| राविन
साय् मि |
 |
मुहूर्त

भनेको/सुनेको
१६ भदौ -२०६१) को काठमाडौँ हुलदङ्गामा कुनै शक्ति केन्द्रले
यहाँको सेना, सशस्त्र जनपद प्रहरी लगायत तमाम सुरक्षा निकायलाई निष्त्रिmय
बनाइदिएको थियो । उनीहरू प्रधानमन्त्री र गृहमन्त्रीको आदेश मानिरहेका
थिएनन् ।
भरतमोहन अधिकारी, तत्कालीन उपप्रधानमन्त्री
१८ जेठ २०६२, जनआस्था साप्ताहिक
सबैतिरबाट प्रेस स्वतन्त्रताप्रति चासो देखाइएको मलाई
थाहा छ । तर, आतङ्कवादलाई बल पुग्ने समाचार तथा विचारहरू बाहेक अन्य
सबै प्रकारका समाचार/विचारहरू लेख्न र प्रसार गर्न मिडियाहरू स्वतन्त्र
छन् ।
मधुकर शमशेर जबरा, अर्थमन्त्री
२४ जेठ, ०६२ मा दाताहरू -लोकल डोनर्स फोरम)को बैठकमा ।
अङ्क
र अर्थ
४० हजार
माओवादी व्रि्रोहका कारण १० वर्षा विस्थापित नेपाली बाल-बालिकाको सङ्ख्या
।
आईएलओ
२७ अर्ब डलर
अमेरिकामा योग सिक्ने- सिकाउने व्यवसायको वाषिर्क कारोबार । त्यहाँ
योगका २३१५ वटा 'पेटेण्ट' वा 'ट्रेड मार्क' दर्ता भइसकेका छन्।
टीओआई
हिँड्दा-हिँड्दै

मीन बज्राचार्य |
हिमाल का पाठकहरूले पाँच वर्षेखि विज्ञान-विचार
स्तम्भमा पढ्दै र बुझदै आएका डा. तिर्थबहादुर
श्रेष्ठ लाई नेपालको प्राकृतिक सम्पदाको खोजी, संरक्षण र उपयोगका
पक्षमा अनवरत क्रियाशील रही योगदान गरेबापत विश्व वन्यजन्तु कोष -डब्लुडब्लुएफ)
नेपालले 'अब्राहम कन्जर्भेसन लाइफटाइम एचिभमेन्ट अवार्ड'बाट सम्मानित
गर्यो ।
तपाईँलाई 'लाइफटाइम अवार्ड' का रूपमा रु.७५ हजार सहितको सम्मान किन
दिइयो होला?
४०-४५ वर्षम्म नेपालको प्रकृति र प्राकृतिक सम्पदाको खोजी र संरक्षणमा
निरन्तर लागिपरेकोले होला । यसबाहेक, पछिल्लो समयमा मैले नयाँ ज्ञान
सिर्जना गर्ने भन्दा पनि प्राकृतिक सम्पदा सम्बन्धी भएकै ज्ञानलाई
सूचनामा परिणत गरेर व्यक्ति-व्यक्तिको चेतनासम्म पुर्याउने जुन काम
गरेँ, त्यसले नै दिलाएको जस्तो लाग्छ ।
पुरस्कार पाउँदा कस्तो लाग्यो?
ढाक्रे भइसकेको अवस्थामा पुरस्कार पाउँदा र सम्मानका शब्द सुन्दा पदमा
रहेको अवस्थामा भन्दा बढी सन्तोष लाग्दोरहेछ ।
तपाईँको कार्यक्षेत्र, नेपालको प्राकृतिक सम्पदाको स्थिति कस्तो छ
नि -
समग्र अवस्था प्रचार गरिए जति खराब छैन । सबै खत्तम भयो भन्ने प्रचार
विदेशी पैसा र्झार्न पनि गर्ने गरिन्छ । तर हाम्रो सम्पदाको राम्रो
खोजीनिती भने हुनसकेको छैन । हामीसँग के के छ भन्ने थाहा छ, तर कति
छ थाहा छैन । जडीबुटी, वनस्पति मात्र हैन वन जङ्गलमा कति दाउरा, काठ
छ र कति खेतबारीमा धान, मकै, आँप आदि फल्छ भन्ने परिमाण थाहा पाउने
प्रविधि समेत हामीसँग छैन ।
तैपनि प्राकृतिक सम्पदामा हामी धनी
चाहिँ छौँ, हैन?
धनी छौँ । तर कति धनी, त्यो थाहा छैन ।
त्यो थाहा पाउन
के गर्नुपर्छ ?w
हरेक जिल्लालाई आ-आफ्नो सम्पदाको र्सर्वेक्षण गर्न लगाएर राष्ट्रिय
आँकडा निकाल्नेतिर लाग्नर्ुपर्छ । सहयोग दिने दाताहरूले पनि जिल्लालाई
नै सहयोग दिनर्ुपर्छ ।
|