हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४७ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

अर्थ/बजार

कस्मिक को विस्तार जारी

आन्तरिक उडानमा समेत जेट विमान प्रयोग गर्न थालेको कस्मिक एअरको विमान सङ्ख्या र उडान विस्तारको क्रम जारी छ । अघिल्लो साता भित्र्याएको पछिल्लो फोकर विमान समेत कस्मिक सँग अब चार वटा जेट, दुइटा डोर्नियर-३२८ र एउटा साब-३४० गरी कुल विमान सङ्ख्या सात पुगेको छ । नयाँ जेट विमानको आगमनसँगै यसले आफ्नो ढाका उडान हप्तामा तीनबाट पाँच पुर्‍याएको छ भने बनारस, कोलकाता र म्यानमारको याङ्गुनसम्म चाँडै नै सेवा शुरु गर्ने बताएको छ ।


कियाको सेराटो

कोरियन मोटर कम्पनी कियाको नयाँ कार सेराटो नेपाली बजारमा भित्रिएको छ । सेडान लक्जेरियस श्रेणी अर्न्तर्गतको यो कार औसत नेपाली कारप्रेमीहरूको रुचि र सामर्थ्य भित्र पर्ने विश्वास कियाको नेपालस्थित प्रतिनिधि कण्टिनेण्टल ट्रेडिङ इण्टरप्राइजले राखेको छ । सेराटो पारिवारिक उपयोगका निम्ति बढी उपयुक्त साबित भएको अनुभव कम्पनीको छ ।


कुमारी र इन्भेष्टमेण्टको हातेमालो

नेपाल इन्भेष्टमेण्ट र कुमारी ब्याङ्कले आ-आफ्ना ग्राहकहरूलाई एकअर्काको एटिएम सेवा प्रयोग गर्न सक्ने सुविधा मिलाएका छन् । दर्ुइ ब्याङ्कबीच भएको समझदारी अनुसार एउटा ब्याङ्कका ग्राहकले भीसा कार्डको प्रयोग गरी अर्को ब्याङ्कको एटिएमबाट पैसा निकाल्न तथा विभिन्न पसलहरूमा राखिएका प्वाइण्ट अफ सेल -पीएसओ) मेशिन प्रयोग गरी किनमेल गर्न सक्छन् । कुमारी ब्याङ्कका अनुसार दुवै ब्याङ्कका ग्राहकहरूले अब काठमाडाँै र पोखरामा रहेका १२ वटा एटिएम र ५०० भन्दा बढी पीएसओको प्रयोग गर्न पाउनेछन् ।


अब बाटिका साबुन

बाटिका श्रृङ्खलाअर्न्तर्गत सौर्न्दर्य प्रशाधनका विभिन्न सामग्रीहरू उत्पादन र बिक्री वितरण गरिरहेको डाबर नेपालले बाटिका हनि एण्ड स्याप|mन नुहाउने साबुन बजारमा ल्याएको छ । 'स्वच्छ उज्ज्वल त्वचाको प्राकृतिक रहस्य' को नारासहित बजारमा ल्याइएको यो साबुनमा मह र केशरको सम्मिश्रण रहेको र त्यसले छालालाई स्वच्छ राख्नुको साथै भित्रैदेखि निखार ल्याएर प्राकृतिक चम्किलोपन दिने दाबी कम्पनीले गरेको छ । १०० ग्राम तौलको यो साबुनको उपभोक्ता मूल्य रु.२० रहेको छ ।


भक्तपुरमा पहिलो एटिएम

नबिल ब्याङ्कले आफ्नो १२ औँ एटिएम काउण्टर भक्तपुरको दरबार क्षेत्रमा खोलेको छ । यसअघिसम्म भक्तपुरमा एटिएम काउण्टर थिएनन् । यो एटिएमको स्थापनाबाट भक्तपुरबासी तथा त्यहाँ आउने पर्यटकहरूलाई विशेष सुविधा पुग्ने विश्वास ब्याङ्कले गरेको छ ।


धरानमा स्टार्ण्र्डड चार्र्टर्ड

स्टार्ण्र्डड चार्र्टर्ड ब्याङ्क, नेपालले आफ्नो आठौँ शाखा धरानमा खोलेको छ । सन् १९८७ मा खुलेको यस ब्याङ्कमा ७५ प्रतिशत स्टार्ण्र्डड चार्र्टर्ड समूहको र २५ प्रतिशत नेपाली र्सवसाधारणको लगानी रहेको छ । नयाँ शाखा उद्घाटनका लागि नेपाल आएका ब्याङ्कको दक्षिण एशिया महाप्रबन्धक जसपाल एस. विन्द्राले १९ माघको घटनापछि केही असहजता उत्पन्न भएपनि आफूहरूले मैदान नै छाड्नुपर्ने गरी स्थिति नबिग्रिएको बताए ।