हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 
महेश आचार्य

विचार - राजनीति

देश हार्ने युद्धबाट देश जोगाऔँ

विनासपछिको विवेक
महाभारतको लडाइँलाई र्'धर्म' र 'अधर्म'का बीचको निर्ण्ाायक युद्ध भनी पुराणहरूमा वर्ण्र्ाागरिएको छ । तर, यथार्थमा धृतराष्ट्रको अन्धपुत्रमोह, एकलौटी शासन गर्ने दुर्योधनको महत्त्वाकांक्षा अनि आफ्नो राज्य-हरण एवं द्रौपदीको अपमानको बदला लिने पाण्डवहरूको प्रतिशोधपर्ूण्ा व्यग्रताले त्यस युद्धको पृष्ठभूमि तयार गरेको थियो । युद्ध अन्ततः महाविनाशकारी प्रमाणित भयो । विषाद र अपमानपर्ूण्ा जीवन बाँच्न कौरवतर्फफगत अश्वत्थामा, कृपाचार्य र कृतवर्मा बाँकी रहे भने पाण्डवतर्फकृष्ण, सात्यकी र पाँचपाण्डवसहित सात जना मात्र । यो महासंहारबाट स्वयं कृष्ण र उनको यादव कुल पनि अभिशप्त भयो । यादव वंश पाण्डव र कौरवझैँ परस्पर युद्ध गर्दै विनष्ट भयो भने कृष्णले स्वजनभन्दा टाढा नितान्त एक्लै मृत्युवरण गर्नु पर्‍यो ।
धृतराष्ट्रको पुत्र मोह र निर्ण्र्ााीनता तथा एकलौटी राज्य गर्ने दुर्योधनको महत्त्वाकांक्षा र युद्ध उन्मादलाई विदुरको नीतियुक्त सल्लाहले सम्बोधन गर्न सकेको भए शायद महाभारतको युद्ध र विनास रोकिन पनि सक्थ्यो । कौरव र पाण्डव दुवै पक्षमा सैन्यबलको सङ्ग्रह र तयारी भइराखेको बेला युद्धको परिणामबाट चिन्तित धृतराष्ट्रले विदुरलाई बोलाएर 'के गर्नु उचित हुन्छ' भनी सोधे । विदुरले युद्धको सम्भावना रोक्न इन्द्रप्रस्थको राज्य पाण्डवहरूलाई फिर्ता दिन र दुर्योधनको कपटपर्ूण्ा महत्त्वाकांक्षा नियन्त्रण गर्ने सल्लाह दिँदै भने, "महाराज ! अहिले प्राप्त हुने लाभ यदि भविष्यमा र्सवविनासको कारण बन्न सक्छ भने त्यस्तो लाभलाई महत्त्व दिनुहुन्न । अनि अहिले हुने क्षति भविष्यमा संवृद्धिको कारण बन्छ भने त्यस्तो क्षयको स्वागत गर्नु बुद्धिमत्तापर्ूण्ा हुन्छ ।"
युद्ध उन्मादका कारण विदुरको विवेकपर्ूण्ा सल्लाह कसैले सुनेन । तर युद्धमा आफ्नो सम्पर्ूण्ा सैन्यशक्ति नष्ट भएपछि एक्लै सरोवर भित्र लुक्न जाँदै गरेको थकित र पराजित दुर्योधनलाई विदुरका वचनको सम्झना भयो । आफ्ना एक सय प्रतापि पुत्र र हस्तिनापुरको वैभव सकिएपछि शोक र पश्चातापमा डुबेका धृतराष्ट्रले पनि विदुरको वचन सम्झिए । त्यस युद्धमा विजयी भनिएका युधिष्ठिरको विषाद त झनै मार्मिक छ । अश्वत्थामाद्वारा द्रौपदीका पाँच पुत्र र आफ्ना सेनापति धृष्टद्युम्न समेत युद्धमा बचेखुचेका सबै सेना मारिएपछि विलाप गर्दै युधिष्ठिरले भने, "युद्धमा शत्रुलाई जिते पनि अन्ततः म पराजित भएँ ।" यसरी महाभारतको युद्ध परिणाम न युद्ध जित्ने युधिष्ठिरको निम्ति सुखद् थियो न त युद्ध हार्ने दुर्योधनकै निम्ति ।

घटेको छैन हिंसाको वेग
पाँच हजार वर्षेखि महाभारतको गाथा गाइँदै र सुनिँदै आएको छ । तर आज पनि, विदुरका जस्ता सुझाव-सल्लाह वा विवेकयुक्त वाणीहरू युद्ध उन्मादकै कारण उपेक्षित हुने खतरा छँदैछ । अहिले नेपाल भ्राता-भातृ-हत्याको यस्तै युद्ध-उन्मादले दग्ध छ । यस्तो युद्ध कसैले जितेर जितिन्न । फगत देश पराजित हुने आत्मघाती युद्ध हो यो । माओवादीको कथित जनयुद्धले जन्माएको हिंसा र राज्यको प्रतिहिंसाको क्रममा झण्डै १३ हजार नेपाली जनताले ज्यान गुमाइसकेका छन्, हजारौँको सङ्ख्यामा अङ्गभङ्ग भएका छन् । लाखौँ नेपालीले विस्थापित जीवन बिताउन बाध्य हुनुपरेको छ । बाबुआमा, दाजुभाइ, दिदीबहिनीको बीभत्स मृत्युको साक्षी बन्न बाध्य पारिएका, बम, बन्दुक र बारुदको विष्फोट भोगेका, अपहरणको आतङ्क झेलेका, युद्धमा मानवढाल बनेका र बन्नुपर्ने त्रासदीमा बाँचेका लाखौँ केटाकेटीहरूको मानसिक आघात र पीडाले आउने कैयन् पिँढीको मनोविज्ञानलाई खल्बल्याउनेछ । यस्तो अपूरणीय क्षतिको आकलन समेत सम्भव हुँदैन । हिंसा र प्रतिहिंसाको दुष्चक्रमा करोडौँ रुपैयाँका पर्ूवाधार संरचना नष्ट भए । नेपाल भित्रिने अर्बौँको लगानी स्थगित भयो- पलायित भयो । देशको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने पर्यटन व्यवसायको सम्भावना र लगानीमा दर्ीघकालसम्म नकारात्मक प्रभाव पर्ने खतरा भयो । युद्धको उन्माद र विनासको प्रकोप घटेको छैन, झन् प्रबल र त्रासदीपर्ूण्ा हुने खतरा बढेको छ ।
चितवनको कल्याणपुरमा र्सार्वजनिक बसलाई धरापमा पारी तीन दर्जनभन्दा बढी निर्दोष नेपालीको ज्यान लिने घटनाले माओवादीलाई मानवताविरोधी युद्ध अपराधको कठघरामा उभ्याएको छ । यो जघन्य अपराध कुनै पनि बहानामा क्षम्य हुन सक्दैन । तर यो क्रम त्यसपछि पनि जारी छ । सिराहाको बन्दीपुर र मिर्चैयामा माओवादीको आक्रमण अनि सिन्धुलीको जङ्गलमा विस्तारित सुरक्षाकर्मीको प्रत्याक्रमणबाट भएको जनधनको नोक्सानी, कैलाली र रुकुमको हिंसात्मक भिडन्तमा भएको सयौँको मृत्यु र चितवन र काभ्रेको मानवसंहार तथा निरन्तर रूपमा भइराखेका व्यक्तिहत्याका घटनाले हिंसा र प्रतिहिंसाको बढ्दो वेगलाई इङ्गति गर्छन् । यी घटनाहरूको आलोकमा, मूल्याङ्कन गरेर हर्ेदा माओवादी हिंसालाई नियन्त्रण गर्ने र स्थायी शान्ति स्थापना गर्ने नाममा आएको १९ माघको शाही घोषणाको औचित्य कुनै पनि अर्थ र सर्न्दर्भमा पुष्टि हुँदैन ।

किन धान्न सकिन्न युद्ध
वस्तुतः १९ माघको शाही घोषणाले मुलुकलाई झन् सघन र बहुआयामिक द्वन्द्व एवं हिंसात्मक मूठभेडतर्फडोर्‍याएको छ । संविधान र संसदीय शासनका सबै संरचना तथा मान्यता भत्काउँदै १८ असोज, २०५९ बाट प्रारम्भ भएको राजाको असंवैधानिक प्रयोग १९ माघ, २०६१ को घोषणापछि निरङ्कुशता र प्रत्यक्ष शासनको प्रतिगामी उत्कर्षा पुगेको छ । संविधान, संसद र जनप्रतिनिधिमूलक शासनको स्वाभाविक सन्तुलन र नियन्त्रण नरहेको वर्तमान अवस्थामा राज्यको आक्रामक र प्रतिहिंसात्मक स्वरुप, डरलाग्दो रूपमा प्रकट भएको छ ।
१९ माघपछिका चार महिनाको अवधिमा माओवादी र राज्यबीचको हिंसा र प्रतिहिंसामा तात्विक परिवर्तन भएन, बरु राजा र जनताका बीच संवैधानिक दायित्व र अधिकारको विवाद नयाँ ढङ्गले बढ्दै गएको छ । यो विवादको पृष्ठभूमिमा राज्य सम्पर्ूण्ा सञ्चारजगत, मानवाधिकारकर्मी, कानून व्यवसायी, शिक्षक, प्राध्यापक, विद्यार्थी र नागरिक समाजप्रति आक्रामक बन्दै गएको छ । तर संवैधानिक संरचनाभित्र क्रियाशील शक्तिहरूसँग मूठभेड कायम राखेर माओवादी सशस्त्र द्वन्द्वको सैन्य समाधान खोज्ने राज्यको प्रयत्न निम्न कारणहरूले गर्दा अन्ततः प्रत्युत्पादक हुने अवश्यंभावी छः

पहिलोः राजनीतिक दल र नागरिक समाजसँग बढ्दो द्वन्द्वका कारण राज्य अथवा वर्तमान असंवैधनिक सरकार एक्लो र जनर्समर्थनविहिन हुँदै गएको छ र भविष्यमा झन् एक्लिँदै जानेछ ।
दोस्रोः दल र नागरिक समाजसँगको द्वन्द्व र दूरी बढाएका कारण माओवादी समस्या समाधानका लागि आवश्यक राजनीतिक र साङ्गठनिक शक्ति परिचालन गर्ने अस्त्र राज्यपक्षसँग उपलब्ध छैन । राज्यको प्रयास सैन्यबलको एकांकी र प्रत्युत्पादक प्रयोगमा सीमित हुँदै गएको छ र जानेछ ।
तेस्रोः अर्थतन्त्रमा प्रकट हुँदै गएका कमजोरीले गर्दा राज्यको प्रतिहिंसात्मक कारबाही र युद्ध रणनीतिलाई अर्थतन्त्रले लामो समयसम्म धान्न सक्दैन ।
चौथोः सैन्यशक्तिको एकांकी परिचालन गर्दा प्रशासनिक, सामाजिक, कानूनी र अन्तर्रर्ााट्रय जटिलता थपिँदै जान्छन् । सुरक्षा फौजको एकांकी प्रयोगले नागरिक प्रशासन क्रमशः ध्वस्त हुँदै जानेछ, सुरक्षा निकायका विविध घटकमा समन्वयको जटिलता बढ्नेछ र राज्यपक्षबाट मानवअधिकार उल्लङ्घनका घटना बढ्दै जानेछन् । यहीबेला नागरिक समाजबाट मानवअधिकार उल्लङ्घनको विरोधमा र विधिको शासनका पक्षमा प्रतिरोध आन्दोलन चर्कनेछ । यस्ता घटनाचक्रले राज्यपक्ष र सरकारको राष्ट्रिय अन्तर्रर्ााट्रय छविमा अझ बढी ह्रास ल्याउनेछ । परिणामतः राज्य पक्ष झन् बढी हतियारको आपर्ूर्ति, झन् बढी हतियार लुटिने हिंसात्मक सङ्र्घष्ा र पुनः हतियार प्राप्तिको दुश्चक्रमा पर्नेछ । यसमा आर्थिक साधन-स्रोतको न्यूनता अरू गम्भीर ढङ्गले प्रकट हुनेछ ।
पाँचौँः लामो हिंसात्मक द्वन्द्वले मुलुकलाई अन्तर्रर्ााट्रय सहयोगमा असहज र अस्वाभाविक ढंगले निर्भर गराउनेछ । यस्तो निर्भरताले क्रमशः अन्तर्रर्ााट्रय आलोचना र हस्तक्षेप निम्त्याउनेछ ।
माओवादीका निम्ति पनि हिंसा र हतियारको बाटो प्रत्युत्पादक नै हुनेछ । २१ औँ शताब्दीमा हिंसा र हतियारको बलमा अधिनायकवादी सत्ताको सम्भावना देख्नु एउटा कोरा कल्पना मात्र सावित हुनेछ । जुन कारणहरूले राज्यपक्षलाई सैन्यबल र प्रतिहिंसात्मक कारबाहीको निर्रथकतालाई सङ्केत गर्छन्, कमबेसी तिनै कारणहरूले गर्दा, माओवादी पक्षलाई पनि हिंसा,
आतङ्क र हतियारको बाटोको निर्रथकताको बोध हुनु जरुरी छ ।

राजा, दल र माओवादी संवादको खोजी
सात राजनीतिक पार्टर्ीीरा राष्ट्रिय सङ्कट समाधानका लागि प्रस्तावित मार्गचित्र, राजाको प्रत्यक्ष शासन र माओवादी अतिवादबाट मुलुकलाई मुक्त गर्दै संवाद र सहमतिको नयाँ सम्भावना खोज्ने उपायका रूपमा आएको छ । नेपाल अधिराज्यको संविधान २०४७ ले राजा, प्रतिनिधिसभा र राष्ट्रिय सभा सहितको व्यवस्थापिकालाई संसद भनेर सम्बोधन गरेको छ । अहिले प्रतिनिधिसभा विघटित छ र राष्ट्रिय सभालाई पनि बलपर्ूवक निष्त्रिmय बनाइएको छ । यसरी, संसदीय शक्तिबाट वञ्चित राजाको कदम एक्लो, विवादित र असंसदीय बनेको छ । सिङ्गो संविधान निष्त्रिmय पारी फगत संविधानको एउटा धारा- १२७ को त्यान्द्रो समाएर चालिएका राजाका यावत् कदम विवादित र असंवैधानिक सावित हुँदै गएका छन् । देश हार्ने युद्ध र हिंसाको मोर्चा खुलेको छ तर शान्तिपर्ूण्ा संवाद र सहमतिको संसदीय मोर्चा बलपर्ूवक र विवेकहीन ढंगले निष्त्रिmय बनाइएको छ ।
राजा र जनताका बीच संवैधानिक अधिकार र दायित्वका सबै बहस सडकमा निदान गर्नु उचित हो कि संसदको शान्तिपर्ूण्ा बहसमा -जुन संसदको एउटा महत्त्वपर्ूण्ा अङ्ग राजा स्वयं पनि हुन्) - राजाभन्दा बढी राजावादी हुनेहरूले यो प्रश्नको गाम्भर्ीयलाई बुझुन् । माओवादीहरूका निमित्त पनि एउटा यक्ष प्र्रश्न तर्ेर्सिएको छ- जनतालाई पर्ूण्ा रूपले र्सार्वभौमसत्ता सम्पन्न बनाउने आन्दोलन- जनताको चेतनाको आँगनमा शान्तिपर्ूण्ा ढङ्गले चर्काउने कि समग्र देश र अन्तर्रर्ााट्रय जनमत विरुद्ध गएर आत्मघाती युद्ध लड्ने - यस अर्थमा प्रतिनिधिसभाको पुनःस्थापना राजा, राजनीतिक दल र माओवादी सबैका लागि संवाद र सहमतिमा पुग्ने, देश र जनताको आँगनभरि प्रतिध्वनित हुने खुला छलफल र द्वन्द्वसमाधानको विश्वसनीय थलो बन्न सक्छ । पार्टर्ीी कार्यालय, माओवादीका कथित मुक्त क्षेत्र वा दरबारको खोपीमा द्वन्द्व समाधानका निम्ति खोजिने उपाय र सहमतिभन्दा जनताको र्सार्वभौम अधिकार प्रयोग गर्ने संसदको पारदर्शी बहस र सहमति निश्चय पनि बढी र्सार्थक, दिगो र जनमुखी हुन्छ । सरकारको रुप होस् वा संविधानको स्वरुप- विवेकपर्ूण्ा र वैध बहसको आधारभूमि संसदबाहेक अरू हुनसक्दैन । देश हार्ने युद्धबाट देशलाई जोगाऔँ।