हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

खेलकुद

गर्न धेरै बाँकी छ !


नेपालले २४-२८ जेठमा काठमाडौँमा एसियन स्याटलाइट ओपन ब्याडमिन्टन च्याम्पियनसीपको आयोजना सफलतापर्ूवक गरेपनि खेल भने सन्तोषजनक पर््रदर्शन गर्न सकेन । सफल आयोजनका लागि नेपाल ब्याडमिन्टन संघ र उत्कृष्ट खेलका लागि पूजा र सुमिनाको जोडीलाई बधाई दिन कञ्जुस्याइँ गर्नुपर्दैन । पूजा र सुमिनाको जोडी बाहेक अन्य नेपाली खेलाडीहरूले कोर्टभित्र आशा गरे जस्तो खेल देखाउन सकेनन् । फाइनलमा श्रीलङ्कन टोलीविरुद्ध यी दर्ुइ महिला खेलाडीले देखाएको स्तरीय खेलले नेपाली ब्याडमिन्टनमा आशा भने पलाएको छ । श्रीलङ्कन टोलीबाट सजिलै पराजित हुने पर्ूवानुमानलाई गलत साबित गर्दै पूजा र सुमिनाले रेनु डिसिल्भा र थिलिनी जयसिंघेको श्रीलङ्कन नं. १ जोडीलाई ६-१५, १५-१३ र ६-१५ को खेल खेल्न बाध्य पारे । बाँकी प्रतिस्पर्धाहरूमा चाहिँ पाकिस्तानी र श्रीलङ्कनको अगाडी नेपाली खेलाडीहरूको पर््रदर्शन खल्लो रह्यो ।


पूजा र सुमिना ।


सात हजार डलर पुरस्कार राशी रहेको प्रतियोगितामा पुरुष सिंगल्स र डबल्सको उपाधि पाकिस्तानले तथा मिक्स्ड डबल्स, लेडिज डबल्स र सिंगल्सको उपाधि श्रीलङ्काले जित्यो । सहभागी राष्ट्र भारत र बङ्गलादेशको पर््रदर्शन पनि उत्कृष्ट रहेन् । क्वार्टरफाइनलमा पाकिस्तानी नं. २ खेलाडी अहसान कमारसँगको प्रतिष्पर्धामा नेपालको भरोसा मानिएका पशुपति पनेरुको फितलो जुधाईले दर्शकका साथै नेपालका अन्य पुरुष खेलाडीहरूमा समेत निराशा जन्माइदिएको थियो । दक्षिण एसियाली स्तरमा पुग्न नेपाली खेलाडीहरूले अझै धेरै मेहनत गर्न बाँकी रहेको प्रशिक्षक किरण थापाको बुझाइ छ । दशक अघि ंंराम्रो जुत्ता नपाउँदा समेत आत्मविश्वासका साथ खेलेको बताउँदै पर्ूव नेपाल च्याम्पिअन सुदिप योञ्जन भन्छन्, "अहिले सुविधा पाएर पनि खेलाडीहरूमा आत्मबल देखिएन ।"
प्राविधिक रूपमा पछि रहेको नेपालले यो चहलपहललाई दशौँ साफसम्म निरन्तरता दिन निरन्तर प्रशिक्षण आवश्यक रहेको प्रशिक्षक थापाको बुझाइ छ । पशुपति पनेरुको अनुभव छ, "संघ बल्ल भौतिक रूपमा सम्पन्न भयो । खेल स्तर सुधार्न विदेशी प्रशिक्षकको आवश्यकता छ ।" एकल विजेता पाकिस्तानी अहसान कमारको सुझाव पनि त्यस्तै छ । नेपाली महिला खेलाडी पूजा र सुमिनाको खेलबाट प्रसन्न उनले भने "पुरुष खेलाडीहरूमा स्टामिना र आत्मविश्वासको कमी देखिए पनि नेपाली महिला खेलाडीको भविष्य राम्रो देखिन्छ ।" प्रतियोगितामा देखिएका कमजोरीहरू सुधार्दै नेपाल ब्याडमिन्टन संघले यसै वर्षेखि स्कूल, जिल्ला र क्षेत्रसम्म पुर्‍याएर प्रतिस्पर्धात्मक शैलीमा राष्ट्रिय प्रतियोगिता आयोजना गनर्ेर्ेेताउँछन् संघका महासचिव नरेशबहादुर सिंह ।

सुरेशराज न्यौपान