हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खोज - तलब पनि पेन्सन पनि

जो अगुवा, उही...

विमल गौतम


किरण पाण्डे
कानूनले स्पष्ट पाउने भनी उल्लेख नगरेको अवस्थामा पारिश्रमिक र निवृत्तिभरण दुवै सुविधा लिन मिल्दैन ।
कृष्णलाल थकाली
मन्त्री सामान्य प्रशासन मन्त्रालय

सरकारी वा र्सार्वजनिक सेवाबाट पेन्सन पकाएर अवकाश पाएका व्यक्तिहरू पुनः त्यस्तै पदमा नियुक्त भए भने उनीहरूले तलब र पेन्सन दुवै लिन मिल्छ - सामान्य प्रशासन मन्त्रालय 'मिल्दैन' भन्छ तर दोहोरो तलबभत्ता खाने 'ठूला-बडा' हरूले खाइरहेकै छन् ।

सामान्य प्रशासन मन्त्रालयले सरकारी सेवाबाट अवकाश लिई पेन्सन पाइरहेका व्यक्तिहरू पुनः सरकारी सेवा वा र्सार्वजनिक लाभको पदमा नियुक्त भएमा तिनले पेन्सन र तलब दुवै सुविधा लिन नपाउने भनी सात महिनाअघि गरेको निर्ण्र्ााो परिपत्र -हे.पत्र, पृ.१४ मा) अहिले पनि धेरै सरकारी निकायको रर्ेकर्डमा होला । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र्सर्ूयनाथ उपाध्याय बाहेक मन्त्रिपरिषद, संवैधानिक निकाय र अन्य र्सार्वजनिक पदमा नियुक्ति पाएका सबै सरकारी अधिकारीहरूले सो निर्ण्र्ााविपरीत दोहोरो सुविधा लिइरहेका छन् ।
सरकारी कार्यालयहरूमा हुने खर्च नियमित भए नभएको जाँच्ने महालेखा परीक्षकको विभागका प्रमुख गेहेन्द्रनाथ अधिकारी आफैँ दोहोरो सुविधा लिनेमध्ये पर्दछन् । सरकारको निर्ण्र्ाााई अवज्ञा गर्दै यस्तो सुविधा लिनेमा पर्ूव सचिव तथा वर्तमान गृहमन्त्री दानबहादुर शाही र पर्ूव उपसचिव तथा श्रम मन्त्री रामनारायण सिंह समेत छन् । सरकारी निर्ण्र्ााअनुसार गृहमन्त्री शाहीले मन्त्री भएबापत घरभाडा, यातायात, टेलिफोन, पत्रपत्रिका खर्चबाहेक मासिक रु.१८ हजार मात्रै लिन मिल्छ, तर उनी प्रत्येक महिना तलब र पेन्सन गरेर करीब रु.२६ हजार बुझछन् । पर्ूव मुख्यसचिव तथा लोकसेवा आयोगका अध्यक्ष तर्ीथमान शाक्य प्रत्येक महिना करीब रु.९ हजार पेन्सन र रु.१६ हजार तलब खान्छन् । यस्तै स्थिति पर्ूव सचिव तथा राजपरिषद् सचिव मदनप्रसाद अर्यालको पनि छ ।
सेवानिवृत्त कर्मचारीहरूले आफूलाई पायक पर्ने ब्याङ्कबाट प्रत्येक महिना पेन्सन बुझछन् । पेन्सन रकम, सेवा अवधि र अवकाश लिने वेलाको तलब स्केल अनुसार निर्धारण हुन्छ र सचिवबाट अवकाश पाउनेहरूले कम्तीमा मासिक रु.७ हजार प्राप्त गर्दछन् । सरकारी ओहोदामा पुनः नियुक्ति पाउने पदाधिकारीहरूको सेवा, शर्त र सुविधा सरकारले नै निर्धारण गरेको हुन्छ । जस अनुसार, संवैधानिक अङ्गका प्रमुखको तलब रु.१६ हजार हुन्छ भने सदस्यहरूको रु.१५ हजार । तोकिएको तलब बाहेक उनीहरूले काठमाडौँमा घर रहेनछ भने घरभाडा, गाडी नभए गाडी सुविधा र मासिक एक सय लिटर तेल पाउँछन् । त्यसबाहेक मर्मत खर्चबापत महिनाको करीब रु.१५ सय दिइन्छ ।

पाँच वर्षघि आफूले दोहोरो सुविधा नलिने घोषणा गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र्सर्ूयनाथ उपाध्याय मात्रै यो मामिलामा चोखो छन्, तर उनकै आयोगका तीन आयुक्त दोहोरो सुविधा लिइरहेका छन् । त्यस्तै, अहिले लोकसेवा आयोगका अध्यक्षसहित ६ सदस्य, निर्वाचन आयोगका प्रमुख आयुक्त केशवराज राजभण्डारीसहित तीन आयुक्त, कानुन सुधार आयोगका उपाध्यक्ष उदय नेपाली श्रेष्ठ र सदस्यका साथै करीब डेढ दर्जन निकायका साढेदर्ुइ दर्जन भन्दा बढी पदाधिकारीले सरकारी निर्ण्र्ाावपरीत दोहोरो सुविधा लिइरहेका छन् ।-हे.बक्स)


तस्बिरहरूः मीन बज्राचार्य
म चाहिँ (पेन्सन र तलब दुवै)
छोड्नेवाला छैन । ऐनले पाइँदैन नभनेसम्म खान्छु ।
गेहेन्द्रनाथ अधिकारी
महालेखा परीषक

यिनले सरकारको निर्ण्र्ाााई नमानेका मात्र होइन, चुनौती समेत दिएका छन् । महालेखा परीक्षक गेहेन्द्रनाथ अधिकारी भन्छन्, "र्सर्ूयनाथजी बाहेक सबैले खाइरहेका छन् । म पनि खाइरहेको छु । मुलुकमा करोडौँ रुपैयाँ खेर गइरहेकोमा वास्ता छैन । लोकप्रियताका लागि पेन्सन र तलब बुझनेले केही लाख लिएको कुरालाई उछालिँदैछ । तर म चाहिँ छोड्नेवाला छैन । म कसैको लहैलहैमा लागेर बहकिने व्यक्ति होइन । ऐनले पाइँदैन नभनेसम्म खान्छु ।" सुविधा लिनेहरूको तर्क छ- सामान्य प्रशासन मन्त्रालयको परिपत्रले ऐनलाई काट्न सक्दैन । निजामती सेवा ऐन २०४९ र संवैधानिक निकायका पदाधिकारीको सेवा, शर्त तथा पारिश्रमिक सम्बन्धी ऐन २०५३ मा पेन्सन र तलब दुवै लिन पाउने/नपाउनेबारे केही भनिएको छैन । कानुनले नलिनु नभनेकोले लिन पाइन्छ ।

२०४८ सालसम्म लागू भएको ०१३ सालको पहिलो निजामती सेवा ऐनले दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरेको थियो । उक्त ऐनमा, "निजामती सेवाबाट निवृत्त भएको कुनै पदाधिकारी श्री ५ को सरकारको वा सरकारी स्वामित्व भएको सरकारी, अर्धसरकारी वा जुनसुकै क्षेत्रमा नियुक्त भई गएमा उसले त्यस्तो पदको तलब सुविधा पाएसम्म निवृत्तिभरण लिन मिल्दैन" भनिएको थियो । पछि २०४९ सालमा बनेको नयाँ निजामती सेवा ऐनमा दोहोरो सुविधा लिन नपाउने भन्ने व्यवस्था हटाइयो । सो व्यवस्था हटाउनुको अर्थ कानूनी रूपमै सुविधा लिन पाइन्छ भन्ने पुनः नियुक्त अधिकारीहरूको दाबी छ भने दोहोरो सुविधा पाइने उल्लेख पनि नभएकोले मन्त्रालयले नपाउने निर्ण्र्ाागर्न सक्छ भन्ने सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूको तर्क छ ।

प्रशासन सेवाको सामान्य सिद्धान्तले दोहोरो सुविधा लिन दिँदैन । विज्ञहरू भन्छन्, संसारमा कहिल्यै पनि यस्तो दोहोरो सुविधा हुन्न तर न्युन तलब सुविधा दिइने कारणले हाम्रो सर्न्दर्भमा अन्यत्रको उदाहरण जस्ताको तस्तै लागू नहुन सक्छ । तर, सरकारले नै नदिने भनेर निर्ण्र्ाागरिसकेपछि पनि लिन्छु लिन्छु भन्नु मर्यादा सुहाउँदो कुरा होइन । पर्ूव प्रशासक द्वारिकानाथ ढुङ्गेलका भनाइमा, "यो नैतिक समस्या हो यसको समाधान गर्न अब कानुन नै संशोधन हुनु आवश्यक छ ।"

सामान्य प्रशासन मन्त्रालयले लिन नमिल्ने भने पनि गृहमन्त्री शाही -पर्ूव सचिव), श्रममन्त्री सिंह -पर्ूव उप-सचिव), लोकसेवा आयोगका अध्यक्ष शाक्य -पर्ूव मुख्य सचिव), मानवअधिकार आयोगका अध्यक्ष नयनबहादुर खत्री -पर्ूव प्रधानन्यायाधीश) लगायतले दोहोरो सुविधा लिइरहेका छन् ।

सामान्य प्रशासन मन्त्रालय र विभिन्न निकायबीच अहिले यही विषयलाई लिएर पत्रयुद्ध चलिरहेको छ । राष्ट्रिय योजना आयोगका सदस्य शम्भुशरण कायस्थको तलबबाट पेन्सन रकम कट्टा गरिएपछि उनले गएको मङ्सिरमा विरोध गरेर सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाए । आफ्नो निर्ण्र्ाावरुद्ध चुनौती आउन थालेपछि मन्त्रालयले ल्याउन लागेको निजामती सेवा ऐन संशोधन अध्यादेशको दफा ३७ मा दोहोरो सुविधा लिन नपाउने किटान व्यवस्था प्रस्ताव गरेको छ, जसमा भनिएको छ- "सरकारी सेवाबाट अवकाश भई निवृत्तिभरण पाइरहेको व्यक्ति संवैधानिक निकाय वा श्री ५ को सरकार वा सरकारको पर्ूण्ा वा आंशिक स्वामित्व भएको संस्था वा श्री ५ को सरकारबाट प्राप्त अनुदानबाट सञ्चालन भएको कुनै सङ्गठित संस्थामा पारिश्रमिक पाउने गरी नियुक्ति भएमा निज त्यस्तो संस्थामा वहाल रहेसम्म निजले पाउने निवृत्तिभरण कट्टा गरी पारिश्रमिक भुक्तानी गरिनेछ ।"

तलब र पेन्सन दुवै खाइरहेका अधिकारीहरू मन्त्रालयको निर्ण्र्ाार कानून संशोधन प्रयासबाट असन्तुष्ट छन् । कानुन सुधार आयोगका सदस्य विनोदकुमार देवकोटा भन्छन्, "निजामती सेवा ऐनले दोहोरो नखानु, नलिनु भनेको छ र नखाने - हामीले दोहोरो खाएका पनि होइनौँ । पहिला गरेको कामको पुरस्कार स्वरुप पेन्सन पाएका हौँ । एउटा सचिव वा मन्त्रीले निर्ण्र्ाागरेर अन्यथा भन्न मिल्दैन ।" सोही आयोगका उपाध्यक्ष उदय नेपाली श्रेष्ठ पनि मन्त्रालयको निर्ण्र्ााँग सहमत छैनन् । श्रेष्ठ भन्छन्, "हामीहरूको हैसियत नै दोहोरो छ अहिले । पेन्सन पुरानो काम गरेबापत लिने हो तलब अहिले सेवा गरेबापत ।" लोकसेवा आयोगका अध्यक्ष तर्ीथमान शाक्य थप्छन्, "कानुनले केही नभन्ने, निर्ण्र्ाागरेर पाइँदैन भन्ने - मैले कुरा बुझेको छैन ।"

तर उच्च पदस्थ सरकारी अधिकारीले दोहोरो सुविधा लिनुहुन्न भन्ने मत बलियो छ । अवकाश प्राप्त पर्ूवसचिव श्रीकान्त रेग्मी दोहोरो सुविधा लिनु कानुनी भन्दा पनि नैतिकताको दृष्टिकोणले अनुचित ठान्छन् । उनी भन्छन्, "आफ्नो निजी काम होइन त्यो, सरकारी ओहोदामा पुनः नियुक्ति पाएपछि पेन्सन पनि लिनु तलब पनि लिनु नैतिक रूपमा मिल्दो काम होइन । प्रायः पुनः नियुक्ति पाउने ठूला व्यक्तिले नै मार्गदर्शन दिने र पद्धति बसाउने काम गर्नुपर्छ । उनीहरूले नै कर्तव्य बिर्सने हो भने अरूलाई के भन्ने ?"

दोहोरो सुविधा विवाद २०६१ साउनमा वीर अस्पतालको लेखा शाखाले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका अध्यक्ष डा. दिनेशनाथ गंगोल र निर्देशक डा. दिव्यश्री मल्लको तलबबाट पेन्सन कट्टा गरेर पारिश्रमिक दिन खोजेपछि शुरु भएको हो । त्यतिबेला वीर अस्पतालले दोहोरो सुविधा दिन मिल्ने कि नमिल्ने भनेर महालेखा नियन्त्रकलाई र महालेखाले सामान्य प्रशासन मन्त्रालयलाई सोधेपछि १८ कात्तिक २०६१ मा सामान्य प्रशासन मन्त्री कृष्णलाल थकालीको मन्त्रीस्तरीय निर्ण्र्ाााट दोहोरो सुविधा लिन नपाउने परिपत्र गरिएको हो । तर, त्यसको ६ महिना नाघिसक्दा पनि त्यो निर्ण्र्ााो पालना भएको छैन । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता श्यामप्रसाद मैनाली भन्छन्, "हाम्रो निर्ण्र्ााकार्यान्वयन नभएको सुनेका छौँ । फेरि परिपत्र गर्ने तयारीमा छौँ । निर्ण्र्ाानमान्नेलाई कारबाही गर्न सरकार बाध्य हुनेछ ।"

तर, त्यसरी कारबाही गरिनुपर्ने सूचीको पहिलो हरफमा आफैँलाई 'सरकार' ठान्ने गृहमन्त्रीदेखि संवैधानिक निकायका प्रमुखहरू नै पर्छन् ।

एउटा हातमा तलब, अर्कोमा पेन्सन
नाम हालको पद तलब (रु.) पेन्सन (रु.)
दानबहादुर शाही गृहमन्त्री १८ हजार करीब ८ हजार
रामनारायण सिंह श्रममन्त्री १८ हजार करीब ५ हजार
मदनप्रसाद अर्याल राजपरिषद् सचिव १४ हजार करीब ८ हजार
गेहेन्द्रनाथ अधिकारी महालेखा परीक्षक १६ हजार करीब ८ हजार
केशवराज राजभण्डारी प्रमुख निर्वाचन आयुक्त १६ हजार करीब ११ हजार
डमरुबल्लभ भट्टर्राई निर्वाचन आयुक्त १५ हजार करीब ९ हजार
जयराम सिंह बोहोरा निर्वाचन आयुक्त १५ हजार करीब १२ हजार
दिलबहादुर कार्की निर्वाचन आयुक्त १५ हजार करीब ७ हजार
तर्ीथमान शाक्य लोकसेवा अध्यक्ष १६ हजार करीब ९ हजार
भीमदेव भट्ट लोकसेवा सदस्य १५ हजार करीब ११ हजार
गणेशमान गुरुङ्ग लोकसेवा सदस्य १५ हजार करीब ७ हजार
उर्मिला श्रेष्ठ लोकसेवा सदस्य १५ हजार करीब ८ हजार
विजया केसी लोकसेवा सदस्य १५ हजार करीब ८ हजार
श्रीकृष्ण यादव लोकसेवा सदस्य १५ हजार करीब ९ हजार
भीमबहादुर अधिकारी सचिव, बेरुजु फछ्र्यौट १४ हजार करीब १० हजार
शम्भुशरण कायस्थ सदस्य, रा.यो.आ. १५ हजार करीब १० हजार
अर्जुनमणि दीक्षित निर्देशक, स्टाफ कलेज १४ हजार करीब ७५००
ललितबहादुर लिम्बु अख्तियार आयुक्त १५ हजार करीब ७ हजार
इन्द्रकुमार श्रेष्ठ अख्तियार आयुक्त १५ हजार ९ हजार
वासुदेव लामिछाने अख्तियार आयुक्त १५ हजार करीब ७ हजार
विदुरप्रसाद उपाध्याय अध्यक्ष, त्रिवि अनुदान आयोग १६ हजार करीब ८ हजार
उदयराज सोती अध्यक्ष शिक्षा आयोग १६ हजार करीब ८ हजार
खगेन्द्र बस्नेत कार्यकारी अध्यक्ष, जचुका १६ हजार करीब ७,५००
जनकलाल कर्माचार्य प्रबन्धनिर्देशक, विद्युत् प्राधिकरण १६ हजार करीब ८ हजार
वासुदेव त्रिपाठी उप-कुलपति, प्रज्ञा-प्रतिष्ठान १६ हजार करीब ११ हजार
उदय नेपाली श्रेष्ठ उपाध्यक्ष, कानुन सुधार आयोग १६ हजार करीब ८ हजार
विनोदकुमार देवकोटा सदस्य, कानुन सुधार आयोग १५ हजार करीब ७ हजार
नयनबहादुर खत्री अध्यक्ष, मानवअधिकार आयोग १६ हजार करीब १० हजार
सुरेशमान श्रेष्ठ अध्यक्ष प्रशासकीय अदालत १६ हजार करीब १० हजार
श्यामकृष्ण कसजु न्यायाधीश प्रशासकीय अदालत १५ हजार करीब ७५००