शिक्षा
- १०+२
१०±२ प्रमाणपत्र जमाना उच्च माविको
१३ वर्षघि शुरु भएको उच्च माध्यमिक शिक्षा,
एसएलसी उत्तर्ीण्ा हुने ७५ प्रतिशतभन्दा बढी विद्यार्थीहरूको छनौट
१०±२ हुनथालेको छ । तर, त्रिविका आङ्गकि र सम्बन्धनप्राप्त कलेजहरूबाट
अहिलेसम्म खारेज भइसक्नु पर्ने प्रमाणपत्र तहलाई त्यहाँका शिक्षक,
कर्मचारी र विद्यार्थी सङ्गठनहरूको पेशागत एवं राजनीतिक स्वार्थले
जबर्जस्ती बचाइरहेको छ।
किरण नेपाल
जम्माजम्मी एक दशकको इतिहास
भएको ११ र १२ कक्षा पढाइ हुने 'प्लस टु' -दश जोड दर्ुइ) अर्थात् उच्चमाध्यमिक
शिक्षाले एसएलसी उत्तर्ीण्ा विद्यार्थीहरूको दशकौँदेखिको एक मात्र
गन्तव्य त्रिभुवन विश्वविद्यालयको 'इण्टरमिडियट' वा प्रवीणता प्रमाणपत्र
तहलाई सुकाइदिएको छ । १३ वर्षघि शुरु भएर उच्चशिक्षाको मूलधार बन्न
पुगिसकेको प्लस टु रोजगार वा व्यवसायमुखी विषय पढ्न सकिने भएकोले छोटो
समयमै धेरैको रोजाइमा परेको हो । यसमा बिजिनेस स्टडिज, कम्प्युटर साइन्स,
होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिज्म, नर्सिङ, आमसञ्चारजस्ता व्यावसायिक
र आकर्ष विषयदेखि विज्ञान, गणित, राजनीतिशास्त्र, इतिहास, दर्शनशास्त्र,
भाषा जस्ता परम्परागत विषयहरूसम्म पढ्न पाइन्छ । सहज पहुँच, नियमित
पढाइ, परीक्षा र नतिजा पनि विद्यार्थी र अभिभावकका अन्य आकर्षा हुन्
।

तस्बिरहरू किरण पाण्डे |
शहरबजारका ठूला-ठूला विद्यालय र कलेजदेखि कुनाकाप्चाका
माध्यमिक विद्यालयहरूसम्मले उच्चमाध्यमिक तहको पठनपाठन शुरु गरेका
छन् । ११ र १२ कक्षा मात्रै पढाउने विद्यालय र कलेज समेत खुलेका छन्
। आफ्नै ठाउँमा उच्चमावि सञ्चालन हुन थालेकाले विद्यार्थीहरूलाई एसएलसी
पास गरेपछि पढ्न पोकोपन्तुरो बोकेर शहर जानु नपर्ने भएको छ । यसले
गर्दा एसएलसीपछि पढाइ छोड्नेहरूको दर -ड्रपआउट रेट) घटेको र उच्च शिक्षामा
प्रवेशको दर बढेको छ ।
एसएलसीको नतिजा प्लस टु विद्यालयका लागि स्रोतको ढोका हो । त्यो परीक्षाफल
प्रकाशित हुने बेलासम्म प्लस टु विद्यालयहरूमा विद्यालय भवन, कक्षाकोठा
र कार्यालयको रंगरोगन, डेस्क बेञ्चको मर्मतसुधार, थप भौतिक पर्ूवाधारको
तयारी, परामर्श सेवा जस्ता कामको चटारो खुब बढ्ने गर्छ । छनौटका सम्भावना
धेरै भएका शहर-बजारमा कहाँ पढ्ने, कुन विषय पढ्ने, पेशा/व्यवसायमुखी
विषय कुन-कुन हुन् भन्ने कुरामा विद्यार्थी र अभिभावकहरूले पनि निक्कै
चासो लिन थालेका छन् । विद्यालय-विद्यार्थी-अभिभावकको परामर्श र छलफल
कार्यक्रमहरू आयोजना हुन थालेका छन् । १४ जेठमा रोटरी क्लब, पाटन दरबार
स्क्वायरले विद्यार्थीको भावी पेशा/व्यवसायमा केन्द्रित अभिभावक काउन्सिलिङको
आयोजना गरेको थियो भने २८ जेठमा काठमाडौँ डोन बोस्को कलेजले आफ्ना
सम्भावित विद्यार्थी र तिनका अभिभावकलाई भेला गरेर क्याम्पस तहमा प्रवेश
गर्ने विद्यार्थीले विषय छनौट कसरी गर्नुपर्छ भन्ने विषयमा विभिन्न
क्षेत्रका विशेषज्ञसँग अन्तरक्रिया गराएको थियो ।
एउटै तह, दर्ुइथरी पाठ्यक्रम
|
प्लस टु- विद्यालय, अभिभावक, शिक्षक, विद्यार्थी सबैको
रोजाइमा परिसके पनि यसको समानान्तरमा त्रिभुवन विश्वविद्यालयको प्रवीणता
प्रमाणपत्र तह पनि कायमै छ । प्लस टुको पढाइ शुरु गर्दा सन् २००० -२०५७
साल) सम्ममा त्रिविको प्रमाणपत्र तहलाई हटाएर सबै विद्यार्थीलाई उच्चमाध्यमिक
विद्यालयले नै समेट्ने र त्रिविले आफ्नो स्नातक र स्नातकोत्तर तहलाई
सुदृढ र विकास गर्ने परिकल्पना गरिएको थियो । सन् १९९३ मा विश्व ब्याङ्क,
त्रिवि र शिक्षा मन्त्रालयको त्रिपक्षीय सम्झौता अनुसार प्रमाणपत्र
तहको विस्थापन र उच्चमाध्यमिक शिक्षाको विस्तारका लागि ब्याङ्कले त्रिविलाई
२ करोड ३० लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराएको थियो । यो सहयोगमा
प्रमाणपत्र तह विस्थापन भएका क्षेत्रमा उच्चमाध्यमिक तहको अध्ययन-अध्यापनका
लागि त्रिविले देशभरि ५२ वटा विद्यालय निर्माण गरिदिनुपर्ने शर्त पनि
थियो ।
तर, सम्झौता भएको १२ वर्षबितिसक्दा पनि न प्रमाणपत्र तह हटेको छ, न
भनेजति विद्यालयहरू बनेका छन् । अहिलेसम्म कानून अध्ययन संस्थान र
व्यवस्थापन विषय पढाइ हुने काठमाडौँका नेपाल कमर्श र शङ्करदेव क्याम्पसबाट
मात्र प्रमाणपत्र तह हटाइएको छ । मोरङ, पाल्पा, रुपन्देही, सर्ुर्खेत
र महेन्द्रनगरमा गरी जम्मा ११ वटा विद्यालयहरू मात्र बनाइएको छ । प्रमाणपत्र
तह नहटाइँदा त्रिविको स्रोत, सुविधा र क्षमता यतै धेरै लागेकोले स्नातक
तथा स्नातकोत्तर तहलाई सुदृढ तुल्याउने योजना पनि अधुरै छ ।
त्रिविले सन् १९९६ देखि साविक दर्ुइवर्षो स्नातक तहको सट्टा तीनवर्षो
स्नातक तह लागू गर्यो । नेपालको स्नातक शिक्षालाई अन्तर्रर्ााट्रय
मान्यता दिलाउन पनि यसो गर्नु परेको थियो । स्नातक तहमा तीनवर्षो कोर्षबनाउँदा
प्रमाणपत्र तह हट्छ भन्ने कुराले पनि प्रभाव पारेको थियो । त्यसैले
स्नातक तहको पाठ्यक्रममा प्रमाणपत्र तहका कतिपय कुरा पनि समावेश गरिएको
थियो । अहिले प्रमाणपत्र तह नहट्दा स्नातक तहका विद्यार्थीहरूले अघिल्लो
तहमा पढेकै कुरा पनि दोहोर्याउनु परेको छ ।
प्रमाणपत्र तहको घट्दो आकर्षा
पछिल्ला वर्षरूमा विद्यार्थीहरूबीच पनि प्रमाणपत्र तहको आकर्षा घट्दै
गएको छ । २०६१ सालमा एसएलसी उत्तर्ीण्ा १ लाख ४८ हजार विद्यार्थीमध्ये
१ लाख १२ हजार प्लस टुमा भर्ना भएका थिए । एसएलसीपछि करीब २० हजार
-१५ प्रतिशत) ले पढाइ छोड्छन् र करीब १० हजार प्राविधिक तथा व्यावसायिक
शिक्षा परिषद -सीर्टर्ीइभीटी) र अन्य विश्वविद्यालयसम्बद्ध तथा विदेशी
शिक्षण संस्थामा जान्छन् भन्ने तथ्याङ्क दिँदै उच्च माध्यमिक शिक्षा
परिषदका प्रवक्ता नारायण कोइराला भन्छन्, "यस हिसाबले त्रिभुवन
विश्वविद्यालयको प्रमाणपत्र तहमा भर्ना हुने विद्यार्थीको सङ्ख्या
त वाषिर्क ५-६ हजार भन्दा बढी हुँदैन ।" त्रिवि अर्न्तर्गतका
धेरै क्याम्पसहरूमा पछिल्ला तीन-चार वर्षता प्रमाणपत्र तहको भर्ना
आधै घटेको छ ।
त्रिवि प्रशासनले प्रमाणपत्र तहको घट्दो आकर्षा र उपादेयतालाई बुझे
पनि विद्यार्थी र प्राध्यापक राजनीतिको कारण यसलाई हटाउन सकेको छैन
। यसो गर्दा विद्यार्थी राजनीतिको लागि मास घट्ने र प्राध्यापक-शिक्षकको
जागिर जोखिममा पर्ने हुनाले विद्यार्थी र प्राध्यापकले यसको विरोध
गर्दै आएका छन् । आफ्नै प्रतिबद्धता पूरा नगरेकोले दाताहरूको नजरमा
समेत चुकेको त्रिवि केही समयअघिसम्म विश्वविद्यालयका शिक्षाध्यक्षको
संयोजकत्वमा गठित एकीकृत पाठ्यक्रम कार्यान्वयन समितिमार्फ् प्रमाणपत्र
र उच्च माध्यमिक तहको पाठ्यक्रम समायोजन गर्ने प्रयासमा लागेको थियो
। तर समितिको निष्कर्षनआउँदै त्रिविले अहिले आफ्नै पाठ्यक्रम परिमार्जनको
प्रक्रिया शुरु गरेको छ । एक वर्षघि समिति गठन हुँदा शैक्षिक सत्र
२०६२ देखि प्रमाणपत्र र उच्च माध्यमिक तहलाई एउटै पाठ्यक्रम अनुसार
चलाउने लक्ष्य राखिएको थियो । तर अहिलेसम्म समितिको प्रतिवेदन नआएको
र उता प्रमाणपत्र तहको पाठ्यक्रम परिमार्जन शुरु भएकोमा आर्श्चर्य
व्यक्त गर्दै समितिकै एक सदस्य तथा उच्च माध्यमिक शिक्षा परिषदका सहसचिव
नारायण कोइराला पाठ्यक्रम समायोजनप्रति त्रिविका प्राज्ञहरूले त्यति
चासो नदेखाएको स्पष्ट गर्छन् ।
प्रमाणपत्र तहलाई नहटाउँदा अहिले देशमा उही शैक्षिक तहमा दर्ुइथरीको
पाठ्यक्रमबाट पढाइ हुन पुगेको छ । यसले विद्यार्थीहरूबीच एक प्रकारको
वर्गीय विभाजन समेत ल्याएको छ । प्रायः एसएलसीमा कम अङ्क ल्याएका,
गाउँघर कुना काप्चाबाट आउने, पैसा धेरै खर्च गर्न नसक्ने विद्यार्थीहरू
त्रिविको प्रमाणपत्र तहमा तथा एसएलसीमा उच्च अङ्क ल्याउने, शहरबजारका
र पैसा धेरै खर्च गर्न सक्ने विद्यार्थीहरू राजधानी वा अन्य ठूला शहरका
नाम चलेका कलेज वा उच्चमाविको प्लस टुमा पढ्ने गरेका छन् ।
प्लस टुः अर्को इन्टरमिडियट
त्रिविको प्रमाणपत्र तहको तुलनामा लोकप्रिय हुँदै गइरहेको प्लस टु
शिक्षा आफैँ पनि त्यति स्पष्ट भने छैन । यसको स्पष्ट संरचना र बलियो
जग बनाउने काममा उच्चमाध्यमिक परिषद पनि अग्रसर हुन सकेको देखिँदैन
।
कानूनमै उल्लिखित परिषदको १५ वर्षो योजना 'भिजनिङ प्लान' तथा कुन ठाउँमा
कति विद्यालय चाहिन्छ भन्ने 'स्कुल म्यापिङ' बल्ल शुरु भएका छन् ।
यो आर्थिक वर्षभत्र ५० जिल्लाको म्यापिङ सकिने परिषदको दाबी छ । माध्यमिक
र उच्चमाध्यमिक तहलाई समायोजन गरेर प्लस टुलाई विद्यालय शिक्षाकै एउटा
अङ्ग बनाउने विषयलाई लिएर शिक्षाविद्हरू नै विभाजित छन्, जसले गर्दा
प्लस टु विद्यालय शिक्षाको विस्तारित रुप नभएर एउटा छुट्टै तह, अर्को
इण्टरमिडियट वा प्रमाणपत्र तह, जस्तै बन्न पुगेको छ ।
विश्व ब्याङ्कको करीब ८० लाख अमेरिकी डलर सहयोगमा सञ्चालित उच्च शिक्षा
परियोजनाको पहिलो चरणमा माध्यमिक र उच्च माध्यमिक तहको समायोजन सम्बन्धी
अध्ययन प्रतिवेदन तयार भएको छ । दश जोड दर्ुइ शिक्षा भित्र्याउन उल्लेख्य
भूमिका निर्वाह गरेका शिक्षाविद् डा. तर्ीथराज खनियाद्वारा तयार पारिएको
सो प्रतिवेदनमा एसएलसी हटाएर कक्षा १२ को परीक्षालाई बोर्ड परीक्षा
बनाउने, उच्चमाध्यमिक शिक्षाको पाठ्यक्रम विकासको जिम्मा पाठ्यक्रम
विकास केन्द्रलाई दिने, कक्षा ९, १०, ११ र १२ को परीक्षा परिषदले तथा
प्रशासकीय जिम्मेवारी शिक्षा विभागले हर्ेर्ने, १ देखि १२ सम्म पढाइ
हुने विद्यालयहरूलाई नियमन गर्न 'नेपाल स्कुल एजुकेशन बोर्ड' गठन गर्ने,
आदि सुझाव दिइएको छ । तर, यी सुझावविरुद्ध अन्य केही शिक्षाविद् र
उच्च माध्यमिक शिक्षा परिषद समेतले असहमति जनाएका छन् । परिषदले यस
सम्बन्धमा विश्व ब्याङ्कलाई आफ्नो लिखित धारणा पठाइसकेको छ । परिषदका
सहसचिव कोइराला भन्छन्, "परिषदलाई प्रशासकीय स्वायत्तता नभई प्राज्ञिक
स्वायत्तता चाहिएको हो ।"
टाठाबाठालाई छात्रवृत्ति
प्लस टुको स्वरुपबारे प्राज्ञहरूबीच मतैक्य नभए पनि एसएलसी उत्तर्ीण्ा
विद्यार्थीको भावी जीवनको गोरेटो पछ्याउने अबको शैक्षिक खुड्किलो दश
जोड दर्ुइ शिक्षा नै हो भन्नेमा विवाद छैन । स्कूले वातावरणमै पठनपाठन
हुनु यसको अर्को राम्रो पक्ष हो, जसले विद्यार्थीहरूलाई अगाडि गएर
विश्वविद्यालय स्तरको उच्चशिक्षाका लागि पनि परिपक्व बनाउने वा कामको
संसारका लागि पनि तयार पार्ने काम गर्दछ । प्लस टुको पढाइ प्रमाणपत्र
तहको भन्दा नियमित र अनुशासित पनि छ । विद्यालयको वातावरणबाट मुक्त
भएर प्लस टु पढ्न चाहने विद्यार्थीहरूका लागि ११ र १२ कक्षा मात्र
पढाइ हुने उच्चमावि वा कलेजहरू पनि छन्, जहाँ वातावरण अलि भिन्न भए
पनि कोर्षर पठनपाठनमा खासै भिन्नता पाइँदैन ।
|
त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र तहको तुलनामा
दशजोड दर्ुइको पठनपाठनमा विद्यार्थीहरूले ज्यादा पढ्छन्, कोर्षसमयमै
सकिन्छ र राजनीतिले पनि पढाइ त्यति बिथोल्दैन । विश्वविद्यालयमा हप्ताको
५-६ वटा कक्षा हुने कतिपय विषयमा दश जोड दर्ुइमा १०-१२ वटासम्म कक्षा
हुन्छ । यसले विद्यालय र विद्यार्थी दुवैलाई वर्षरी व्यस्त बनाइराख्छ
। पाठ्यक्रम आफैँ पनि पढ्न प्रोत्साहित गर्ने खालकै छ । यी सबका कारण
विद्यार्थीहरूले राम्रै अङ्क पनि पाउने गरेका छन् । विद्यालयहरूले
पनि स्तर कायम राख्न विभिन्न प्रयास गरेका छन् । जेभियर एकेडेमी, लिटिल
एन्जल्स र भानुभक्त मेमोरियल स्कूलले 'नेपाल एजुकेशन फाउण्डेशन' नामक
एउटा छाता सङ्गठन स्थापना गरेका छन् । लिटिल एन्जल्सका शिक्षक डेभिड
कोइरालाका अनुसार, यसले तीन वटै स्कूलका लागि समान शैक्षिक पात्रो
तयार गर्ने, शिक्षण, परीक्षा र प्रवेश परीक्षा आदिमा समन्वय गर्ने
काम गर्दै आएको छ ।
तर प्लस टुमा भएका सम्भावना पनि पूरा हासिल गर्न भने सकिएको छैन ।
दर्ुगम ग्रामीण क्षेत्रका विद्यालयले यसको पूरा फाइदा पाउन सकेका छैनन्
। त्यहाँ न यथेष्ट रूपमा विस्तार भएको छ, न भएका ठाउँको नतिजा नै राम्रो
छ । र्सार्वजनिक विद्यालयहरूले राज्यबाट आवश्यक पर्ूवाधार र सुविधा
पाएका छैनन् । तिनलाई सरकारले दर्ुइ शिक्षक मात्रै दिँदै आएको छ ।
त्यसैले, प्लस टुतर्फजे-जति राम्रो भएको छ, शहरी क्षेत्रमै छ । शहरमा
केन्द्रित हुँदा व्यापारीकरण, अस्वस्थ प्रतिस्पर्धा जस्ता विकृति पनि
जन्मिएका छन् ।
विद्यार्थी तान्ने अस्वस्थ
होडबाजी
एसएलसी परीक्षाफलको मुखमा प्लस टु पढाउने अधिकांश विद्यालय
र कलेजको एक सूत्रीय रणनीति बढी भन्दा बढी र राम्रा भन्दा राम्रा विद्यार्थीहरू
भित्र्याउनु नै हुने गर्छ । आकर्ष प्रस्पेक्टस -परिचय पुस्तिका), विद्यार्थी
र अभिभावकमा आफ्नो सकारात्मक छवि बनाउने प्रयासमा कस्सिएर लागेका छन्
अहिले विद्यालय र कलेजहरू । भीएस निकेतनका प्रिन्सिपल बाबुराम पोख्रेल
भन्छन्, "भर्नाको बेला बानेश्वर चोकतिर फाइल बोकेर हिँडेका युवायुवती
देख्नेवित्तिकै पछिलाग्ने दलालहरूको कमी हुँदैन !"
एसएलसीको नतिजासँगै उमाविहरूको भर्ना अभियान शुरु हुन्छ । आ-आफ्ना
विद्यालयको विशेषता झल्काउनेदेखि भारी छूटसम्मका जानकारी दिने विज्ञापनको
होड चल्छ । भर्नाको सूचनासँगै चाउचाउ या घडी 'उपहार' वा घरजग्गा या
गाडी 'चिठ्ठा' को विज्ञापन पनि आउन थाले भने अचम्म मान्नुपर्दैन ।
विद्यार्थी आकषिर्त गर्ने मनोवैज्ञानिक हतियारको रूपमा अनेक किसिमका
छात्रवृत्ति र सुविधाको प्रलोभन दिएर एसएलसी बोर्डमा आएका विद्यार्थीलाई
तान्ने अनि बोर्डमा आएको विद्यार्थी आफूकहाँ भर्ना भएको भनी विज्ञापन
गर्ने समेत गरेका छन् ।
 |
भर्नाको बेला उत्तर्ीण्ा प्रतिशत र 'उत्कृष्ट' विद्यार्थीको प्राप्ताङ्कको
प्रचार नगर्ने विद्यालय शायदै भेटिएलान् । विद्यालयहरू उच्च माध्यमिक
परीक्षा परिणाममा बोर्ड नभए पनि आफ्नो विद्यार्थी बोर्डमा आएको भन्ने
प्रचारबाजी गर्न पछि पर्दैनन् । प्रतिशत र अङ्कको खेलमा माथि रहन कतिले
कक्षा ११ को परीक्षामा राम्रो नतिजा नल्याउने आफ्नै विद्यार्थीहरूलाई
कक्षा १२ को परीक्षा अर्कै विद्यालयबाट दिन लगाउने समेत गरेका छन्
। यस्तो व्यवहारले विद्यार्थी र उनीहरूको परीक्षामा पर्नसक्ने नकारात्मक
मनोवैज्ञानिक प्रभावको समेत कसैले वास्ता गर्ने गरेको देखिँदैन ।
सरकारले कुनै निश्चित मापदण्डविना आवश्यकता भन्दा बढी उच्चमाविहरू
खोल्न अनुमति दिएकोले यस्तो अस्वस्थ प्रतिस्पर्धा बढेको विद्यालय सञ्चालकहरू
आफैँ स्वीकार गर्छन् । लिटिल एन्जल्सका संस्थापक प्रिन्सिपल उमेश श्रेष्ठ
भन्छन्, "चलाउनेलाई दिन्न भन्न त मिल्दैन, तर एउटा निश्चित मापदण्ड
त तयार गर्नै पर्छ ।" उच्चमाध्यमिक शिक्षा परिषदका अनुसार, हालसम्म
कक्षा १ देखि पढाइ हुने सरकारी र निजी विद्यालय, ११ र १२ कक्षा मात्रै
पढाइ हुने उच्चमावि र कलेज/क्याम्पस गरी ९४३ शैक्षिक संस्थाले परिषदबाट
सम्बन्धन लिएका छन् र तीमध्ये ३२ वटाको सम्बन्धन खारेज भएको छ । बाँकी
९११ वटामा अहिले पठनपाठन भइरहेको छ । ल
'ए लेभल' तिरको झुकाव
माध्यमिक तथा उच्चमाध्यमिक शिक्षामा अन्तर्रर्ााट्रय मान्यताप्राप्त
शैक्षिक प्रणाली जेनरल र्सर्टिफिकेट अफ एजुकेशन -जीसीइ) तिर पनि नेपालीहरूको
आकर्षा बढेको छ । बेलायतको क्याम्ब्रिज विश्वविद्यालय अर्न्तर्गतको
यो शैक्षिक प्रणालीमा सामेल भएर अर्डिनरी -ओ) र एडभान्स्ड -ए) लेभलको
शैक्षिक योग्यता हासिल गर्न सकिन्छ । नेपालको सर्न्दर्भमा ओ लेभल एसएलसी
सरहको र ए लेभल प्लस टु सरहको मानिन्छ । तर हालै सरकारले माध्यमिक
तहको शिक्षा प्रणालीसँग तालमेल नमिलेको भन्दै ओ लेभलको शिक्षालाई बन्द
गरिदिए पनि ए लेभलको आकर्षा भने घटेको छैन ।
एसएलसी उत्तर्ीण्ा विद्यार्थीहरूले १६२ वटा मुलुकमा पठनपाठन हुने ए
लेभल नेपालमै पढ्न सक्छन् । काठमाडौँबाहेक पोखरामा समेत ए लेभलको विस्तारले
यसतर्फनेपालीहरूको रुचि बढ्न थालेको देखाउँछ । करीब दर्ुइ दशक अघि
भित्रिएको ए लेभलको पठनपाठन यतिखेर २८ वटा क्याम्ब्रिज रजिष्र्टड र
एफिलिएटेड विद्यालय एवं कलेजमा भइरहेको तथ्याङ्क ब्रिटिश काउन्सिलसँग
छ । काउन्सिलका परीक्षा सेवा व्यवस्थापक अनुप अधिकारीका अनुसार वर्षा
दर्ुइ पटक जेठ -मे-जुन) र कात्तिक -अक्टोबर-नोभेम्बर) मा हुने ए लेभलको
परीक्षामा यी विद्यालयबाट र प्राइभेट रूपमा बर्सर्ेे एक हजारभन्दा
बढी नेपाली विद्यार्थीहरू सामेल भइरहेका छन् । शिक्षण संस्था हेरेर
डेढदेखि साढे दर्ुइ लाख रुपैयाँसम्म खर्च लाग्ने ए लेभलको पढाइमा विद्यालय
नगइकनै सोझै काउन्सिलमार्फ् र्फम भरेर पनि परीक्षा दिन सकिन्छ । एफिलिएटेड
विद्यालयहरूको 'करेस्पोण्डेन्स' देखि परीक्षा सञ्चालनसम्म ब्रिटिश
काउन्सिलमार्फ् हुनर्ेगर्छ भने रजिष्र्टड विद्यालयहरूले क्याम्ब्रिजको
मातहतमा सोझै आफ्नै विद्यालयमा परीक्षा सञ्चालन गर्छन् । ब्रिटिश स्कूल,
बूढानीलकण्ठ स्कूल, काठमाडौँ इण्टरनेशनल स्टडी सेण्टर र रातो बङ्गला
स्कूलका विद्यार्थीहरूले आ-आफ्नै विद्यालयमा परीक्षा दिन्छन् भने अन्य
२४ वटा स्कूलका र निजी विद्यार्थीहरूको परीक्षा ब्रिटिश काउन्सिलमा
हुन्छ ।
तह एउटै भए पनि प्लस टु र ए लेभलको पठनपाठनको तुलना नै हुन नसक्ने
साइपाल कलेजका प्रिन्सिपल लोकराज गिरी बताउँछन् । उनका अनुसार, ए लेभलको
पढाइ लचिलो छ । विद्यार्थीले अनिवार्य अङ्ग्रेजी बाहेक आफ्नो सुविधा
र रुचि अनुसारका विषय पढ्न सक्छन् । १५० भन्दा बढी विषयहरूमध्येबाट
ए लेभल उत्तर्ीण्ा गर्न चाहिने चार वटा विषयहरू रोज्नु पर्दछ । ६-६
महिनामा परीक्षा हुने दर्ुइवर्षो कोर्षपूरै अवधि पढ्नर्ुपर्छ भन्ने
पनि छैन, अगाडि नै परीक्षा दिएर बीचैमा पूरा गर्न समेत सकिन्छ । ए
लेभलको परीक्षामा कसले कति लेखेको छ भन्दा पनि कति बुझेको छ भन्ने
कुरा महत्त्वपर्ूण्ा मानिन्छ । यसको पहिचान अन्तर्रर्ााट्रयस्तरमा
ज्यादा हुने हुँदा विद्यार्थीले विदेशमा अध्ययन गर्ने मौका सजिलै पाउन
सक्छन् ।
 |
विदेशी कोर्षसञ्चालनसम्बन्धी स्पष्ट नीतिनियम नभएकोले
नेपालमा ए लेभलको पढाइ कहाँ-कहाँ भइरहेको छ भन्ने सम्भवतः सरकारलाई
थाहा छैन । मन्त्रालयमा हालसम्म आठ वटा मात्र त्यस्ता विद्यालय दर्ता
हुनुले पनि यही कुरा पुष्टि गर्छ । अनुमति नलिनेहरूलाई के गर्ने भन्ने
कुरामा पनि सरकार स्पष्ट छैन । सरकारले ओ लेभल बन्द गरे पनि पढ्ने-पढाउने
क्रम चली नै रहेको सम्बद्ध व्यक्तिहरू बताउँछन् । उनीहरू भन्छन्- पढ्ने
र पढाउने अनि जाँच दिने ठाउँ भएसम्म बन्द गर्नुको कुनै तुक छैन ।
२०६१
सालको वाषिर्क परीक्षामा ७५ प्रतिशतभन्दा बढी उत्तर्ीण्ा दर
भएका उमाविहरू |
विराट साइन्स क्याम्पस, विराटनगर विजयपुर
आवासीय उमावि, धरान
गौरीशङ्कर उमावि, रामेछाप
दीपेन्द्र प्रहरी उमावि, साँगा
सिर्द्धार्थ इङ्गलिश उमावि, बनेपा
नेशनल इन्स्िटच्युट अफ साइन्स, पुल्चोक क्याम्पियन एकेडेमी
काठमाडौँ सेण्ट्रल महाविद्यालय, मैतीदेवी सेण्टमेरिज उमावि, जावलाखेल
युनाइटेड एकेडेमी, कुमारीपाटी
लिट्टलि एञ्जेल्स उमावि
प्रसादी एकेडेमी, मानभवन
सेण्ट जेवियर्स, जावलाखेल
हिलटप उमावि चापागाउँ आइन्स्टाइन एकेडेमी थसिखेल
आदर्श विद्यामन्दिर
बालदीक्षा सदल उमावि, ग्वार्को एसओएस हर्मन माइनर, सानोठिमी नेशनल
स्कूल अफ साइन्सेस, लैनचौर होलिभिजन उमावि, ताहाचल नामग्याल उमावि,
गोकर्ण्र्ााीएस निकेतन, मीनभवन
युनिभर्सल कलेज, बालुवाटार
सिर्द्धार्थ वनस्थली, बालाजु
जेभियर्स एकेडेमी
बूढानीलकण्ठ उमावि, बूढानीलकण्ठ |
नेशनल कलेज फर हायर एजुकेशन, महाराजगंज
भानुभक्त मेमोरियल, पानीपोखरी
द न्यु समिट उमावि, पुरानो बानेश्वर
नोबेल एकेडेमी, नयाँबानेश्वर
काठमाडाँै डोनबस्को, नयाँबानेश्वर
हिमालयन हृवाइट हाउस
एक्मि इञ्जिनियरिङ कलेज, सीतापाइला
कलेज अफ अप्लाइड विजनेश, बत्तीसपुतली
एस उमावि, बानेश्वर
चितवन साइन्स कलेज, भरतपुर
प्रेसिडेन्सी उमावि, भरतपुर
गण्डकी बोर्डिङ स्कूल, पोखरा
एसओएस हर्मन माइनर, पोखरा
अमरसिंह उमावि, पोखरा
सगरमाथा उमावि, पोखरा
तिलोत्तमा उमावि, बुटवल
न्यु होराइजन उमावि, बुटवल
सनसाइन आवासीय उमावि, भैरहवा
काठमाडाँै मोडेल उमावि, बागबजार
काठमाडाँै वर्नहार्ट
क्यापिटल उमावि, कालिमाटी
प्राइम इण्टरनेशनल, नयाँबानेश्वर
कुमारी आवासीय उमावि |
(विद्यालय छनौट
गर्दा कम्तीमा ३० जनालाई परीक्षामा सामेल गराएका विद्यालयलाई
मात्र लिइएको छ ।) |
शिक्षा, समाज र युवा
डा. हरि श्रेष्ठ
'पढाइमा असाध्यै तेज छ, मेरो छोरो ।'
'छोरी जाँचमा सधैँ पहिलो हुन्छे । उसको अङ्ग्रेजी सुनेर सबै दङ्ग पर्छन्
।'
छोराछोरी कहाँ, के, कस्तो पढ्छन्; आफन्त, साथीभाइ र छरछिमेकबीच कुराकानीका
प्रिय विषयवस्तु हुन् । कतिका लागि इज्जत-प्रतिष्ठाको विषय पनि बनेका
छन् । जसका छोराछोरी पढाइमा अब्बल छन्, तिनको अनुहारको चमकदमक नै बेग्लै
हुन्छ । तिनीहरू गर्वसाथ भन्ने गर्छन्- बालकहरूको प्रतिभा भनेको बाबुआमाकै
प्रभाव हो, आखिर परिवार र आमाबाबु नै तिनको पहिलो पाठशाला र शिक्षकशिक्षिका
हुन् ।
पढाइमा कमजोर छोराछोरीका बाबुआमा यस्ता संवाद सुन्दा प्रायः विरक्त
मान्छन् । मानाँै, आफ्नै अयोग्यता र अवस्थाले छोराछोरी पछि परेका हुन्
। तिनको यस्तो अज्ञानता र पीडा वर्तमान सामाजिक चिन्तनको एउटा तीतो
यथार्थ हो । आमाबाबु विद्वान हुँदैमा छोराछोरी चमत्कारी भइहाल्छन्
भन्ने सत्य हैन । त्यसो हुँदो हो त सुविख्यात व्यक्तिका छोराछोरी सबै
सुविख्यात हुनुपर्ने, तर छैनन् । कैयौँ अनपढ आमाबाबुका छोराछोरी विलक्षण
प्रतिभा भएका उदाहरण पनि प्रशस्तै छन् ।
सबैका आ-आफ्नै सामर्थ्य र सीमा हुन्छन् । एउटै वातावरणमा हर्ुर्केकाहरू
पनि कोही प्रखर, कोही सरदर र कोही धरमर हुन्छन् । व्यक्तित्व निर्माणमा
वंशानुगत प्रभाव धेरथोर हुनसक्छ, तर निर्ण्ाायक नै हुन्छ भनेर विज्ञानले
ठोकुवा गरेको छैन । एक जाति वा प्रजाति प्रखर हुने र अर्को मूढ हुने
कुरामा पनि विज्ञान सहमत छैन । सबैका आ-आफ्नै विशेषता र विशिष्टता
प्रचुर हुन्छन्, जो अवसर पाउनासाथ प्रस्फुटित हुन थाल्छन् । खाँचो
अवसर र वातावरणको मात्र हुन्छ । मानिसको व्यक्तित्व निर्माणमा वातावरणले
गहिरो प्रभाव पारेको हुन्छ । यस्तो वातावरणमा परिवार, टोल-छिमेक, विद्यालय
र समस्त सामाजिक चिन्तन प्रणाली एवं सँस्कृति समेटिएको हुन्छ; आजको
श्रव्यदृश्य र वेगवान सूचनाप्रणालीका भूमण्डलीय छाल र तरङ्गहरू पनि
पर्दछन् । त्यसैले एउटा बालक बढ्दै जाँदा उसमा परिवारको मात्र हैन,
समग्र समाजको प्रतिच्छायाँ देखिँदै जान्छ ।
बाबुआमा चाहन्छन्- छोराछोरी आफूले भनेको बाटोमा हिँडुन् । त्यसैगरी
आमाबाबुले आफ्नो मनका भावना बुझििदउन् भन्ने चाहना छोराछोरीको हुन्छ
। 'डाक्टर/इञ्जिनियर पढ्ने मेरो इच्छा थिएन, बाबुआमाको चाहना पूरा
गर्न पढ्दैछु', छोराछोरीका यस्ता प्रतिक्रिया पनि सुनिन्छन् । छोराछोरीले
समातेको बाटो मन नपराएर सुस्केरा हाल्ने बाबुआमा पनि भेटिन्छन् । थोरै
मात्र बाबुआमाले पढाइको कुन विषय वा क्षेत्रमा छोराछोरीको विशेष चाख
र रुचि होला भनेर सोच्ने गर्दछन् । यस्तो अवस्थामा छोराछोरीले आफ्नो
लागि नपढेर आमाबाबुका लागि पढिरहेका हुन्छन् र उनीहरूमा सफलताको श्रेय
र असफलताको जिम्मेवारी लिने भावनाको विकास पनि हुन पाउँदैन । छोराछोरीको
सफलतामा उनीहरूलाई जस दिनुभन्दा आफूले श्रेय लिन खोज्नु त झन् बिडम्बना
हो । त्यस्तै, स्कूल/कलेज पढिरहेका छोराछोरीको पढाइबाहेक अरू इच्छा
वा समस्या नै हुँदैन जस्तो ठान्ने आमाबाबुका कारण पनि जटिल समस्या
उब्जिन्छन् । छोराछोरीका इच्छा, आवश्यकता र समस्याले पारिवारिक छलफलमा
ठाउँ नपाउँदा उनीहरूमा कुण्ठा पैदा हुन्छ । छोराछोरीको आफ्नै अलग पहिचान
बन्ने वातावरण बनाइदिनु असल बाबुआमाको कर्तव्य हो ।
बालकहरू हर्ुकँदै जाँदा टोल, छिमेक, स्कूल-कलेजमा र साथीभाइबीच बढी
समय बिताउँछन् । यसरी उनीहरूको सामाजिक दायरा फराकिलो हुँदै जान्छ
। उनीहरूमा उमेर अनुसार स्वाभाविक रूपले भावनात्मक परिवर्तन पनि हुन
थाल्छ । उनीहरूलाई बाबुआमा र घरपरिवारको भन्दा साथीभाइको कुरा बढी
मनपर्छ । अनि टोल-छिमेक र स्कूलको समग्र वातावरण, जसमा उसलाई पढाउने
गुरुहरूको आदर्श र आचरण पनि पर्दछ, ले बालकको व्यक्तित्व निर्माणमा
क्रमशः प्रभाव पार्न थाल्दछ । एउटा बालकले कुन बाटो समात्छ भन्ने महत्त्वपर्ूण्ा
कुराको निरुपण हुनमा यही समय र वातावरणको भूमिका बढी जिम्मेवार हुन्छ
।
फेरि, पढाइमा मेधावी वा कमजोर हुनु मात्र सन्तानकोे समग्र व्यक्तित्व
जाँच्ने कसी हुनसक्दैन; यसो गर्दा उनीहरूका सामाजिक व्यवहार, आदर्श
आचरण र जीवन दर्शन पनि हर्ेर्नुपर्ने हुन्छ । सन्तान सप्रिनु र ब्रि्रनुको
कारण बाबुआमा र घरपरिवार मात्र हुन् भनेर किटान गर्न त झनै सकिँदैन
।
उत्कृष्टमध्येका
उत्कृष्ट उमावि
तलको तालिका उच्च-माध्यमिक विद्यालयहरूको शैक्षिक, भौतिक,
नैतिक आदि सबै मापदण्ड प्रयोग गरी तयार पारिएको कुनै 'टप टेन' सूची
होइन । विद्यार्थी र अभिभावकहरूको सुविधाको लागि तीन-चार वर्षताको
वाषिर्क परीक्षामा विद्यालयहरूले प्राप्त गरेको उत्तर्ीण्ा प्रतिशतका
आधारमा विद्यालयहरूलार्इर्र्क्रमबद्ध मात्र गरिएको छ । यहाँ दिइएको
उत्तर्ीण्ा प्रतिशत २०६१ को हो ।
|