हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

जनता

पारदर्शी अगुवाई


किरण पाण्डे

'पारदर्शिता र सूचना-प्रवाह' लाई धेरै समस्याको समाधान ठान्छन् एक्सनएड नेपालका राष्ट्रिय निर्देशक डा. शिवेशचन्द्र रेग्मी । अपारदर्शी कुराले शङ्का जन्माउने र शङ्काले लङ्का पिरोल्ने कुरासँग परिचित रेग्मीले आफ्नो संस्थाका गतिविधि र आयव्यय र्सार्वजनिक गर्ने 'सामाजिक लेखाजोखा' -सोसल अडिट) अभियानको अगुवाई गरेका छन् । चार वर्षघि एक्सनएडको नेतृत्व सम्हाल्नासाथ उनले जिल्लास्तरका साझेदार संस्थाहरूको सामाजिक लेखाजोखाको थालनी गरेका थिए । दर्ुइ वर्षता राष्ट्रिय तहमै त्यो काम शुरु भएको छ । आफूले गरेका वा गर्न नसकेका कामको सूची तथा लेखापरीक्षण प्रतिवेदनसहित सरकारी निकाय, गैरसरकारी संस्था, मिडिया लगायत सरोकारवालाहरूसँग अन्तरक्रिया गर्दा आफ्नै गल्तीकमजोरी र सुधारका उपाय थाहा हुने अनुभव गरेका छन् डा. रेग्मीले । यसले संस्थाप्रति सबैको विश्वास बढाएको उनको मूल्याङ्कन छ ।
नेपालस्थित अन्तर्रर्ााट्रय गैरसरकारी संस्थाहरूको संघका अध्यक्षसमेत रहेका रेग्मीले यो अभियानलाई व्यापक बनाउन यहाँ कार्यरत थुप्रै राष्ट्रिय, अन्तर्रर्ााट्रय निकायहरूलाई पनि आग्रह गरिसकेका छन् । तर, अरूलाई भन्नुअघि र अरूले गर्नुअघि आफैँ उदाहरण बन्ने उनको अठोटले एक्सनएडका क्षेत्रीय, केन्द्रीय कार्यालयहरू बाट समेत स्याब्बासी पाएको छ । सामाजिक विकासमा स्नातकोत्तर र लैङ्गकि विकासमा विद्यावारिधि गरेका रेग्मीले विगतमा न्यूएरामार्फ् अनुसन्धानमूलक काममा थुप्रै अनुभव सँगालेका थिए, जसले उनलाई गरीबी निवारण कार्यक्रमहरूलाई खुला र पारदर्शी बनाउन प्रेरित गर्‍यो । त्यसका लागि आफूले उपयुक्त ठाउँ र अवसर पाएको अनुभव सुनाउँदै उनी भन्छन्, "जिम्मेवार पदमा पुगेका हामीजस्ताले पहल नगर्ने हो भने कसले गर्ने त -"


स्याब्बास दीक्षा


जनक अर्याल

"एचआइभी पोजिटिभ हुनु जीवनको अन्त्य होइन, साहसी जीवनको प्रारम्भ हो," २२ माघमा चितवनको भरतपुरमा आयोजित 'मिसेस एचआइभी स्टिग्मा प|mी कन्टेष्ट' मा सर्वोत्कृष्ट घोषित दीक्षा रिमाल -२३) को यो उद्घोष उनीजस्तै अञ्जानमै एचआइभी सङ्क्रमित भएकाहरूलाई नयाँ ढाडस बनेको छ । एचआइभी सङ्क्रमितहरूका निम्ति प्रेरणास्रोत बन्ने उद्देश्यले उनी नेपाल परिवार नियोजन संघद्वारा पहिलोपल्ट आयोजित यस्तो प्रतियोगितामा सहभागी बनिन् र देखाइन् इच्छाशक्ति र हौसलाको उदाहरण । सङ्क्रमितहरूप्रति अनुदार समाजसँग आग्रह गर्दै उनले भनिन्, "हामीलाई उपेक्षा होइन, माया र सद्भाव दिनुस् । सक्रिय जीवन बाँच्न हाम्रो साहस बढाउनुहोस् ।"
सुखद दाम्पत्यजीवनको सपनासहित ६ वर्षघि भरतपुरकै एक युवकसँग विवाह गरेकी दीक्षालाई शुरुमा श्रीमान् दर्ुर्व्यसनी रहेको पत्तै भएन । विदेश जान लागेका श्रीमान्को रक्तपरीक्षण गर्दा एचआइभी पोजिटिभ भेटिएपछि शुरु भए उनका दर्ुर्दिन । श्रीमान्बाटै एचआइभी जीवाणुको उपहार पाइसकेकी दीक्षाले घरमा उपेक्षा र पिटाइसमेत पाउन थालिन् । असहृय भएपछि श्रीमान्विरुद्ध अंशमुद्दा हालिन्, सम्बन्धविच्छेदको निवेदन दिइन् । दुवैमा उनको जीत भयो । अहिले उनी माइतीमा बसेर एचआइभी/एड्सविरोधी जागरणमूलक गतिविधिमा सक्रिय छिन् । एचआइभी सङ्क्रमितहरूको संस्था चितवन सक्रिय समूहकी अध्यक्ष पनि हुन् उनी । सङ्क्रमितहरूले पनि सक्रिय र सिर्जनात्मक जीवन बाँच्न सक्छन् भन्ने दृष्टान्त बनेकी दीक्षा तमाम अभिभावकहरूसँग अनुरोध गर्दै भन्छिन्, "केटा-केटी दुवैको मेडिकल जाँच नगरी विवाह नगरिदिनोस्, हेल्चेक्र्याइँ भयो भने उनीहरूको भविष्य नै बर्बाद हुनसक्छ ।"