| खोज
- तलब पनि पेन्सन पनि
जो अगुवा, उही...
•
विमल गौतम

किरण पाण्डे
कानूनले स्पष्ट पाउने भनी उल्लेख नगरेको
अवस्थामा पारिश्रमिक र निवृत्तिभरण दुवै सुविधा लिन मिल्दैन ।
कृष्णलाल थकाली
मन्त्री सामान्य प्रशासन मन्त्रालय
|
सरकारी वा र्सार्वजनिक सेवाबाट पेन्सन पकाएर अवकाश पाएका
व्यक्तिहरू पुनः त्यस्तै पदमा नियुक्त भए भने उनीहरूले तलब र पेन्सन
दुवै लिन मिल्छ - सामान्य प्रशासन मन्त्रालय 'मिल्दैन' भन्छ तर दोहोरो
तलबभत्ता खाने 'ठूला-बडा' हरूले खाइरहेकै छन् ।
सामान्य प्रशासन मन्त्रालयले सरकारी सेवाबाट अवकाश लिई पेन्सन पाइरहेका
व्यक्तिहरू पुनः सरकारी सेवा वा र्सार्वजनिक लाभको पदमा नियुक्त भएमा
तिनले पेन्सन र तलब दुवै सुविधा लिन नपाउने भनी सात महिनाअघि गरेको
निर्ण्र्ााो परिपत्र -हे.पत्र, पृ.१४ मा) अहिले पनि धेरै सरकारी निकायको
रर्ेकर्डमा होला । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख
आयुक्त र्सर्ूयनाथ उपाध्याय बाहेक मन्त्रिपरिषद, संवैधानिक निकाय र
अन्य र्सार्वजनिक पदमा नियुक्ति पाएका सबै सरकारी अधिकारीहरूले सो
निर्ण्र्ााविपरीत दोहोरो सुविधा लिइरहेका छन् ।
सरकारी कार्यालयहरूमा हुने खर्च नियमित भए नभएको जाँच्ने महालेखा परीक्षकको
विभागका प्रमुख गेहेन्द्रनाथ अधिकारी आफैँ दोहोरो सुविधा लिनेमध्ये
पर्दछन् । सरकारको निर्ण्र्ाााई अवज्ञा गर्दै यस्तो सुविधा लिनेमा
पर्ूव सचिव तथा वर्तमान गृहमन्त्री दानबहादुर शाही र पर्ूव उपसचिव
तथा श्रम मन्त्री रामनारायण सिंह समेत छन् । सरकारी निर्ण्र्ााअनुसार
गृहमन्त्री शाहीले मन्त्री भएबापत घरभाडा, यातायात, टेलिफोन, पत्रपत्रिका
खर्चबाहेक मासिक रु.१८ हजार मात्रै लिन मिल्छ, तर उनी प्रत्येक महिना
तलब र पेन्सन गरेर करीब रु.२६ हजार बुझछन् । पर्ूव मुख्यसचिव तथा लोकसेवा
आयोगका अध्यक्ष तर्ीथमान शाक्य प्रत्येक महिना करीब रु.९ हजार पेन्सन
र रु.१६ हजार तलब खान्छन् । यस्तै स्थिति पर्ूव सचिव तथा राजपरिषद्
सचिव मदनप्रसाद अर्यालको पनि छ ।
सेवानिवृत्त कर्मचारीहरूले आफूलाई पायक पर्ने ब्याङ्कबाट प्रत्येक
महिना पेन्सन बुझछन् । पेन्सन रकम, सेवा अवधि र अवकाश लिने वेलाको
तलब स्केल अनुसार निर्धारण हुन्छ र सचिवबाट अवकाश पाउनेहरूले कम्तीमा
मासिक रु.७ हजार प्राप्त गर्दछन् । सरकारी ओहोदामा पुनः नियुक्ति पाउने
पदाधिकारीहरूको सेवा, शर्त र सुविधा सरकारले नै निर्धारण गरेको हुन्छ
। जस अनुसार, संवैधानिक अङ्गका प्रमुखको तलब रु.१६ हजार हुन्छ भने
सदस्यहरूको रु.१५ हजार । तोकिएको तलब बाहेक उनीहरूले काठमाडौँमा घर
रहेनछ भने घरभाडा, गाडी नभए गाडी सुविधा र मासिक एक सय लिटर तेल पाउँछन्
। त्यसबाहेक मर्मत खर्चबापत महिनाको करीब रु.१५ सय दिइन्छ ।
पाँच वर्षघि आफूले दोहोरो सुविधा नलिने घोषणा गरेका अख्तियार दुरुपयोग
अनुसन्धान आयोगका प्रमुख आयुक्त र्सर्ूयनाथ उपाध्याय मात्रै यो मामिलामा
चोखो छन्, तर उनकै आयोगका तीन आयुक्त दोहोरो सुविधा लिइरहेका छन् ।
त्यस्तै, अहिले लोकसेवा आयोगका अध्यक्षसहित ६ सदस्य, निर्वाचन आयोगका
प्रमुख आयुक्त केशवराज राजभण्डारीसहित तीन आयुक्त, कानुन सुधार आयोगका
उपाध्यक्ष उदय नेपाली श्रेष्ठ र सदस्यका साथै करीब डेढ दर्जन निकायका
साढेदर्ुइ दर्जन भन्दा बढी पदाधिकारीले सरकारी निर्ण्र्ाावपरीत दोहोरो
सुविधा लिइरहेका छन् ।-हे.बक्स)

तस्बिरहरूः मीन बज्राचार्य
म चाहिँ (पेन्सन र तलब दुवै)
छोड्नेवाला छैन । ऐनले पाइँदैन नभनेसम्म खान्छु ।
गेहेन्द्रनाथ अधिकारी
महालेखा परीषक |
यिनले सरकारको निर्ण्र्ाााई नमानेका मात्र होइन, चुनौती समेत दिएका
छन् । महालेखा परीक्षक गेहेन्द्रनाथ अधिकारी भन्छन्, "र्सर्ूयनाथजी
बाहेक सबैले खाइरहेका छन् । म पनि खाइरहेको छु । मुलुकमा करोडौँ रुपैयाँ
खेर गइरहेकोमा वास्ता छैन । लोकप्रियताका लागि पेन्सन र तलब बुझनेले
केही लाख लिएको कुरालाई उछालिँदैछ । तर म चाहिँ छोड्नेवाला छैन । म
कसैको लहैलहैमा लागेर बहकिने व्यक्ति होइन । ऐनले पाइँदैन नभनेसम्म
खान्छु ।" सुविधा लिनेहरूको तर्क छ- सामान्य प्रशासन मन्त्रालयको
परिपत्रले ऐनलाई काट्न सक्दैन । निजामती सेवा ऐन २०४९ र संवैधानिक
निकायका पदाधिकारीको सेवा, शर्त तथा पारिश्रमिक सम्बन्धी ऐन २०५३ मा
पेन्सन र तलब दुवै लिन पाउने/नपाउनेबारे केही भनिएको छैन । कानुनले
नलिनु नभनेकोले लिन पाइन्छ ।
२०४८ सालसम्म लागू भएको ०१३ सालको पहिलो निजामती सेवा ऐनले दोहोरो
सुविधा लिन नपाउने व्यवस्था गरेको थियो । उक्त ऐनमा, "निजामती
सेवाबाट निवृत्त भएको कुनै पदाधिकारी श्री ५ को सरकारको वा सरकारी
स्वामित्व भएको सरकारी, अर्धसरकारी वा जुनसुकै क्षेत्रमा नियुक्त भई
गएमा उसले त्यस्तो पदको तलब सुविधा पाएसम्म निवृत्तिभरण लिन मिल्दैन"
भनिएको थियो । पछि २०४९ सालमा बनेको नयाँ निजामती सेवा ऐनमा दोहोरो
सुविधा लिन नपाउने भन्ने व्यवस्था हटाइयो । सो व्यवस्था हटाउनुको अर्थ
कानूनी रूपमै सुविधा लिन पाइन्छ भन्ने पुनः नियुक्त अधिकारीहरूको दाबी
छ भने दोहोरो सुविधा पाइने उल्लेख पनि नभएकोले मन्त्रालयले नपाउने
निर्ण्र्ाागर्न सक्छ भन्ने सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूको
तर्क छ ।
प्रशासन सेवाको सामान्य सिद्धान्तले दोहोरो सुविधा लिन दिँदैन । विज्ञहरू
भन्छन्, संसारमा कहिल्यै पनि यस्तो दोहोरो सुविधा हुन्न तर न्युन तलब
सुविधा दिइने कारणले हाम्रो सर्न्दर्भमा अन्यत्रको उदाहरण जस्ताको
तस्तै लागू नहुन सक्छ । तर, सरकारले नै नदिने भनेर निर्ण्र्ाागरिसकेपछि
पनि लिन्छु लिन्छु भन्नु मर्यादा सुहाउँदो कुरा होइन । पर्ूव प्रशासक
द्वारिकानाथ ढुङ्गेलका भनाइमा, "यो नैतिक समस्या हो यसको समाधान
गर्न अब कानुन नै संशोधन हुनु आवश्यक छ ।"
|
|
|
|
सामान्य
प्रशासन मन्त्रालयले लिन नमिल्ने भने पनि गृहमन्त्री शाही -पर्ूव
सचिव), श्रममन्त्री सिंह -पर्ूव उप-सचिव), लोकसेवा आयोगका अध्यक्ष
शाक्य -पर्ूव मुख्य सचिव), मानवअधिकार आयोगका अध्यक्ष नयनबहादुर
खत्री -पर्ूव प्रधानन्यायाधीश) लगायतले दोहोरो सुविधा लिइरहेका
छन् । |
सामान्य प्रशासन मन्त्रालय र विभिन्न निकायबीच अहिले यही विषयलाई
लिएर पत्रयुद्ध चलिरहेको छ । राष्ट्रिय योजना आयोगका सदस्य शम्भुशरण
कायस्थको तलबबाट पेन्सन रकम कट्टा गरिएपछि उनले गएको मङ्सिरमा विरोध
गरेर सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाए । आफ्नो निर्ण्र्ाावरुद्ध
चुनौती आउन थालेपछि मन्त्रालयले ल्याउन लागेको निजामती सेवा ऐन संशोधन
अध्यादेशको दफा ३७ मा दोहोरो सुविधा लिन नपाउने किटान व्यवस्था प्रस्ताव
गरेको छ, जसमा भनिएको छ- "सरकारी सेवाबाट अवकाश भई निवृत्तिभरण
पाइरहेको व्यक्ति संवैधानिक निकाय वा श्री ५ को सरकार वा सरकारको पर्ूण्ा
वा आंशिक स्वामित्व भएको संस्था वा श्री ५ को सरकारबाट प्राप्त अनुदानबाट
सञ्चालन भएको कुनै सङ्गठित संस्थामा पारिश्रमिक पाउने गरी नियुक्ति
भएमा निज त्यस्तो संस्थामा वहाल रहेसम्म निजले पाउने निवृत्तिभरण कट्टा
गरी पारिश्रमिक भुक्तानी गरिनेछ ।"
 |
तलब र पेन्सन दुवै खाइरहेका अधिकारीहरू मन्त्रालयको निर्ण्र्ाार कानून
संशोधन प्रयासबाट असन्तुष्ट छन् । कानुन सुधार आयोगका सदस्य विनोदकुमार
देवकोटा भन्छन्, "निजामती सेवा ऐनले दोहोरो नखानु, नलिनु भनेको
छ र नखाने - हामीले दोहोरो खाएका पनि होइनौँ । पहिला गरेको कामको पुरस्कार
स्वरुप पेन्सन पाएका हौँ । एउटा सचिव वा मन्त्रीले निर्ण्र्ाागरेर
अन्यथा भन्न मिल्दैन ।" सोही आयोगका उपाध्यक्ष उदय नेपाली श्रेष्ठ
पनि मन्त्रालयको निर्ण्र्ााँग सहमत छैनन् । श्रेष्ठ भन्छन्, "हामीहरूको
हैसियत नै दोहोरो छ अहिले । पेन्सन पुरानो काम गरेबापत लिने हो तलब
अहिले सेवा गरेबापत ।" लोकसेवा आयोगका अध्यक्ष तर्ीथमान शाक्य
थप्छन्, "कानुनले केही नभन्ने, निर्ण्र्ाागरेर पाइँदैन भन्ने
- मैले कुरा बुझेको छैन ।"
तर उच्च पदस्थ सरकारी अधिकारीले दोहोरो सुविधा लिनुहुन्न भन्ने मत
बलियो छ । अवकाश प्राप्त पर्ूवसचिव श्रीकान्त रेग्मी दोहोरो सुविधा
लिनु कानुनी भन्दा पनि नैतिकताको दृष्टिकोणले अनुचित ठान्छन् । उनी
भन्छन्, "आफ्नो निजी काम होइन त्यो, सरकारी ओहोदामा पुनः नियुक्ति
पाएपछि पेन्सन पनि लिनु तलब पनि लिनु नैतिक रूपमा मिल्दो काम होइन
। प्रायः पुनः नियुक्ति पाउने ठूला व्यक्तिले नै मार्गदर्शन दिने र
पद्धति बसाउने काम गर्नुपर्छ । उनीहरूले नै कर्तव्य बिर्सने हो भने
अरूलाई के भन्ने ?"
दोहोरो सुविधा विवाद २०६१ साउनमा वीर अस्पतालको लेखा शाखाले राष्ट्रिय
चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका अध्यक्ष डा. दिनेशनाथ गंगोल
र निर्देशक डा. दिव्यश्री मल्लको तलबबाट पेन्सन कट्टा गरेर पारिश्रमिक
दिन खोजेपछि शुरु भएको हो । त्यतिबेला वीर अस्पतालले दोहोरो सुविधा
दिन मिल्ने कि नमिल्ने भनेर महालेखा नियन्त्रकलाई र महालेखाले सामान्य
प्रशासन मन्त्रालयलाई सोधेपछि १८ कात्तिक २०६१ मा सामान्य प्रशासन
मन्त्री कृष्णलाल थकालीको मन्त्रीस्तरीय निर्ण्र्ाााट दोहोरो सुविधा
लिन नपाउने परिपत्र गरिएको हो । तर, त्यसको ६ महिना नाघिसक्दा पनि
त्यो निर्ण्र्ााो पालना भएको छैन । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता
श्यामप्रसाद मैनाली भन्छन्, "हाम्रो निर्ण्र्ााकार्यान्वयन नभएको
सुनेका छौँ । फेरि परिपत्र गर्ने तयारीमा छौँ । निर्ण्र्ाानमान्नेलाई
कारबाही गर्न सरकार बाध्य हुनेछ ।"
तर, त्यसरी कारबाही गरिनुपर्ने सूचीको पहिलो हरफमा आफैँलाई 'सरकार'
ठान्ने गृहमन्त्रीदेखि संवैधानिक निकायका प्रमुखहरू नै पर्छन् ।
एउटा
हातमा तलब, अर्कोमा पेन्सन |
| नाम |
हालको पद |
तलब (रु.) |
पेन्सन (रु.) |
| दानबहादुर शाही |
गृहमन्त्री |
१८ हजार |
करीब ८ हजार |
| रामनारायण सिंह |
श्रममन्त्री |
१८ हजार |
करीब ५ हजार |
| मदनप्रसाद अर्याल |
राजपरिषद् सचिव |
१४ हजार |
करीब ८ हजार |
| गेहेन्द्रनाथ अधिकारी |
महालेखा परीक्षक |
१६ हजार |
करीब ८ हजार |
| केशवराज राजभण्डारी |
प्रमुख निर्वाचन आयुक्त |
१६ हजार |
करीब ११ हजार |
| डमरुबल्लभ भट्टर्राई |
निर्वाचन आयुक्त |
१५ हजार |
करीब ९ हजार |
| जयराम सिंह बोहोरा |
निर्वाचन आयुक्त |
१५ हजार |
करीब १२ हजार |
| दिलबहादुर कार्की |
निर्वाचन आयुक्त |
१५ हजार |
करीब ७ हजार |
| तर्ीथमान शाक्य |
लोकसेवा अध्यक्ष |
१६ हजार |
करीब ९ हजार |
| भीमदेव भट्ट |
लोकसेवा सदस्य |
१५ हजार |
करीब ११ हजार |
| गणेशमान गुरुङ्ग |
लोकसेवा सदस्य |
१५ हजार |
करीब ७ हजार |
| उर्मिला श्रेष्ठ |
लोकसेवा सदस्य |
१५ हजार |
करीब ८ हजार |
| विजया केसी |
लोकसेवा सदस्य |
१५ हजार |
करीब ८ हजार |
| श्रीकृष्ण यादव |
लोकसेवा सदस्य |
१५ हजार |
करीब ९ हजार |
| भीमबहादुर अधिकारी |
सचिव, बेरुजु फछ्र्यौट |
१४ हजार |
करीब १० हजार |
| शम्भुशरण कायस्थ |
सदस्य, रा.यो.आ. |
१५ हजार |
करीब १० हजार |
| अर्जुनमणि दीक्षित |
निर्देशक, स्टाफ कलेज |
१४ हजार |
करीब ७५०० |
| ललितबहादुर लिम्बु |
अख्तियार आयुक्त |
१५ हजार |
करीब ७ हजार |
| इन्द्रकुमार श्रेष्ठ |
अख्तियार आयुक्त |
१५ हजार |
९ हजार |
| वासुदेव लामिछाने |
अख्तियार आयुक्त |
१५ हजार |
करीब ७ हजार |
| विदुरप्रसाद उपाध्याय |
अध्यक्ष, त्रिवि अनुदान आयोग |
१६ हजार |
करीब ८ हजार |
| उदयराज सोती |
अध्यक्ष शिक्षा आयोग |
१६ हजार |
करीब ८ हजार |
| खगेन्द्र बस्नेत |
कार्यकारी अध्यक्ष, जचुका |
१६ हजार |
करीब ७,५०० |
| जनकलाल कर्माचार्य |
प्रबन्धनिर्देशक, विद्युत् प्राधिकरण |
१६ हजार |
करीब ८ हजार |
| वासुदेव त्रिपाठी |
उप-कुलपति, प्रज्ञा-प्रतिष्ठान |
१६ हजार |
करीब ११ हजार |
| उदय नेपाली श्रेष्ठ |
उपाध्यक्ष, कानुन सुधार आयोग |
१६ हजार |
करीब ८ हजार |
| विनोदकुमार देवकोटा |
सदस्य, कानुन सुधार आयोग |
१५ हजार |
करीब ७ हजार |
| नयनबहादुर खत्री |
अध्यक्ष, मानवअधिकार आयोग |
१६ हजार |
करीब १० हजार |
| सुरेशमान श्रेष्ठ |
अध्यक्ष प्रशासकीय अदालत |
१६ हजार |
करीब १० हजार |
| श्यामकृष्ण कसजु |
न्यायाधीश प्रशासकीय अदालत |
१५ हजार |
करीब ७५०० |
|