू तीब्र गतिमा सुक्न थालेका
छन् ।
सुरक्षाका नाममा हैरान पार्ने सेना-पुलिसको
व्यवहार र चन्दाको निहुँमा माओवादीले गर्ने ज्यादती खप्न नसकेर यस
क्षेत्रका उद्योगी व्यापारीहरू आफ्नो पेशा नै परिवर्तन गर्न र सीमावर्ती
भारतीय शहर वा काठमाडौँ पलायन हुन थालेका छन् ।
जेवी पुन, बुटवलमा
मानवअधिकार स्थिति अनुगमन गर्ने सिलसिलामा जेठको दोस्रो साता कपिलवस्तु
आएका एमनेष्टी इन्टरनेशनलका अनुसन्धानकर्ता डेनियल अर्ल्वर्मनले ४३
ड्रि्रीको गर्मीमा चिसो पिउन खोज्दा कोक, पेप्सी केही पाएनन् र धाराको
पानीले प्यास मेटे । माओवादीले बहुराष्ट्रिय कम्पनीका वस्तु उत्पादन
र बिक्रीवितरण गर्नेहरूलाई धम्की दिएका कारण बुटवलबाट आपर्ूर्ति हुने
पश्चिमका जिल्लाहरूमा कोक, पेप्सीजस्ता पेय पाइन छोडेका थिए । तर,
जेठको अन्तिम सातादेखि कोक-पेप्सीका वितरकहरूले आफ्नै जोखिममा तिनको
बिक्रीवितरण शुरु गरेका छन् ।
तर्राईमा उर्लिँदो गर्मीसँगसँगै बढ्नुपर्ने चिसोपेयको बजारमा उल्टो
खडेरी पर्यो । दैनिक दर्ुइ-दर्ुइ लाख बोतलभन्दा बढी कारोबार गर्ने
बुटवलका कोक र पेप्सी डिलरका गोदामहरू प्रायः रित्तिएका छन् । स्थानीय
डिलरका एक कर्मचारी भन्छन्, "उनीहरूले हामीलाई भौतिक कारबाही
गर्र्छौँ भनिरहेका छन् । कम्पनी तिमीहरू आफैँ सामना गर भन्छ ।"
माओवादीले विगत दर्ुइ महिनाको बीचमा कोकको सामानसहितको गाडी, ट्याक्टर
र पेप्सीको गाडी आगो लगाई लाखौँको नोक्सानी पारिदिएका थिए ।
केही समययता बुटवलका व्यवसायीहरू माथि माओवादीको शृङ्खलाबद्ध आक्रमण
नै शुरु भएको छ । बितेको एक वर्षा बुटवलमा मात्र एकदर्जन भन्दा बढी
व्यापारिक प्रतिष्ठान र उद्योगमाथि आक्रमण तथा तीन व्यापारीको हत्या
गरिएको छ । २२ फागुन २०६१ मा दर्ुइ माओवादी कार्यकर्ताले मोटरसाइकलमा
आएर दिनदहाडै गोली हानेका बुटवलका प्रतिष्ठित व्यापारी बृजमान श्रेष्ठको
उपचार गराउँदा-गराउँदै डेढ महिनापछि मृत्यु भयो । त्यसको दर्ुइ दिनअघि
मात्रै बिहान डुल्न निस्केका अर्का व्यापारी पदमचन्द श्रेष्ठलाई गोली
प्रहार गरी मारेका माओवादीले केही समय पहिले मर्ुर्गियाका व्यापारी
रामु भट्टर्राईको पनि हत्या गरेका थिए ।
माओवादी आक्रमणको घातक परिणाम यतिमा मात्र सीमित छैन । करीब डेढ वर्षघि
मोर्डन दाल मिलमा भएको आक्रमणपछि चिन्तैचिन्ताले गलेका मिल मालिक प्रल्हाद
अग्रवालको केही महिनापश्चात् हृदयाघात भई मृत्यु भयो । उनका व्यापारी
मित्रहरू माओवादीलाई भने जति चन्दा दिइरहँदा पनि किन आक्रमण गरेका
होलान् भनेर उनले सधैँ चिन्ता गरिरहेको सुनाउँछन् । लाखौँ रुपैयाँ
चन्दा दिइरहेकाहरूमाथि समेत आक्रमण हुनथालेपछि उद्योगी व्यवसायीहरू
झन् आतङ्कति भएका छन् ।
भागाभागको स्थिति
बुटवलका नामी उद्योगी-व्यवसायीहरूलाई हिजोआज उनीहरूका घर-कार्यालयमा
भेट्न सकिँदैन । उनीहरू सीमापारि या काठमाडौँ गएर बसेका छन् । काठमाडौँमा
रहेका बुटवलका एक प्रमुख व्यवसायी भन्छन्, "ज्यान बचे सबै छ ।
त्यसैले बुटवलमा बेचेर काठमाडौँमै र्सर्ने योजनाले घरजग्गा हर्ेर्दैछु
।"
गएको १७ वैशाखमा बुटवलका पुराना व्यापारी तथा समाजसेवी गणेशमान सैँजुको
घरमा माओवादीले बम विस्फोट गराएपछि उनी प्रायः काठमाडौँमै बस्न थालेका
छन् । त्यसको केही दिनअघि, मिडियाचोकका कुलप्रसाद भारीको घरमा भएको
विस्फोटबाट लाखौँ रुपैयाँको क्षति भएपछि भारी पनि काठमाडौँतिर लागे
। यसअघि २४ मङ्सिर २०६१ मा माओवादीले सेलरमिलमा आगजनी र घरमा बम विस्फोट
गरी सामान लुटेर लगेपछि करेवानी-९ का महेन्द्र मुनकर्मी सपरिवार काठमाडौँ
बसाइँ सरेका थिए ।
बुटवलका ठूला व्यापारी तथा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष
कुशप्रसाद मल्ली र बहालवाला अध्यक्ष निर्मल लाकौलको बसोबास पनि हिजोआज
काठमाडौँमै छ । "पहिला त माओवादीले आक्रमणपर्ूव चेतावनी दिन्थे,
तर आजभोलि सूचना र सञ्चार प्रणाली कमजोर भएर हो वा के हो, थाहा पाइँदैन,"
निर्मल लाकौल भन्छन्, "दिनहुँ जसो आक्रमण हुन थालेपछि व्यापारीहरू
डरले सुरक्षित स्थलतर्फलाग्ने नै भए ।" माओवादीले बुटवलका व्यापारीहरूलाई
किन यतिबिघ्न तारो बनाएका हुन्, उनले बुझन सकेका छैनन् ।
कैयौँ व्यापारीहरू भारततिर पनि लागेका छन् । केही समययता सुनौलीपारि
गएर घरजग्गा किन्ने र व्यापार गर्नेहरूको सङ्ख्या अपत्यारिलो ढङ्गले
बढेको छ । उबा संघ, भैरहवाका अध्यक्ष रामशङ्कर कान्दु भन्छन्, "भारतीय
मूलका व्यापारीहरू त पूँजीसहित शतप्रतिशत नै भारत पलायन भइसकेका छन्
भने पहाडियाहरूले समेत सुनौली, नौतनवा र गोरखपुर वरिपरि घरजग्गा खरीद
गर्न थालेका छन् ।" माओवादी नाकाबन्दी र हड्तालले बोर्डिङ स्कूल
प्रभावित हुन थालेपछि केही नेपाली र भारतीय व्यवसायीले नेपाली विद्यार्थीलाई
लक्ष्य गरेर सुनौली-नौतनवा रोड -भारत) को हरियाली पार्कमा प्यासिफिक
एकेडेमी नामक एउटा बोर्डिङ स्कूल खोलेका छन् । नेपाल सरकारकै पाठ्यक्रममा
आधारित नेपाली समेत पढाइ हुने उक्त विद्यालयमा नेपाली विद्यार्थीको
सङ्ख्या बढिरहेको सह-प्रधानाध्यापक पङ्कज उपाध्याय बताउँछन् ।
माओवादी आक्रमणमा परेका व्यापारीहरू डरले व्यवसायमा फर्केर जान नचाहेका
दृष्टान्तहरू पनि छन् । प्रहरी कम्प्लेक्सको विष्फोटनपछि त्यहाँ फोटो
स्टुडियो चलाइरहेका कृष्ण अधिकारी सबा लाख रुपैयाँ पर्ने स्टुडियो
रु.२५ हजारमा बेचेर भारततिर पलायन भए । अरू आधा दर्जन भन्दा बढी व्यापारीहरू
धरौटी माया मारेर अन्यत्र सरेका र केही हिँड्ने क्रममा छन् । नौ वषर्ीय
छोरा शैलेसको टाउकोमा चोट लागेपछि सांग्रिला रेष्टुरेन्टका सञ्चालक
कृष्ण थापा व्यापारै नगर्ने मनस्थितिमा पुगेका छन् । भन्छन्, "द्वन्द्वले
त्यसै व्यापार चौपट छ, त्यसमाथि यसरी आक्रमण हुन थालेपछि कसरी गर्ने
व्यवसाय - म त अब विदेश जान्छु ।" उद्योग बाणिज्य संघका सदस्य
जगत पोखरेललगायत कतिपय ठूला व्यापारीहरू पनि आफ्नो व्यापारिक प्रतिष्ठानको
उचित मूल्य पाउनासाथ विदेश जाने तयारी गरिरहेका भेटिन्छन् ।
कवाडको भाउमा उद्योग
बुटवल औद्योगिक क्षेत्रका ५४ उद्योगमध्ये ६ वटा पर्ूण्ा रूपमा बन्द
भइसकेका छन् भने बाँकी पनि राम्ररी चल्न सकेका छैनन् । परिसर बाहिरका
आधा दर्जनभन्दा बढी उद्योग पनि बन्द छन् । कति उद्योग ऋण तिर्न नसकेर
लिलाम हुने प्रक्रियामा छन् । सात महिनाअघि यस क्षेत्रको पुरानो चिनी
कारखाना महेन्द्र सुगर
मिल कवाडको भाउमा बेचियो । मिलका कतिपय सामान प्रतिकिलो रु.२३ मा बेचेर
र इँट्टाहरू लिलाम गरेर मजदुरहरूलाई तलब भुक्तानी दिइएको थियो । व्यवसायीहरू
यही अवस्था रहिरहेमा रुपन्देहीका सबै उद्योगको हविगत यस्तै हुने सम्भावना
देखिरहेका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन समितिले 'उद्योगहरू राम्रो अवस्थामा चलिरहेको'
दाबी गरे तापनि उद्योग मालिकहरू यस्तो अवस्थामा अब धेरै दिन टिक्न
नसक्ने ठोकुवा गर्छन् । एभरेष्ट रोलिङ मिलका मालिक नन्दलाल गोयन्का
भन्छन्, "उद्योगहरू चलिरहेका छैनन्, जबर्जस्ती चलाइरहेका छौँ
। यसरी कहिलेसम्म थेग्ने हो केही भन्न सकिँदैन, जतिखेर पनि बन्द हुन
सक्छन् ।" व्यवसायीहरू ब्याङ्कको ऋणमा खुलेर घाटामा चलिरहेका
कतिपय उद्योगहरू घरजग्गा लिलाम हुनबाट जोगाउन मात्रै भए पनि जबर्जस्ती
चलाइएका छन् । केही वर्षघिसम्म चौबीसै घण्टा चल्ने उद्योगहरू अहिले
मुश्किलले सात-आठ घण्टा चलिरहेका छन् । एक वर्षघिसम्म दैनिक १५० क्वीन्टल
दाल उत्पादन गर्ने मोर्डन दाल मिलबाट अहिले मुश्किलले ७५ क्वीन्टल
उत्पादन भइरहेको छ । सञ्चालक बृजेश अग्रवाल घट्ने क्रम अहिले झन् बढेको
बताउँछन् ।
माओवादी जस्तै सरकार
५-६ वर्षघिसम्म पश्चिमाञ्चलका सबै जिल्लामा भैरहवाबाट मात्र ७५ प्रतिशत
खाद्यान्न आपर्ूर्ति हुने गर्दथ्यो, तर अहिले त्यो २५ प्रतिशतमा झरेको
छ । द्वन्द्वले गाउँबाट मान्छेहरू रित्तिँदै गएका र उनीहरूको क्रयशक्ति
घट्दै गएकोले खाद्यान्न बिक्री हुन छाड्यो । व्यवसाय चौपट हुनथालेपछि
वाषिर्क करोडौँको कारोबार गर्ने खाद्यान्न व्यापारीहरू पनि पलायन हुने
क्रम बढिरहेको रामशङ्कर कान्दु बताउँछन् । भैरहवामा खाद्यान्नको राम्रो
व्यापार हुने देखेर कैयौँ भारतीयहरूले समेत लगानी गरेका थिए, तर अहिले
उनीहरू सबै बोराविस्तरा बाँधेर आ-आफ्ना घरतिर फर्किसकेका छन् ।
माओवादीले १६ पुस २०६० मा एभरेष्ट रोलिङ मिलमा बम विस्फोट गर्राई रु.५०
लाख बराबरको नोक्सानी गराएका थिए । त्यसको केही दिनपछि मोर्डन दाल
मिलमा बिस्फोट गर्राई रु.१० लाख जतिको क्षति पुर्याए । यसको लगत्तै
भैरहवादेखि १० किमि पश्चिममा पर्ने रिलायन्स पेपर मिलमा बम विस्फोट
र आगजनी गरी रु.२ करोड जतिको क्षति पुर्याए । १२ माघ २०६१ मा जगदम्बा
सिमेन्ट उद्योगमा लुटपाट गरी रु.६ लाख २८ हजार नगद, एउटा लेजर प्रिन्टर,
दर्ुइ वटा मोबाइल र तीन वटा साधारण टेलिफोन सेट लिएर गएका थिए । उनीहरूले
त्यसको दर्ुइ महिनापछि पडसरीस्थित गोर्खा बिस्कुट फ्याक्ट्रीमा बम
विस्फोट गर्राई क्षति पुर्याए । "सुरक्षित भनिने भैरहवामा पनि
हामी सुरक्षित छैनौँ," नन्दलाल गोयन्का भन्छन्, "यही स्थिति
रहृयो भने भारत पलायन हुनुको विकल्प छैन ।"
द्वन्द्वको प्रत्यक्ष मारमा परिरहेका उद्योगी-व्यवसायीहरूले सरकारले
पनि राहत दिनुको साटो झन् आहत बनाइरहेको अनुभव गरेका छन् । सरकारले
डुब्न लागेका उद्योगहरूलाई ऋण र करमा सहुलियत दिनुको साटो अठ्याउँदै
लगेर उद्योग व्यवसाय धरासायी पार्न खोजेको उनीहरूको आरोप छ । शाही
आयोगको निर्देशनमा यस क्षेत्रमा दिनहुँजसो व्यापारिक प्रतिष्ठान माथि
छापा मारिन थालेपछि व्यवसायीहरू झन् बढी त्रसित भएका छन् । एक व्यवसायी
भन्छन्, "सरकारले राहत दिनुको साटो सामान्य प्रक्रियागत त्रुटिलाई
पनि ठूलो बनाएर व्यवसायीहरूलाई तर्सर्ााे काम गर्दैछ । यसले उद्योगधन्दालाई
झन् चौपट पार्ने पक्का छ ।" उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष
निर्मल लाकौलको कथन छ, "माओवादीले त उहिल्यैदेखि उद्योग व्यवसायीहरूलाई
हैरान पारेकै थिए, अब सरकारका यस्ता कदमले धरासायी नै बनाउने छन् ।"
|