चिठी
समाधान खोजौँ
भेट नहुने बाटोतिर बढ्दै गएका राजा र राजनीतिक दलहरूको बढ्दो दूरीकै
कारण नेपाली राजनीति अझ गन्तव्यहीन हुँदै गएको छ । न माओवादी जनयुद्ध
सफल हुने देखिन्छ न दलहरूको आन्दोलनले तत्काल कुनै परिवर्तन ल्याउने
छाँटकाँट छ । हिमाल ले १६-३१ जेठको आवरणमा औंल्याए झैँ राजाको कदम
उनकै लागि आत्मघाती हुने स्पष्ट छ । किनकि राजाको प्रत्यक्ष शासनले
प्रजातन्त्रको उपहास गर्नुका साथै संविधानमाथि गहिरो चोट पुर्याएको
छ ।
जनप्रतिनिधिद्वारा देशको शासन गर्ने विकेन्द्रित नीति नीतिमै सीमित
भएको बेला अस्तित्वशाली तीनै पक्ष आ-आफ्नो हठमा छन् । यो हठकै कारण
सबैले जनविश्वास गुमाउने स्थिति आउन सक्छ । सबभन्दा बढी त शासकहरू
नै इतिहासमा कलङ्कति हुनेछन् । सबैलाई चेतना भया !
भुमराज तिवारी
बेल्कोट-७, अमारे-डेउडी, नुवाकोट
bhumrajtiwari@hotmail.com
राजा र दलहरूको गन्तव्य-चित्रण -आवरण, १६-३१ जेठ) ले वर्तमान राजनीतिको
सटिक विश्लेषण गरेको छ । १९ माघपछि नेपाली जनताले अरू नभए पनि राजशक्तिबाट
माओवादी आतङ्क परास्त होला कि भन्ने आशा राखेका थिए तर त्यसको कुनै लक्षण
देखिँदैन ।
यो पाँच महिनामा देशको राजधानीबाट दिनदहाडै ब्याङ्क लुटियो । धेरै बस-ट्रक
एम्बुस र धेरै सुरक्षाकर्मी माओवादी गोलीका शिकार भए । यसबाटै शाही सरकारले
देश र जनतालाई कसरी सुरक्षा दिइरहेको छ भन्ने स्पष्ट हुन्छ । अतः राजाले
दलहरूसँग अहिले झैँ कटुता राख्नुको साटो समझदारी बढाउने पहल गर्न ढिलो
नगरुन् ।
भवानी दाहाल
जुरेपानी-९, झापा
राजनीतिक निकास ननिस्कँदा देश थप अन्योलपर्ूण्ा स्थितिमा पुगेको छ ।
दोहोरो बन्दूकको मारमा सास्ती भोगिरहेका निमुखा र निर्दोष जनताको हरेक
पल भय र त्रासयुक्त छ । उता, राजाको संविधान र बहुदलीय व्यवस्थाप्रतिको
कुटिल र छद्म प्रतिबद्धतासँग दलहरू आश्वस्त हुने ठाउँ छैन । अनि, दलहरूको
आन्तरिक कलह र स्वार्थका कारण मुलुकलाई अग्रगति दिन उनीहरू सक्षम छन्
त भन्ने सवाल उठेको छ । माओवादीको आन्तरिक कलह र बढ्दो विनास-शृङ्खला
उनीहरूको आन्दोलन नै समाप्त पार्ने खालको छ ।
यी सम्पर्ूण्ा विसङ्गतिको साझा समाधान नखोजी नहुने बेला आएको छ । हिमाल
ले यो दिशामा समेत सबैलाई बाटो देखाओस् ।
राधेश्याम गजुरेल
बेल्कोट-६, तिगाउँ, नुवाकोट
भेट नहुने बाटोतिर अगाडि लागेकाहरूले पछाडि फर्केर नहर्ेदासम्म वर्तमान
समस्याको समाधान निस्कनेवाला छैन । विदेशी शक्तिहरूसँग हारगुहार गर्नुको
साटो जनचाहनाबमोजिम समस्या सुल्झाउन खोज्नु उचित विकल्प हुनसक्छ ।
सुव्रत स्वार, सुयश स्वार
पोबनं. ५०३, काठमाडौँ
नवआलोक प्रवृत्ति !
'व्रि्रोहीभित्रको व्रि्रोह' -आवरण/माओवादी कलह, १६-३१ जेठ) बारे हरि
रोकाको विश्लेषणले धेरै सत्यलाई एकैपल्ट र्सार्वजनिक गरेको छ । माओवादी
अन्तरकलहले पनि त्यही देखाउँछ । विचारभन्दा बन्दूक नै ठूलो हो भन्ने
भाव सम्प्रेषण गरेर माओवादीहरू आफ्ना कार्यकर्तालाई सैन्य-उन्मादतिर
धकेलिरहेका छन् । त्यहाँभित्रका सचेत, प्रबुर्द्धवर्गले सो प्रवृत्तिको
विरोध गर्न खोजेमा नेतृत्वले विभिन्न आरोप लगाई कारबाही गरेको प्रचार
गर्छन् । बाबुराम भट्टर्राईमाथिको कारबाहीले समेत यो सत्य देखाएकै हो
। विगतमा माओवादी पार्टर्ीीबद्ध रही काम गरेको अनुभवका आधारमा म के स्पष्ट
भन्न सक्छु भने आफूभित्रकै स्वतन्त्रता खोज्ने कार्यकर्ताहरूको चाहनालाई
'अराजकता'को बिल्ला भिर्राई मुखमा बुझो कोच्ने र अन्ततः गला रेट्नेसम्मको
'नवआलोक प्रवृत्ति' माओवादीको विशेषता नै बनिसकेको छ ।
सीमान्त जीसी, रौतहट
सुधार हुन्थ्यो कि !
'हिंसाजत्तिकै घातक' -१६-३१ जेठ, खोज/सडक दर्ुघटना) रोचक र समयसापेक्ष
लाग्यो । दर्ुघटनाको आँकडाले स्थिति भयावह देखाउँछ । बढ्दो सवारी साधन,
अस्तव्यस्त सवारी व्यवस्थापन, अव्यवस्थित शहरीकरण, नियमकानुनको पालनामा
हेपाहा प्रवृत्ति र हैकमवादका कारण सवारी नियन्त्रण अनि व्यवस्थाले आगामी
दिनमा अझ जटिलता आउन सक्छ । अतः 'सवारी दर्ुघटना हैन समाधान रोजौँ, सभ्य
समाजलाई आफैँमा खोजौँ' भन्दै निम्न उपाय अपनाउन सके केही सुधार हुन्थ्यो
कि !
ल सानालाई ऐन, ठूलालाई चैनको सट्टा सवारी नियम सबैमा समान किसिमबाट लागू
गर्ने ।
ल सवारी नियम उल्लङ्घन गर्ने चालकको गल्ती सङ्ख्याका आधारमा अनुमतिपत्र
सधैँका लागि जफत गर्ने व्यवस्था कागजमा मात्र हैन, व्यवहारमा ल्याई उसलाई
गरिएको जरिवाना र्सार्वजनिक गर्ने ।
ल लामो दूरीका सवारी साधन र सवारी चालकको नियमित अनुगमन र स्वास्थ्यपरीक्षण
समेत गरिनुपर्ने ।
ल विशिष्ट व्यक्तिहरूको सवारी चलाउँदा हुने सवारी अस्तव्यस्ततालाई ध्यान
दिई व्यावहारिक र वैज्ञानिक तरिकाले सवारी व्यवस्थापन गरी सवारी अवरोधलाई
सकेसम्म कम गर्ने ।
ल मादक पदार्थ सेवन गरी चलाउने र नक्कली कागजातका आधारमा सवारी चलाउने
चालकलाई हदैसम्मको जरिवानाको व्यवस्था तत्काल गर्ने ।
ल सेना, प्रहरी तथा अन्य निकायबाट राजमार्ग तथा ठाउँठाउँमा हुने अवरोधहरू
कम गर्ने ।
ल कम क्षमताका साना सवारी साधनहरूले बढी बाटो ओगट्ने हुँदा बढी क्षमताका
ठूला तर वातानुकूलित सवारी साधनलाई बढावा दिने ।
योगेन्द्र खतिवडार्
हर्कपुर-४, ओखलढुङ्गा
स्वागतयोग्य प्रविधि
र्'खर्च उही, उत्पादन दोब्बर' -कृषि, १६-३१ जेठ) ले आँखा खोलिदियो ।
अधिकांश जनता कृषि पेशामा निर्भर रहेको देशमा यस्ता प्रविधिहरूको विकास
र विस्तारको ठूलो खाँचो छ । आगामी अङ्कहरूमा विद्यमान कृषिप्रणालीमा
समग्र सुधार ल्याउने यस्ता सामग्रीलाई महत्त्वका साथ स्थान दिइयोस् ।
श्यामचन्द्र रुवाली
किराञ्चोक-७, धादिङ
बल्ल खुल्यो चेत
'संसद थुत्ने सहमति' -आवरण, १-१५ जेठ) देशको आवश्यकता र वास्तविकता हो
। संसदको पुनःस्थापना नै अवरुद्ध राजनीतिको प्रस्थानबिन्दु हो । ढिलै
भएपनि यसमा सात दलबीच सहमति कायम हुनु सुखद् कुरा हो । तीन वर्षम्म भौंतारिएपछि
उनीहरूको चेत बल्ल खुल्यो । विगतमा उत्कर्षा पुगिसकेको आन्दोलनबाट नेकपा
एमाले नहटेको भए शायद मकरतन्त्र आउँदैनथ्यो । अब चाहिँ बनिसकेको सहमतिलाई
कुनै पनि दलले तोड्नुहुँदैन र दरबारको चिप्लो मोलमोलाइमा कुनै हालतमा
पर्नुहुँदैन ।
नरेन्द्र पण्डित
कल्लेरी-५, धादिङ
खै प्रजातन्त्रको व्याख्या
संसद थुत्ने सहमतिसम्बन्धी विश्लेषणहरूमा दलहरूले भन्दै आएको पर्ूण्ा
प्रजातन्त्रको व्याख्या र आन्दोलनको स्पष्ट आधार भने भेटिएन । मुलुक
२०१७ सालतिर फर्किसकेको बेला फेरि २०४६ सालको जस्तै प्राविधिक रूपमा
मात्र प्रजातन्त्र पुनःस्थापित हुनु राजा वा दरबारलाई फेरि प्रजातन्त्रको
भान्से बनाउनु हो । समस्या १९ माघ मात्र हैन, राजतन्त्र पनि हो ।
डिल्लीराम र्राई
बाकाचोल-४, खोटाङ |