पुस्तक
समीक्षा
खाँचो पूरा गर्ने प्रयास
किताबः फोटोग्राफी दिर्ग्दर्शन
लेखकः शरद र्राई
प्रकाशकः फोटो कर्न्र्सन प्रा.लि., काठमाडौँ, २०६१
पृष्ठः २३६, मूल्यः रु.३१०
फोटोग्राफी र फोटो पत्रकारिताका
विषयमा किताबहरूको अभावै छ । शरद र्राईको फोटोग्राफी दिर्ग्दर्शन ले
यो खाँचोलाई धेरै हदसम्म पूरा गर्नेछ । फोटोग्राफीको प्रारम्भिक इतिहासदेखि
डिजिटल युग तथा विश्वदेखि नेपालसम्मका सबै पक्षलाई समेट्ने प्रयास
गरिएको यस किताबमा लेखकले नेपालमा पछिल्लो समय भएको फोटोपत्रकारिता
विकासको समेत राम्रो आकलन गरेका छन् ।
एमएस्सीसम्मको अध्ययनका साथै आम सञ्चार, फोटोग्राफी र कम्प्युटर प्रविधिमा
विभिन्न डिप्लोमा गरेका तथा केही कलेज र तालिमसंस्थामा फोटोग्राफी
पढाउने काम समेत गरिरहेका लेखकले आफ्नो किताबमा राम्रो फोटो खिच्न
जान्नुपर्ने कुराहरू नछुटुन् भन्ने राम्रै प्रयास गरेका छन् । फोटोग्राफीको
'प्राविधिक शिक्षादेखि स्नातकोत्तरसम्मका पाठ्यक्रममा आधारित' भन्ने
दाबी गरिएको उनको किताबमा क्यामेरा, लेन्स, फिल्म, लाइट, फ्ल्यास,
फिल्टर, फोकस, एक्स्पोजर आदि के के हुन् र तिनको सहयोगबाट कसरी राम्रो
फोटो खिच्न सकिन्छ भन्ने यसका प्राविधिक पक्षका साथै कलाकौशल, सिर्जनशीलता
जस्ता गैरप्राविधिक पक्षलाई पनि उत्तिकै महत्त्व दिइएको छ । एउटा छुट्टै
पाठ फोटोपत्रकारिताका बारेमा पनि छ, जसले धेरै नभए पनि यसको आधारभूत
जानकारी दिएको छ ।
किताब पढ्दा कतैकतै प्राविधिक कुरालाई अलि व्याख्या गर्न नपुगेको,
सिलसिला टुटेको, प्रयोग भएका तस्बिर र पाठको तालमेल नमिलेको अनि कुनै
व्यावसायिक संस्था एवं वस्तुको नामलाई अलि बढी महत्त्व दिइएको झैँ
लाग्न सक्छ । तर विषयवस्तु, भाषा, प्रस्तुति, साजसज्जाका हिसाबले देखिने
स्तरीयता र उपयोगिताका अगाडि यस्ता सानातिना त्रुटि खासै बिझाउँदैनन्
। विषयवस्तु समृद्ध, लेखाइ सरल र डिजाइन आकर्ष छ । तस्बिर, रेखाचित्र
र टेबलहरूको प्रयोग प्रशस्तै भएको छ । एउटा सिङ्गो पाठ फोटोग्राफीमा
हुने त्रुटि र तिनलाई सच्याउने उपायप्रति समर्पित छ । ठाउँ-ठाउँमा
दिइएका व्यावहारिक सल्लाह-सुझाव, शब्दावली, सर्न्दर्भसूचीले किताबलाई
सहज तुल्याउन थप मद्दत पुर्याएका छन् भने प्रत्येक पाठसँग सम्बन्धित
केही प्रश्न दिएर विद्यार्थीहरूलाई अभ्यास गर्न सजिलो पार्ने प्रयास
समेत गरिएको छ ।
•
बद्री पौड्याल
प्राप्त
कृति
 |
हिमालयन 'पिपुल्स्'
वार
-माओवादी व्रि्रोहसम्बन्धी विश्ले-षणात्मक कार्यपत्रहरूको
सँगालो)
सम्पादकः माइकल हट
प्रकाशकः सी. हर्स्ट एण्ड कं. लण्डन, २००४
पृष्ठः ३२२, मूल्यः रु.६५०
|
|
 |
आगोको याम (कविता-सङ्ग्रह)
कवयित्रीः लक्ष्मी माली
प्रकाशकः मूल्याङ्कन प्रकाशन गृह, काठमाडौँ,
२०६२
पृष्ठः ५६, मूल्यः रु.५० |
|
 |
धोका (सामाजिक
नाटक)
लेखकः कर्म कार्की
प्रकाशकः छहारी प्रकाशन, काठमाडौँ, २०६१
पृष्ठः ८२, मूल्यः रु.१०० |
|
 |
आफैँलाई हराएपछि
(कविता-सङ्ग्रह)
कविः कालीप्रसाद रिजाल
प्रकाशकः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान,
काठमाडौँ, २०६१
पृष्ठः १६३, मूल्यः रु.१३४ |
|
 |
श्रद्धेय गुरु केशवदेव
भट्टर्राई
(केशवदेव भट्टर्राईमाथि लेखिएका लेखहरूको सँगालो)
प्रकाशकः भीमदर्शन रोका स्मृति कोश, काठमाडौँ,
२०६१
पृष्ठः ९२ |
 |
काठमाडौँ जाने बाटो
(मौलिक-सामाजिक उपन्यास)
लेखकः प्रकाश ए राज
प्रकाशकः नविन पब्लिकेशन्स्, २०६१
पृष्ठः ४३, मूल्यः रु.४० |
 |
तनखा (व्यङ्ग्यात्मक
उपन्यास)
लेखकः कौशिकी पुत्र
प्रकाशकः रत्नपुस्तक भण्डार
काठमाडौँ, २०६१
पृष्ठः ७२, मूल्यः रु.२५ |
 |
एभ्री प्लेस एभ्री
पर्सन (
नेपाली उपन्यासः प्रत्येक ठाउँ प्रत्येक मान्छेको अङ्ग्रेजी
अनुवाद)
लेखकः पिटर जे. कार्थक
प्रकाशकः बज्र पब्लिकेशन्स् काठमाडौँ,
२००४
पृष्ठः २६३± |
 |
प्रश्नको क्याराभान
(लघुकथा सङ्ग्रह)
लेखकः भरत भारद्वाज
प्रकाशकः वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठान,
२०६१
पृष्ठः ६३, मूल्यः रु.५१ |
|
 |
मनका परागहरू
(गीत-सङ्ग्रह)
गीतकारः प्रतिमा श्रेष्ठ
प्रकाशकः प्रतिमा पब्लिकेशन काठमाडौँ,
२०६१
पृष्ठः ९०, मूल्यः रु.१९९ |
 |
ढेडु बाँदर
(बालकविता सङ्ग्रह)
कविः हरिगोविन्द लुइँटेल
प्रकाशकः मूल्याङ्कन प्रकाशन गृह, काठमाडौँ,
२०६१
पृष्ठः ४४, मूल्यः रु.३० |
 |
पागलको डायरी
(कविता-सङ्ग्रह)
कविः डी.बी. किराँती
प्रकाशकः धन खालिङ
२०६०
पृष्ठः ७०, मूल्यः रु.५० |
 |
यात्रै-यात्रा
(विभिन्न देशको यात्रा-सङ्ग्रह)
यात्रीः अम्बरप्रसाद रिजाल
प्रकाशकः वाणी प्रकाशन, विराटनगर, २०६१
पृष्ठः ७५, मूल्यः रु.८० |
 |
अब के हुन्छ? (लेख
सङ्ग्रह)
लेखकः रह शर्मा
प्रकाशकः श्रीमती चिजमाया रेग्मी, २०६१
पृष्ठः ८६, मूल्यः रु.७५ |
|
|