| रिपोर्ट
- हिंसात्मक व्रिद्रोह
लङ्काबाट नेपाल हेर्दा
हिंसात्मक
व्रिद्रोह
अन्तिम सीमा र परिणाम थाहा पाउन नेपालका
राजा, माओवादी र दलहरूले हिजो र आजको श्रीलङ्कालाई हेरे पुग्छ ।
कुन्द दीक्षित, कोलम्बोमा
सन् १९९० सम्म श्रीलङ्कामा सँगसँगै दर्ुइ वटा गृहयुद्धको
आगो दन्किरहेको थियो । उत्तरको जाफ्ना क्षेत्रमा 'भारतीय शान्ति सेना'
लाई समेत पराजित गर्न सफल तमिल पृथकतावादीहरूले देशको एकचौथाइ भाग
कब्जा गरेका थिए । उता दक्षिण श्रीलङ्कामा, 'जनता विमुक्ति पेरुमुना'
-जेभीपी) नामक उग्र वामपन्थी पार्टर्ीीयक्तिहत्या शैलीको 'क्रान्ति'
अघि बढाएर राज्यसत्ता ढाल्ने प्रयत्नमा थियो । तमिल व्रि्रोहसँगै गाँसिएको
आत्मघाती बमको लहरले कोलोम्बोका ठूला-ठूला गगनचुम्बी घरहरूलाई मात्र
ध्वस्त पारेन, भारतीय भूमिमै भारतका भूतपर्ूव प्रधानमन्त्री राजिव
गान्धीको समेत हत्या गर्यो ।
|
समानताः कोलम्बो (बायाँ) र काठमाडौँ । |
यी युद्धहरू नेपालको विद्यमान द्वन्द्वभन्दा धेरै भीषण
थिए । आर्टिलरी, इजरायली बमवर्ष विमान कफीर, हेलिकप्टर गनशीप, ट्याङ्क
र नेभी जहाजको प्रयोग भएको श्रीलङ्का सरकार र तमिल बीचको लर्डाईँले
घमासान रुप लिएको थियो । जुलाई २००२ मा, कोलोम्बो अन्तर्रर्ााट्रय
विमानस्थलमा आक्रमण गरेर त्यहाँ रहेका श्रीलङ्कन एयरलाइन्सका चार वटा
नयाँ एयरबस जहाज ध्वस्त पार्न समेत तमिल व्रि्रोहीहरू सफल भए । प्रधानमन्त्री,
गृहमन्त्री, रक्षामन्त्रीलगायत थुप्रै नरमपन्थी तमिल राजनीतिज्ञ र
मानवअधिकारवादीलाई तमिल व्रि्रोहीहरूले छानी छानी मारे ।
त्यहीबेला जेभीपीले पनि राजनीतिज्ञ, बुद्धिजीवी र पत्रकारहरूलाई तमिल
व्रि्रोहीले झैँ मारिराखेको थियो । यस्तो स्थितिमा कसले कसलाई सिद्ध्यायो
भन्ने अनुमान गर्न समेत गाह्रो पथ्र्यो । तमिल र जेभीपीको हिंसा अनि
राज्यको प्रतिहिंसामा परी सन् १९८४ देखि १९९० सम्ममा ८० हजार श्रीलङ्कालीहरूको
ज्यान गइसकेको थियो । त्यसपछि २००२ मा तमिलहरूसँग युद्धविराम हुँदासम्म
अरू २५ हजारले ज्यान गुमाए ।
झण्डै २५ वर्षघि तमिल व्रि्रोह शुरु भएको उत्तर-पर्ूर्वी श्रीलङ्कामा
बितेका चार वर्षेखि लडाइँ भएको छैन । हुन त त्यहाँ पर्ूण्ा शान्ति
पनि छैन । तर, कमसेकम त्यहाँका हिंसा पीडित जनताले केही हदसम्म राहत
पाएका छन् । तमिलहरू आफ्नै राज्य, राजधानी, प्रशासन, प्रहरी, विद्यालय
र अस्पतालहरू सञ्चालन गरिरहेका छन् । श्रीलङ्काको अन्य भूभागबाट यो
क्षेत्रतिर जाँदा किलीनोच्चीनेरको 'सिमाना' मा अर्कै देशमा प्रवेश
गरेजस्तो गरी पासपोर्टमा अलग्गै छाप लगाउनर्ुपर्छ ।
दक्षिणी श्रीलङ्कामा चाहिँ, सेनाले जेभीपीका प्रमुख नेताहरूलाई समात्दै
मार्दै गरेपछि सन् १९९१ मा सो पार्टर्ीी हिंसाको नीति त्यागेर राजनीतिक
मूलधारमा प्रवेश गर्ने निर्ण्र्ाागर्यो । यो कदम जेभीपी स्वयं र श्रीलङ्काको
लागि समेत एकदमै फलदायी साबित भएको छ । शान्तिपर्ूण्ा राजनीतिमा लागेको
लगत्तै, १९९३ को संसदीय निर्वाचनमा जेभीपीले चार स्थानमा विजय पाएको
थियो । तर २२५ जनाको वर्तमान संसदमा उसका ३१ जना सदस्य छन् । र, तीमध्ये
चार जना राष्ट्रपति चन्द्रिका कुमारतुङ्गाको सरकारमा मन्त्री समेत
छन् । सशस्त्र युद्धबाट कहिल्यै पाउन नसक्ने राजनीतिक सफलता पाइरहेको
जेभीपी अहिले युनाइटेड पिपल्स अलायन्स गठबन्धन र चन्द्रिका सरकार ढाल्ने
सामर्थ्य राख्दछ । गत डिसेम्बरको सामुन्द्रिक आँधीबेरी सुनामी का लागि
दाताहरूबाट प्राप्त झण्डै तीन अर्ब डलर खर्च गर्ने विषयमा उत्पन्न
विवादका कारण जेभीपीले अहिले चन्द्रिकाको कर्ुर्सर्ीील्लाएको छ ।
राष्ट्रपति चन्द्रिकाका श्रीमान् विजय कुमारतुङ्गालाई सन् १९८९ मा
जेभीपीले नै मारेको थियो । तर अहिले उनी आफ्नै श्रीमानका हत्याराहरूसँग
एउटै सरकारमा छिन् । "यसले हिंसा त्यागेपछि राजनीतिमा कहिले पनि,
कोही पनि स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् भन्ने देखाउँछ"
श्रीलङ्काको सन्डे आइल्याण्ड का सम्पादक मानिक द सिल्भा भन्छन् ।
जेभीपीले सन् १९९० मा हिंसा त्याग्ने निर्ण्र्ाागर्दासम्म यसका वरिष्ठ
नेताहरू या त गिरफ्तारीमा परिसकेका थिए या गिरफ्तारीपछि मारिएका थिए
। श्रीलङ्कन सेनाको कडा प्रहारबाट यो पार्टर्ीीनकै कमजोर भइसकेको थियो
। श्रीलङ्कन विश्लेषकहरूको भनाइमा जेभीपीको सबैभन्दा ठूलो गल्ती र्सवसाधारण
एवं सैनिक परिवारका निहत्था सदस्यहरूको हत्या गर्नु थियो । परिणामतः
श्रीलङ्कन सेना आफ्ना सिपाहीका परिवारको एक सदस्यको हत्या बराबर पाँच
जेभीपी नेता-कार्यकर्तालाई मार्ने प्रतीज्ञाका साथ नरसंहारतर्फबढ्यो
। यो सन् १९८९ तिरको कुरा हो । यसमा धेरै र्सवसाधारणले पनि ज्यान गुमाए
।
तमिल र जेभीपीका गुरिल्लाहरूसँग लड्न श्रीलङ्कन सेनालाई त्यसबेला इजरायलको
गुप्तचर संस्था मोसादको सहयोग प्राप्त थियो । त्यसले श्रीलङ्कन सेनालाई
इजरायलीले जस्तै कठोर जाजूसी रणनीति उपयोग गरेर जेभीपीका नेताहरूलाई
समात्न सघायो । तर, जेभीपीका एकमात्र जीवित पोलिट्ब्यूरो सदस्य सोमाबम्स
अमरसिंहे, नेताहरू नमारिएका भए पनि जेभीपी त्यसभन्दा अघिदेखि नै सुरक्षित
अवतरणको खोजीमा रहेको बताउँछन् । "तीन वर्षो लडाइँपछि उनीहरूले
आफ्नो क्रान्तिकारी गन्तव्यमा पुग्न सशस्त्र सङ्र्घष्ा नै गर्नुपर्ने
रहेनछ, बरु संसदीय प्रणालीमा समावेश भए त्यो कुरा धेरै सहज ढङ्गले
हासिल गर्न सकिने रहेछ भन्ने बुझे" कोलोम्बो विश्वविद्यालयका
राजनीतिशास्त्रका प्राध्यापक ससांक पेरेरा भन्छन्, "र, जेभीपीको
सैन्य पराजयले श्रीलङ्का र नेपालको जस्तो प्रतिहिंसामा गोलीगठ्ठा र
हेलिकप्टर भन्दा महत्त्वपर्ूण्ा र प्रभावकारी त गुप्तचर संयन्त्र र
रणनीति हुँदोरहेछ भन्ने देखाएको छ ।"
तमिलहरूको साम्प्रदायिक र पृथकतावादी लडाइँभन्दा पनि जेभीपीको व्यक्तिहत्यासँग
मिल्दोजुल्दो छ, नेपालको हिंसात्मक व्रि्रोह । 'तपाईँहरूले जेभीपीको
लर्डाईँबाट के सिक्नुभयो र नेपालले यसबाट के सिक्नुपर्ला' भनेर सोध्दा
श्रीलङ्काका समाजशास्त्री, राजनीतिज्ञ र भूतपर्ूव जेभीपी नेताहरू सबैको
एउटै राय थियोः "हिंसाले देशलाई बर्बाद गर्छ र समाज परिवर्तनलाई
झन् ढिलो तुल्याउँछ, किनभने मुलुक सैनिकीकरणतिर धकेलिन्छ । तर यसविपरीत
राजनीतिक मूलधारको बाटो व्रि्रोहीका लागि समेत छरितो र फलदायी हुन्छ
। यसमा जनताले चुकाउनुपर्ने मृत्युको मोल त कम भई नै हाल्छ ।"
नेपालमा कोही छ यो पाठबाट शिक्षा लिने?
|