हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४६ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
सरोज धिताल

पुस्ता संवाद/आजकी छोरीलाई चिठी-४

तिम्रो खाँचो र गुरुहरूको सीमा

छोरी,

तिमी १३-१४ वर्षी हुँदी हौ, एक दिन म र त्रि्री आमा, कोठामा बसेर गफ गरिरहेका थियौँ । तिमी कोठाभित्र पसेर केही नबोली चूपचाप बसिरहृयौ । जब हामी आफ्नै गफमा हराइरहृयौँ, तिमी जुरुक्क उठ्यौ र हातमा खेलाइरहेको एउटा किताब फ्यात्त फ्याँक्दै जङ्गयिौ- "जतिबेला पनि तपाईँहरू फिलोसोफीकै गफ गरिरहनर्ुपर्छ - अरू कुनै कुरै हुँदैन घरमा -" अनि फन्किँदै कोठाबाट निस्कियौ । हामी बूढाबूढी जिल्ल परेर एकछिन् मुखामुख गर्यौँ- हाम्रो गफको त्यो 'सेसन' त्यहीँ समापन भयो ।
अहिले, त्यो घटना सम्झँदा मलाई अलि अलि हाँसो उठ्छ, रमाइलै जस्तो पनि लाग्छ । तर त्यतिबेला भने मैले महसूस गरेको थिएँ- म आफ्ना सन्तानप्रति जति वास्ता राख्ने बाबु हुनुपर्ने थियो, त्यति हुनसकेको रहेनछु । त्रि्रो चाहना र आवश्यकताप्रति जति संवेदनशील हुनुपर्ने हो, त्यति हुनसकेको रहेनछु ।
अहिले तिमी ठूली भइसकेकी छौ । त्रि्रो कोठामा आजकल म अन्य 'बेस्ट सेलर' किताबहरूको साथमा खलिलज्रि्रानदेखि ओशोसम्मका, हर्ेमान हेस्सेदेखि स्कट पेकसम्मका किताबहरू छरिएको देख्छु । र, त्रि्रै उमेरका एक युवा इमेलमा प्रश्न गर्छन्, "हाम्रो देशमा किन विश्वविद्यालयस्तरमा दर्शनको औपचारिक पढाइ हुँदैन - दर्शनको बेवास्ता हुने देशमा कसरी सुसंस्कृत र गम्भीर उत्तरदायित्वबोध भएका नागरिकहरू हुन सक्छन् -" आज मलाई लाग्दैछ, अब म तिमीसँग त्यस्ता विषयहरूमा पनि कुरा गर्न सक्छु, जो कुनै बेला त्रि्रानिम्ति साँच्चै पट्याइलाग्दा हुन्थे ।
'गुरु' के हो - गुरुको स्थान मानिसको जीवनमा कस्तो हुनर्ुपर्छ जस्तो लाग्छ तिमीलाई - म कुनै खास विषय सिकाउने शिक्षक वा प्रशिक्षकको कुरा गरिरहेको छैन । त्यो गुरु, जो जीवनको मार्गदर्शक हुन्छ, जोसँगको सम्बन्धले मानिसहरूको जीवनमा उल्लेख्य परिवर्तन आउँछ, जसले यात्रामा महत्त्वपर्ूण्ा मोड ल्याउँछ... त्यस्तो गुरुको बारेमा सोच्दा तिमीलाई के लाग्छ -
हाम्रो समाजमा थुप्रै मानिसहरू देखिन्छन्- कोही कसैको तस्बिर भएको लकेट झुण्ड्याएर हिँड्छन् । कोही कसैको किताबलाई शिरोधार्य गर्छन् र त्यसैमा सम्पर्ूण्ा सत्य छ भन्छन्, कोही अरू नै कसैको प्रवचनको क्यासेट सुन्छन् र आफ्ना सबै प्रश्नको उत्तर त्यसैमा खोज्छन् । कतिपय गुरुका अनुयायीहरू अरू कसैका गुरुलाई दर्ुइ कौडीका ठान्दैनन् । हजारौँ, लाखौँ लाख मानिसलाई प्रभावित गर्न सक्ने, सम्पर्ूण्ा सत्य थाहा पाइसकेको दाबी गर्ने अनि मोक्ष र निर्वाण पाइसकेको ठानिएका गुरुहरू यति धेरै हुँदाहुँदै फेरि थप गुरुहरू किन र कसरी जन्मिरहेका छन् -
त्यस्ता गुरुहरूमध्ये तिमी कसैकी 'फ्यान' हो कि होइनौ, मलाई थाहा छैन । तर म भने कुनै एउटै गुरुको मात्र 'फ्यान', एउटै गुरुको अनुयायी, कहिल्यै हुन सकिनँ ।
गुरु भनेको मलाई एउटा झयाल जस्तो लाग्छ । सीमित ज्ञान र आग्रहको पर्खालभित्र बाँचिरहेको मानिसलाई झयालले पर्खाल बाहिरको धेरै ठूलो संसार देख्न सघाउँछ । त्यसैले मानिसको जीवनमा गुरुको भूमिका ज्यादै महत्त्वपर्ूण्ा हुन्छ । जसरी झयालको नजिक जाँदा दृश्यको दायरा फराकिलो हुँदै जान्छ, त्यसरी नै गुरुसँग नजिकिँदै जाँदा, गुरुका माध्यमबाट देख्न सकिने सत्यको दायरा फराकिलो हुन्छ ।
तर कुनै एउटा झयालबाट सम्पर्ूण्ा दुनियाँ देख्न सकिन्छ र - झयालको जतिसुकै नजिक पुगे पनि देखिने दृश्यको त सीमा हुन्छ नै ! पर्ूवबाट नदेखिने दृश्य हर्ेन दक्षिणतिर जानुपर्ला, त्यहाँबाट नदेखिने कुरा हर्ेन पश्चिम र उत्तरतिर लाग्नुपर्ला ... । मलाई त गुरुहरू पनि त्यस्तै लाग्छन् छोरी । कुनै एउटै गुरुको माध्यमबाट सम्पर्ूण्ा सत्य प्राप्त हुन्छ भन्ने भ्रममा पर्दा दर्ुघटना हुने सम्भावना रहन्छ । झयालको धेरै नजिक पुग्दा सिसा-खापामा टाँस्सिएका फोहोर देखिएजस्तै कुनै गुरुको अति नजिक जाँदा उनका मानवीय कमजोरीहरू देखिन सक्छन् । धेरै नजिक गयो भने काखी गन्हाउँछ भन्छन् नि ! हुन त गुरुका कमजोरी देख्नु आफैँमा नराम्रो हैन तर एकमात्र गुरुलाई कञ्चन, निर्मल, पर्ूण्ा देख्न उनलाई एकमात्र पूज्य आराध्य ठान्नेहरू र एउटै झयालबाट सबथोक हर्ेर्छर्ुुन्ने आशा लिएर झन्झन् गुरुको नजिक जानेहरू अन्त्यमा खर्ुर्मुरिएर लड्न सक्छन् । त्यस्ता कैयौँ घटनाहरू मैले सुनेको छु ।
गुरुहरू प्रति अनास्थाको शङ्खघोष गर्न खोजेको हैन मैले । गुरुहरू आदरणीय हुन्छन्, हुनर्ुपर्छ । गुरुहरू प्रिय र पूजनीय हुन्छन्, हुनर्ुपर्छ । तर ती झयालहरू हुन् । झयाल जत्तिकै महत्त्वपर्ूण्ा हुन् । त्यति मात्र हुन् । कुनै एउटै झयालबाट हेरेर सम्पर्ूण्ा दुनियाँ देखिँदैन । एउटै गुरुको माध्यमबाट मात्रै सम्पर्ूण्ा सत्य भेटिँदैन ।
हाम्रा पर्ूवजहरू जब एउटा नयाँ तथ्यबारे थाहा पाउँथे, त्यही नै हो ज्ञानको पराकाष्ठा भने झैँ गरी लामै समय ढुक्क हुनसक्थे । तर हामीलाई त्यो सुविधा प्राप्त छैन । नयाँ पुस्ताका लागि त म अझ ठूला चुनौतीहरू देख्छु । आज एकै समयमा ज्ञानप्राप्तिका लाखौँ यात्राहरू सँगसँगै जारी छन् । राति सुत्ने बेलामा 'बल्ल बुझेँ' भनेर तिमीहरू निदायौ भने बिहान उठ्ने बेलासम्ममा अर्कै सत्योद्घाटन भइसकेको हुन्छ । यस्तो बेला, जब समाज, जीव ब्रहृमाण्डको, परमाणु आदिको बारेमा झन्झन् नौलो आयामहरू देखापरिरहेका छन्, र मानिसले प्राप्त गर्ने ज्ञान सत्सङ्गको विषय मात्र नभएर प्रत्यक्ष जीवनमा अनुदित हुनुपर्ने आवश्यकता भएको छ- कसरी कुनै एउटा गुरुको 'फ्यान' भएर पुग्ला र - हो, सबैले सबै कुरा गर्नुपर्छ भन्ने छैन । आ-आफ्नो सीमाबारे सचेत व्यक्तिहरू नै त्यो सीमालाई फराकिलो पार्न पनि सक्षम हुन्छन् । सत्यप्राप्तिको यात्रामा विभिन्न प्रस्थानबिन्दुबाट शुरु भएका असङ्ख्य यात्रीका पंक्तिहरूबीच कसैले अरू कसैलाई तिरस्कार गर्दा आफ्नो सीमा झन् साँघुरिन्छ मात्रै । मलाई यस्तै लाग्छ ।
आफ्नो सीमाप्रति सचेत ती असङ्ख्य गुरुहरूलाई प्रणाम गर्दै-

- बुबा

drsdhital@wlink.com.np