हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

पर्वतारोहण

कसैको मधुमास, कसैको डेराबास

सगरमाथाको टुप्पोलाई विवाहमण्डप बनाई चर्चित बनेका मुनी-पेम मधुमासमा व्यस्त छन् । महिलाहरूमध्ये सबैभन्दा धेरैपटक सगरमाथा चढेको कर्ीर्तिमान बोकेकी लाक्पाले अमेरिकी 'ग्रीनकार्ड' स्वीकारेेकी छन् । संसारलाई 'चित' पार्दै विश्वकै अग्लो हिमशिखर सबैभन्दा धेरै १५ पटक उक्लिन सफल आप्पा शर्ेपाले जीवन गुजाराको विकल्प ठम्याउन सकिरहेका छैनन् ।

जेठको तेस्रो साता सर्वोच्च शिखर सगरमाथाको नाउँमा तीन वटा नयाँ कर्ीर्तिमान थपिए र संशोधित भए । राजधानीकी २३ वषर्ीया युवती मुनी मुलेपती सगरमाथा आरोहण गर्ने पहिलो गैर-शर्ेपा नेपाली महिला बनिन् भने २४ वषर्ीय पेमदोर्जी शर्ेपा र उनीबीच सगरमाथाको शिखरमै सम्पन्न विवाह नयाँ कर्ीर्तिमान बन्यो । संखुवासभा बालाखर्ककी लाक्पा शर्ेपाले र्सवाधिक महिला आरोहीको आफ्नै कर्ीर्तिमान तोड्दै पाँचौँपल्ट सगरमाथा उक्लिइन् । आप्पा शर्ेपाले पन्ध्रौँ पटक सगरमाथाको शिखरमा पाइला टेकेर आफ्नै रर्ेकर्ड सुधारेका छन् ।
आरोहणका कर्ीर्तिमान खोतल्दा गर्व, उत्साह र खुशीका प्रशस्तै सर्न्दर्भ र रमाइला घटना-परिघटना भेटिन्छन् । पटकपटक सगरमाथा चढेर विश्वसामु देशलाई चिनाउनेहरूमध्ये प्रायःको निजी जीवन भने सङ्कटपर्ूण्ा र अव्यवस्थित नै पाइन्छ ।

बचाउ आप्पालाई
१७ जेठको बिहान चुचुरो चुम्न सफल भएका थिए, आप्पा । सफल आरोहणपछि उनलाई स्वागत गर्न पत्नी र जेठो छोरा पनि ५,२०० मिटर उचाइमा रहेको आधारशिविर पुगेका थिए । "यसपालि धेरै हावा चल्यो । मौसम निकै खराब थियो", आप्पाले सुनाए ।
सन् १९९० देखि सगरमाथा आरोहण थालेका आप्पाको घर सोलुखुम्बु नाम्चे गाविसको थामे हो । श्रीमती उतै बस्छिन् । काठमाडौँ रहँदा बस्ने डेरा लिएका छन्, आप्पाले । गत वर्षएउटी छोरी खसिन् । स्वदेशी र विदेशी संस्थाको सहयोगमा दर्ुइ छोरा र एक छोरी काठमाडंौँमा पढ्छन् । जेठा छोराले प्लस टुको जाँच दिएका छन् भने कान्छो ९ र छोरी ५ कक्षामा पढ्दैछन् ।


आप्पा शेर्पा

चार कक्षासम्म पढेका आप्पा आरोहणपछिका सम्मान कार्यक्रमहरूमा सहभागी हुन अमेरिका, प|mान्स, जापान, चीन, मङ्गोलिया र जर्जियालगायतका देशमा पुगेका छन् । विश्वको सर्वोच्च शिखर एकपटक मात्रै चढ्न सक्नुलाई पनि ठूलो सफलता ठान्ने विदेशीहरूले र्सवाधिक १५ औँ पटक आरोहण गरेका व्यक्तिलाई भेट्दा त देउतै भेटेझैँ मान्छन् । अमेरिका र प|mान्समा त्यतै बस्न प्रस्ताव पनि राखिएकोे थियो आप्पालाई । "जन्मस्थान छोड्ने इच्छा छैन" भने उनले ।
एकै 'सिजन'मा दर्ुइ पटक आरोहण र र्सवाधिक समय चुचुरोमा बसेर कर्ीर्तिमान कायम गरेका बाबुछिरी शर्ेपाको ११ औँ आरोहण प्रयास गर्दा मृत्यु भएको थियो । आरोहणकै क्रममा अरू पनि चर्चित आरोहीले ज्यान गुमाएका छन् । त्यसैले नेपाली आरोहीलाई त्यस्तो जोखिमको उत्कर्षा पुग्न दिन नहुने जानकारहरू बताउँछन् । धेरैले प्रख्यात आरोही आप्पाको बारेमा अहिले त्यस्तै चिन्ता गर्छन् । 'आप्पाले जोखिमपर्ूण्ा आरोहण जीवनबाट विश्राम लिउन्' भन्ने चाहन्छन्, उनीहरू । तीमध्येका एक नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शर्ेपा भन्छन्, "नेपालीले राखेको कर्ीर्तिमान विदेशीलाई तोड्न त दिनुहुँदैन तर त्यो सम्भावना नभएकाले आप्पाले अब आरोहण छोड्नर्ुपर्छ ।"
आप्पाले आरोहण परित्याग गरेमा उनको कर्ीर्तिमान तोड्ने सम्भावित उनकै गाउँले छेवाङ निमा शर्ेपा हुनेछन् । उनले १३ पटक सगरमाथाको आरोहण गरिसकेका छन् । जानकारहरूका अनुसार, सगरमाथा आरोही दललाई सघाउनेहरूको पारिश्रमिक उनीहरूको अनुभव र ख्याति अनुसार एकदेखि दर्ुइ-तीन लाख रुपैयाँसम्म हुन्छ । आप्पाले चाहिँ आफ्नो कमाइ खुलाउन मानेनन् । हाँस्तै भने, "वर्षा एक 'सिजन' हुन्छ, त्यसैबाट वर्षरि धान्नर्ुपर्छ । आम्दानी नसोध के ! अरू सोध ।" रोजगार बनेको आरोहण परित्याग गर्न धेरैको सुझाव पाएका आप्पाले त्यसपछिको जीवन गुजाराको बाटो भने पहिल्याउन सकेका छैनन् ।
पत्नी याङ्दी शर्ेपाले समेत थप आरोहण नगर्न आप्पालाई सुझाएकी थिइन् तर उनले मानेनन् । यसपटक पनि आप्पा 'सगरमाथा बेसक्याम्पसम्म' मात्र भनेर गएका थिए । प्रतिकूल मौसमका कारण उनको आरोहण टोलीले बेसक्याम्पमा झण्डै डेढ महिना बितायो । र, त्यो प्रतिकूलतामा आरोहण दललाई शिखरमा पुर्याउनुलाई कर्तव्य ठानेर आप्पा त्यहाँबाट माथि उक्लिएका थिए ।
जीवन गुजाराको अर्को दह्रो विकल्प नहुँदासम्म उनलाई यस्ता कर्तव्य वा बाध्यताले पछ्याई नै रहने छन् । "पछिको कुरा अहिले नभन्ने," थप आरोहणबारेको जिज्ञासामा उनको यो जवाफमा पनि त्यही बाध्यता झल्किन्छ । सरकारले पर्वतारोहण दलसँग उनीजस्तै ख्याति कमाएका कर्ीर्तिधारी नेपाली आरोहीहरूलाई सर्म्पर्क अधिकृतको रूपमा पठाए त्यो एउटा विकल्प बन्न सक्छ । सरकारले पर्यटक बोलाउन 'देशमा शान्ति छ' भन्नुभन्दा आप्पाको आग्रह विदेशीको लागि विश्वसनीय हुने बताउँदै सगरमाथा आरोही संघका अध्यक्ष वाङ्चु शर्ेपा त पर्यटन मन्त्रालयमा कर्ीर्तिधारीहरूलाई सरकारले आरोहणविज्ञ वा सल्लाहकारको रूपमा राख्नुपर्ने बताउँछन् । तर, करोडौँको पर्वतारोहण व्यवसायमा जमेकाहरू पनि विश्व प्रख्यात पर्वतारोहीको संरक्षण गर्ने दायित्वबाट विमुख हुने ठाउँ छैन । बरु सम्बन्धित क्षेत्र भएकाले सरकार भन्दा त उनीहरूकै नैतिक कर्तव्य बढी हुन्छ ।

मधुमासमा व्यस्त आरोही
१५ जेठको रात ११ः४० बजे काठमाडौँकी नेवार समुदायकी चेली मुनी मुलेपती र उनका दर्ुइ सहकर्मी पेमदोर्जी शर्ेपा र कामी शर्ेपा झण्डै ८ हजार मिटरको उचाइमा रहेको सगरमाथाको अन्तिम क्याम्पबाट माथि उक्लिए । भोलिपल्ट बिहान ११ बजे चुचुरोमा पुगे । केही मिनेटको त्यहाँको बसाइमा मुनी र पेमले एक वर्षपुरानो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । 'म्यारिज स्पट'मा एक्लो दर्शक थिए कामी शर्ेपा, जो उनीहरूको प्रेमको नजिकका साक्षी थिए । चुचुरोमा सम्पन्न उक्त विवाह कर्ीर्तिमान बन्यो । यसअघि गैर-शर्ेपा नेपाली महिलाले सगरमाथा आरोहण गरेका थिएनन् ।


नवदम्पती पेम र मुनी

ब्याङ्ककबाट होटल व्यवस्थापनमा डिप्लोमा गरेकी मुनीको आरोहणसम्बन्धी एडभान्स ट्रेनिङका निम्ति डिसेम्बर २००३ मा लाङटाङ पुग्दा सोलु घर भई बालाजु बस्दै आएका पेमसँग भेट भएको थियो र त्यहीँबाट शुरु भएको थियो दर्ुइ बीच 'एडभान्स प|mेण्डसीप' । आफूहरूबीच 'चुचुरोमा पुगे त्यहीँ, नसके ओर्लिएर बिहे गर्ने सल्लाह पहिले नै भएको' मुनी बताउँछिन् । आरोहणको अभिलाषा पूरा गर्न प्रेम र प्रेमीको उपयोग गरेको टिप्पणीबारे मुनीको भनाइ छ "उहाँ -पेम) को ठाउँमा अरू भइदिएको भए पनि उत्तिकै सहयोग गर्नुहुन्थ्यो । किनकि सबै शर्ेपा दाजुहरू अति नै सहयोगी हुनुहुन्छ ।"
छोरीको शर्ेपासँगको गोप्य प्रेम सगरमाथाको चुचुरोबाट र्सार्वजनिक भएपछि मुनीको परिवार आर्श्चर्यमा पर्नु स्वाभाविक थियो । कतिपय त, 'अपवाद बन्ने गरी अन्तरजातीय विवाह गरेकीले उपत्यकाको नेवार समुदाय अप्रसन्न छ । त्यसैले मुनीको सफलताले पाउनुपर्ने जति स्वागत र हर्षढाइँ भएन' सम्म भन्छन् । मुनी स्वयंलाई त्यस्तो लागेको छैन । उनी भन्छिन्, "सोचेभन्दा बढी स्वागत र सम्मान पाएँ । भक्तपुरको सम्मान कार्यक्रममा नेवार समुदायका अगुवाहरू नै पेमलाई नयाँ ज्वाइँ भनेर रमाइलो गर्दैथिए । सबै खुशी छन् ।"
सोलुका पेम र राजधानीकी रैथाने मुनी अहिले कर्ीर्तिमानसँगै शुरु भएको नयाँ जीवनको मधुमासमा छन् । सञ्चारकर्मी र सम्मान तथा स्वागत गर्नेहरूलाई समय दिन उनीहरूलाई निकै गाह्रो भइरहेको छ । त्यस्ता 'पार्ट टाइम'को प्रबन्धकको भूमिका उनीहरू बीचको प्रेम-विवाहका एक्ला साक्षी कामी शर्ेपाले निर्वाह गरिरहेका छन् ।

क्षेत्री ठिटोको खोजीमा !
आप्पाभन्दा एक दिनपछि १८ जेठको बिहान ४ बजे तिब्बती मोहडाबाट सगरमाथा पुगेकी थिइन्, र्सवाधिक पटक सगरमाथा टुप्पोमा पुग्न सफल महिला आरोही लाक्पा शर्ेपा । उनको यो पाँचौँ आरोहण हो । दर्ुइ भारतीय र एक दक्षिण अप्रिmकी महिलाले दर्ुइ-दर्ुइ पटक गरेको आरोहण दोस्रो कर्ीर्तिमान हो । पहिलोपटक सन् २००० मा बाहेक अन्य चार पटक आरोहण गर्दा उनले तिब्बती बाटो नै रोजेकी थिइन् ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शर्ेपाका अनुसार, तिब्बती मार्ग सजिलो छ भने नेपालको तुलनामा अति न्यून राजस्वमा जान पाइन्छ । त्यो बाटोमा ६ हजार ६ सय मिटरमा रहेको एड्भान्स बेसक्याम्पसम्म याकले सामान ढुवानी गर्न सक्छ भने ५ हजार ३ सय मिटर उँचाइको बेसक्याम्पसम्म गाडी नै जान्छ । सगरमाथा आरोही संघका अध्यक्ष वाङ्चु शर्ेपा भन्छन्, "तर नेपाली शर्ेपाको सहयोग र असल व्यवहारले गर्दा अधिकांश विदेशी आरोहीले नेपाली बाटो नै रोज्छन् ।"

लाक्पा शर्पा

सन् २००३ मा लाक्पा, बहिनी मितिपा शर्ेपा र भाइ मिङ शर्ेपासँगै सगरमाथाको टुप्पोमा पुगेकी थिइन् । १५ वर्ष९ महिनाको उमेरमा चुचुरो पुग्ने मितिपा सबैभन्दा कान्छी आरोही हुन् । लाक्पाका आमाबाबु संखुवासभा बालाखर्कस्थित घरमा बस्छन् । तर आरोहणको संसारमा व्यस्त लाक्पा घर नगएको १० वर्षभइसक्यो । अधिकांश समय अमेरिकामै बस्ने उनले त्यहाँको 'ग्रीनकार्ड' पनि लिएकी छिन् । त्यसैले उनले पछिल्लो पटक सगरमाथाको चुचुरोमा नेपालका राजारानी र राजपरिवारसहित अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुस दम्पतीको तस्बिर पनि अंकित गरेर फर्किन् । "तर पनि म नेपाली नै हुँ । आफ्नो देश त कहिल्यै बिर्सिन्न" लाक्पाले भनिन् । उनले अमेरिकाको कोलोराडो र यदाकदा युरोपीयन मुलुकमा पनि माउन्टेन गाइड र प्रशिक्षकको रूपमा काम गर्छिन् ।
थप आरोहणको चाहना बोेकेकी लाक्पाको 'जागिरको सिलसिलामा कर्ीर्तिमान बढ्दैछ' भन्ने भनाइबाट उनले पनि देशभित्र अवसरको अभाव महसूस गरेको स्पष्ट हुन्छ । बिहेको प्रसङ्ग कोट्याउँदा ३० वषर्ीया लाक्पाले मुस्कुराउँदै भनिन्, "शर्ेपाले नेवार केटी बिहे गर्न थाले, अब म क्षेत्री केटालाई सगरमाथा चढाएर बिहे गर्छर्ुु
.

शरद के.सी

नवदम्पती पेम र मुनी
आप्पा शेपा
लाक्पा शर्ेपार