| रमझम

बिमिना रञ्जित
विज्ञानकी विद्यार्थी बिमिना कविता र दृश्यावलोकनमा समेत उत्तिकै रमाउँछिन्
। उनको अतिरिक्त शोख हो मोडलिङ । लक्ष्य नि ! उनी भन्छिन्, "पढ्दै
जाऊँ, भविष्यले जता डोर्याउला !"
तस्बिर/शृङ्गारः डीजी प्लस, काठमाडौं
पहिरनः गसिप, तेस्रो तल्ला विशालबजार, काठमाडौँ
रमझम/सङ्गीत
छन्दोबद्ध लोचन
किरण
पाण्डे
|
देश जाँदा त्यहाँका गायक-गायिकाले काव्य गाएको देखेर
उनी दङ्ग पर्थिन् । सँगसँगै पिरोलिन्थिन् नेपालको प्रतिनिधित्व गर्ने
खालको गीत नपाउँदा । उनले त्यस्ता गीत नेपाली कविता/काव्यहरूमा भेटिन्
र सङ्कल्प गरिन्, "अब म छन्दोबद्ध कविता गाउँछु ।"
हुन त छन्दमा गाउने केटाकेटीदेखि नै छन्दप्रति उनको विशेष लगाव थियो
। हजुरआमासँगै लयमा गीता पाठ गर्थिन् । डेढ वर्षघि कवि भीमदर्शन रोकाका
मुक्तक गाउँदा कविता र तिनको शाब्दिक/भावनात्मक सामर्थ्यसँग असाध्यै
लोभिएकी लोचन भट्टर्राईले छन्दोबद्ध सिर्जनाहरूमा सङ्गीतको अत्यधिक
प्रचुरता देखिन् । छन्दका कविता गाउनकै लागि, भाका हाल्नकै लागि भएकाले
उनलाई लय टिप्न सजिलो पनि भयो । अनि, नेपाली साहित्यमा अत्यधिक पढिएका,
पाठ्यक्रममा समेत राखिएका वाणिर्क र मात्रिक छन्दका आठ कवितालाई छानेर
सङ्गीत भर्न थालिन् । त्यसैको परिणाम हो- भर्खरै र्सार्वजनिक भएको
गीति-अल्बम 'छन्द', जहाँ कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद
देवकोटा, भीमनिधि तिवारी, धरणीधर कोइराला र घनश्याम कँडेलका 'नैतिक
दृष्टान्त' र 'पिंजराको सुगा', 'मार्ग' र 'अर्ती', 'दागवत्ती' र 'काम्यो
लुग्लुग त्यो', 'साहित्यसुधा', 'आमाको माया' जस्ता सदावहार सिर्जनाहरू
सुन्न सकिन्छ । लोचन भन्छिन्, "बीसवर्षो गायनयात्रामा यी कविता
गाउँदा जति सन्तुष्टि मिल्यो, त्यति अरूबाट मिलेको थिएन ।"
'छन्द' को अर्को विशेषता हो- लोचनले छन्दोबद्ध कविताका सूत्र, ताललाई
हुबहु पछ्याएकी छन् । छन्दप्रति रुचि बढोस्, साहित्यका जीवन्त सिर्जनालाई
बालबालिकाले समेत आरामले गुन्गुनाउन् भन्ने सदाशय पनि बोकेकी छन् उनले
। त्यसमा छन्द-अनुरागीहरू कमलमणि दीक्षित, हेमराज ज्ञवाली, रमेश खकुरेल,
वीरेन्द्र दाहाल सम्मिलित वाणी समूहसँगै सङ्गीत कम्पनी ओपल इन्टरनेशनलको
साथसहयोग जुटेको छ उनलाई । गद्य र पद्य दुवै प्रकृतिका कवितालाई क्रमशः
गाउँदै जाने योजना बुनिरहेकी लोचन भन्छिन्, "गायक/गायिकाले भूपि
र पारिजातका कवितालाई पनि मज्जाले गाउनर्ुपर्छ भन्ने मेरो मान्यता
छ । म यस्तै प्रयासमा छु ।"
रमझम/संस्कृति
प्रकृतिलाई सलाम

धीरेन्द्र प्रेमषिर् |
मिथिलामा कुन चीज कहाँसम्म संस्कार हुन्छ र कहाँबाट
मानवीय सदाचारमा परिणत हुन्छ, त्यसमा चर्ुर्लुम्मै डुबेकाहरूलाई पनि
थाहा हुँदैन । तर थाहा नपाइकनै मिथिलाका महिलाहरूले आजभोलि वैज्ञानिक
प्रमाणित हुने संस्कारहरूलाई संरक्षण दिँदै आएका छन् । पछिल्ल्ाो उदाहरण
हो, उनीहरूले हालै मनाएको वरसाइत पर्व । प्रत्येक वर्षजेठ महिनाको
औँसीका दिन मनाइने यो पर्व वटसावित्रीका रूपमा पनि चिनिन्छ । धार्मिक
दृष्टिले सत्यवान-सावित्रीको पौराणिक कथासँग सम्बन्धित भएपनि सांस्कृतिक
रूपमा यसले प्रकृति संरक्षणसम्बन्धी सन्देश प्रवाह गर्ने गरेको छ ।
नेपालका धेरै समुदायमा पीपलको पूजा गरिन्छ । विज्ञानले पनि यसलाई उपयोगी
परम्परा भएको पुष्टि गरेको छ । किनकि रातको समयमा समेत यसले अक्सिजन
प्रवाह गर्छ । तर अनेकौँ औषधीय गुणको प्राचर्ुय रहेको तथा जेठको प्रचण्ड
गर्मीमा पनि शीतलता प्रदान गर्ने वरको पूजा भने विशेष विधानपर्ूवक
वरसाइतमा मात्र गरिन्छ, वरको फेदमा पूजार्-अर्चना गरी जल-सिञ्चन गर्दै
। पूजाका क्रममा रूखलाई चारैतिरबाट धागोले बेरेर वर अर्थात् पतिको
प्रतीक मानी रूखलाई अँगालो मारिन्छ । भारतमा प्रकृति संरक्षणका लागि
चलाइएको चिप्को आन्दोलन मिथिलामा महिलाहरूले आफ्नो संस्कृतिकै माध्यमबाट
शताब्दियौँदेखि चलाउँदै आएका छन् ।
वरसाइतमा व्रतालुहरूले सकेसम्म हरियो लुगा लाउने, रूखलाई पङ्खा हम्कने
गर्छन् । यस्ता क्रियाकलापले प्रतीकात्मक रूपमा वातावरण संरक्षणकै
सन्देश दिइरहेका हुन्छन् । वरसाइतको पूजा पतिका लागि मात्र भएको भए
चेतन वरलाई छोडेर अचेतन वरको रूखलाई पूजा गर्नुपर्ने कुनै कारण हँुदैनथ्यो
।
तर संस्कृतिको अर्न्तर्वस्तुमा नगई धार्मिक विधि-विधानलाई मात्र ध्यान
दिने प्रवृत्ति बढ्दै जानाले वरसाइतको वातावरणीय अभियान उल्टो दिशातर्फबढ्न
थालेको छ । वरको बिरुवा रोप्न तथा संरक्षण गर्न प्रेरित गर्ने यो पर्व
मान्ने क्रममा कतिपय घरमा अचेल वरको हाँगो काटेर ल्याई त्यसैलाई पुज्ने
गरिएको अप्रिय दृश्य पनि देख्न थालिएको छ । यसरी नजानेरै वातावरणीय
विनाशमा कतिपय व्यक्ति सरिक हुन थालेका छन् ।
यसपटक विश्व वातावरण दिवसको भोलिपल्ट -२३ जेठमा) वरसाइत परेको थियो
। मिथिलाको संस्कृतिले अघोषित रूपमा शताब्दियौँदेखि वातावरण दिवस मनाउँदै
आएको कुरालाई पनि कम महत्त्वको मानिनुहुँदैन । खोजिपस्ने हो भने संसारमा
हाल उपयोगी ठानी अपनाउन थालिएका उपायहरू हामी आफ्नै संस्कृतिको गर्भबाट
यथेष्ट मात्रामा जन्माउन र उपयोग गर्न सक्छौँ । प्रमाण हो- वटसावित्री
।
•
धीरेन्द्र प्रेमषिर्
रमझम/कला
उमेर जित्ने उत्साह

|
७८ वर्ष प्रायः सुस्ताउने बुढ्यौली उमेर । स्रष्टा,
साधकहरूसँग पनि पुराना सिर्जना सम्झँदै सुस्ताउनुबाहेक अरू विकल्प
हुँदैन । तर, अपवाद बनेका छन् डीबी चित्रकार । उनी कला-सिर्जनासँगै
कलाअध्यापनमा समेत अद्यापि सक्रिय छन् । प्रमाण हो ठमेलस्थित जे आर्ट
ग्यालरीमा भइरहेको उनको छैटौँ एकल कला पर््रदर्शनी । नयाँ पुराना थुप्रै
सिर्जना सङ्गृहीत पर््रदर्शनीको नाम राखिएको छ, 'कलेर्क्र्टस माइण्ड'
। ग्यालरीका शुभरत्न शाक्य भन्छन्, "डीबी दाइका धेरैजसो पेन्टिङ
विदेशमा छन् । यहाँ रहेका पेन्टिङको सङ्कलन गर्ने बेला भएको छ भन्ने
लागेर पछिल्ला सिर्जनासहित पर््रदर्शनीको आयोजना गरिएको हो ।"
शरीर थाक्दै गएको वृद्धवयमा समेत डीबी दाइ पेन्टिङमा निरन्तर सक्रिय
देखिन्छन् । अमर चित्रकार, कालीदास श्रेष्ठ, जीवरत्न शाक्यहरू उनका
समकालीन कलाकारहरू हुन् । धेरै दौँतरीले साथ छोडिसकेका छन् तर उनी
अहिले पनि हप्ताको पाँच दिन कला-प्रशिक्षण दिन भ्याइरहेका छन् । जोश
सेलाएको छैन । उनलाई पाटन, लगनखेलस्थित घरभित्रैको स्टुडियोमा रङ र
कुचीसँग खेल्दै ल्याण्डस्केप र पोट्रेटमा रम्दै गरेको अझै देख्न सकिन्छ
। नेपालमा पेस्टल कलर -विशेष प्रकारको चक) बाट पेन्टिङ गर्ने प्रथम
कलाकार मानिन्छन् डीबी चित्रकार । मुहारचित्रमा समेत बेजोड लाग्छ उनको
सीप । दृश्यचित्रमा उनको अग्लो छवि छ ।

|
कलाकार डीबी शुरुदेखि नै पेन्टिङको घरेलु वातावरणमा हर्ुर्किए । उनका
बुबा जगतबहादुर राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा कृष्ण शमशेरको
शीतलनिवासमा पेन्टिङ गर्ने गर्थे । कृष्ण शमशेरले बेलायतबाट मगाइदिएका
कला सम्बन्धी थुप्रै पुस्तक उनले सानैमा घरमै हर्ेन पाए । अनि, चौध
वर्षो उमेरदेखि नै चित्र बनाउन थाले घरमै स्वाध्ययनबाट । पछि जुद्धकला
पाठशालामा तेजबहादुर चित्रकारसँग ६ वर्षपेन्टिङ सिके । उनी भन्छन्,
"मैले ल्याण्डस्केप, स्टिल लाइभ र पोट्रेट बनाउन त्यहीँबाट सिकेँ
।"
आरम्भताका उनले नागपञ्चमी, लक्ष्मीपूजा जस्ता पर्वहरूमा राणाका घरहरूमा
तस्बिर पुर्याउने काम गरे । डीबीका अनुसार शुरुमा अरू पेन्टिङ बनाउनै
पाइन्नथ्यो । खालि राणाका तस्बिर, त्यो पनि दुरुस्त बनाउनुपथ्र्यो
। त्यही अभ्यासले अहिले नेपालमा यथार्थवादी चित्र बनाउने शिखर व्यक्तित्वको
पहिचान दिएको छ उनलाई । उनका पेन्टिङहरू कोरिया, जापान, जर्मनी, प|mान्स,
इटली, अष्ट्रेलिया, अमेरिका, बेलायत आदि मुलुकका कलासङ्ग्रहालयमा पुगिसकेका
छन् ।
डीबीले अर्धअमर्ूत चित्र पनि निकै बनाए । आफ्नो समय र अहिलेको शैली
तथा हेराइमा धेरै परिवर्तन आएको महसूस गर्छन् उनी । भन्छन्, "अचेल
आधुनिक कलाका नाममा जटिल बन्दै गएको छ चित्रकला । यसलाई केवल प्रयोगका
रूपमा मात्र लिनुहुँदैन ।"
राम्रो पेन्टिङले मान्छेको दुःख बिर्सर्ाा सक्छ र त्यसबाट अनुपम स्वाद
लिन सकिन्छ भन्ने मान्यता राख्ने डीबीका पेन्टिङहरूमा यी कुरा सजिलै
अनुभव गर्न सकिन्छ । उनले रङ्गको जादुबाट धेरैलाई मोहित बनाएका छन्
। त्यसैले कलापारखीहरू भन्छन्, "उनको कलायात्रा अझै लम्बियोस्
।"
•
कृष्ण शाह यात्री
|