हिमाल खबरपत्रिका  
पूर्णाङ्क १४८ होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि 

आवरण - कार्टुनका कुरा - अप्ठ्यारो समयको सजिलो कला

अप्ठ्यारो समयको सजिलो कला

कार्टुनिष्टहारूको रचना अभिव्यक्तिका लागि संकटकाल परीक्षाको घडी हो । ऐना देखाउनेहरूले आफ्नै अनुहार पनि ऐनामै हेर्र्नुपर्ने हुन्छ भन्ने र्सवमान्य सिद्धान्तलाई सम्झिराखे भने नेपाली कार्टुनको विकासक्रम स्वाभाविक रूपले सही दिशातर्फअग्रसर रहिरहनेछ ।

सीके लाल

तथ्यलाई तर्कको कसीमा घोटेर सत्य उजागर गर्ने विद्या विज्ञान हो । तर मानिसको मनलाई सोझै तरङ्गति तुल्याएर सत्यसँग साक्षात्कार गराउने विधालाई कला भन्ने गरिन्छ । प्रतिभावानले विज्ञानमा महारथ हासिल गर्न मेहनत गरे पुग्छ, तर प्रज्ञा या ज्ञानचक्षु नखुलेसम्म सही अर्थमा कलाको सिर्जना सम्भव हुँदैन । टुक्का र कविता, विवरण र कथा, चित्र, चित्रकला र संरचना अथवा वास्तुजस्ता शब्दहरूको गहनता, बुझने भन्दा पनि अनुभव गर्ने विषय हो । संवेदना हो कला । असहजकालमा कलाको साधना सम्भव नै हुँदैन । अहिले धेरैजसो नेपालीहरू समय मात्तिएको इतिहासको त्यस्तै कलाविहीन कालखण्डका साक्षी बन्न पुगेका छन् ।
१९ जेठ, २०५८ मा जे भयो त्यसपछि कर्तव्य, वात्सल्य, सम्बन्ध वा प्रेमका कथाहरू जति जम्मै अपूरो र असत्य लाग्दछन् । हृतीक रोशन हल्लाबाट उत्पन्न आँधीमा सामाजिकताका जगहरू हल्लिए । इराकमा मारिएका नेपालीहरूको रापबाट काठमाडौँमा सल्केको आगोले आस्थाहरूलाई खरानी तुल्यायो । १९ माघ, २०६१ को शाही घोषणा सुनेका कलमहरू कविता कोर्दा शब्दहरूको आशय र अर्थको द्वन्द्वमा अल्झिने गर्छन् । माओवादीहरूको मुडेखोला नरसंहारपछि कुचीले कालो बाहेक अरु कुनै रंग नै चलाउन मान्ने छैन । तर पनि समसामयिक नेपालमा कला असम्भव नै नभए पनि दुरुह भने पक्कै छ । अहिले कलाका नाउँमा जे जति कामहरू भइरहेका छन् ती साधना नभएर पर््रदर्शन मात्र हुन् । आफ्नै कालखण्डसँग इमान्दारी गर्न नसक्ने कलाकारहरू कदापि कालातीत बन्न सक्दैनन् ।
यथार्थ त के अतिरञ्जना समेत अहिलेको नेपालमा फजुल बन्न पुगेको छ । राजाले संविधानको, तुलसी गिरीले सदाचारको, कर्ीर्तिनिधि बिष्टले प्रजातन्त्रको र प्रचण्डले जनअधिकारको कुरा गर्न थालेपछि हास्यव्यङ्ग्य विधाका महारथीहरू समेत हतप्रभ बन्न पुग्नु अस्वाभाविक होइन । असहज समय, शब्द र परिभाषाहरूको लागि सङ्कटकाल हो । शब्दकर्मीहरू भावबोधक अभिव्यक्तिको साटो विचारप्रधान रचना प्रवाह गर्न थाल्दछन् । कलाकारका कुचीहरू अन्तरनिहीत सत्यलाई उजागर गर्न छाडेर रूपको जटिलतामा अल्झिन पुग्छन् ।
सङ्कटकाल- कल्पनाको संसारलाई पनि लाग्दोरहेछ । अत्यधिक गतिविधि तर नगन्य क्रियाशीलताले नेपालको कला क्षेत्र मन्थन नभएर गन्थनको अर्थहीनतामा अल्झिएको आभास पाइन्छ । तर यस सिमसारलाई सहृय बनाएका छन् नेपालका उदीयमान सङ्गीतकर्मी तथा कर्तव्यनिष्ठ कार्टर्ुुष्टहरूले । ऊर्जा जस्तै कला कहिल्यै मर्दैन, त्यसको रुपान्तरण भने भई नै रहन्छ । नेपाली इतिहासको असहजकालका साक्षी पत्रकारलगायत धेरै छन्, तर समसामयिक परिवेशका सटिक व्याख्याकार नेपालका कार्टर्ुुष्टहरू हुन् । जमात अपेक्षाकृत सानो भए पनि प्रभावको दृष्टिकोणबाट नेपालका कार्टर्ुुष्टहरू शक्तिशाली सावित भएका छन् ।

रेखाको भाखा
मान्छेले लिपि स्थापित गर्नु अगाडि नै चित्र कोर्न शुरु गरिसकेको थियो । गुफाका भित्तेचित्रहरू आदिम समाजको प्रतिनिधि साहित्य हो । रेखाहरूको आफ्नै लय हुन्छ; सुर हुन्छ रंगमा । र, तिनको तालमेलबाट बन्दछ ज्यामितीय सङ्गीत । हुन त चित्रकला आफैँमा सम्पर्ूण्ा अभिव्यक्ति हो, तर सारपर्ूण्ा शब्दले चित्रलाई जीवन्त तुल्याउँदछ । रेखा र शब्दको संयोजनले कार्टर्ुुाई विशिष्टता प्रदान गरेको हुन्छ ।
कलाका अरू विधाहरू जस्तै कार्टर्ुुाई परिभाषित गर्नभन्दा, बुझन सजिलो हुन्छ । यथार्थको कलात्मक अनुकरण, असहज अवस्था तथा इमान्दार आक्रोशको रचनात्मक सम्मिश्रणले असल कार्टर्ुुबन्दछ । जे छ, त्यो ठीक छैन र जे हुनसक्छ त्यो गर्नुपर्छ भन्ने अवस्था र आदर्शको तालमेल मिलाउने कलामा कार्टर्ुुष्टहरू पोख्त हुन्छन् । चित्रमा जस्तो उपहास, विडम्बना एवं सर्न्दर्भको सम्मिश्रणलाई शाब्दिक अभिव्यक्ति दिन पानाका पाना खर्चिनुपर्ने हुन्छ । तर भारतको नेपाल नीतिलाई दर्शाउन रविन साय्मिलाई एउटै शब्द समेत बोल्नु परेन । बुझनेले बुझे । ऐना हो कला, तर कार्टर्ुुे यथास्थितिलाई आवर्धित -म्याग्निफाई) गरेर चरित्र तथा प्रवृत्तिका दोषहरूलाई बोधगम्य बनाउँछ ।


राजनीतिक कार्टर्ुुो क्षेत्रमा नेपाली कार्टर्ुुष्टहरूको रचना कमसेकम दक्षिण एसियामा कसैभन्दा कम छैनन् । प्रजातान्त्रिक नेपालको सङ्गीतलाई भाखाले जिते झैँ कलाको क्षेत्रमा रंगभन्दा रेखाहरूको वर्चस्व बढ्दो छ ।

विडम्बना, व्रि्रुप, नक्कल तथा उपहास- कार्टर्ुुलाका सामान्य अवयवहरू हुन्, तर अतिरञ्जना -एक्जागेरेशन) ले कार्टर्ुुो प्रहारलाई प्रभावकारी बनाउँछ । जुनसुकै प्रकारको कला र साहित्यले समाजलाई ऐना देखाइरहेको हुन्छ, यथार्थलाई प्रतिबिम्बित गरिरहेको हुन्छ । तर कार्टर्ुुनष्टको डर््राईङबोर्ड अवतल -कनकेभ) वा उत्तल -कनभेक्स) लेन्सहरू जस्तै हो, र्सकसहरूको चमत्कारी ऐना जस्तै- अनुहार त उस्तै उस्तै लाग्छ तर कुनैमा भुँडी ठूलो देखिन्छ भने कुनैमा कद सानो । थरीथरीका प्रतिबिम्बहरूमा यथार्थका विभिन्न आयामहरू एकसाथ प्रस्तुत भइरहेका हुन्छन् । कार्टर्ुुबनाउन चाहिने सूचना र ज्ञानको व्यापकता समेटेका लियनार्दो दा भिन्ची कार्टर्ुुलाका पर््रवर्तक मानिन्छन् । संवेदन र ज्ञानको सामन्जस्य बेगर अतिरञ्जनामार्फ् यथार्थ चित्रण सम्भव हुँदैन । त्यसैले कार्टर्ुुष्टको कुचीबाट कलाकारको जागृत प्रज्ञा र विद्वान्को खारिएको प्रतिभाले एकसाथ अभिव्यक्ति पाउँछन् ।
अतिरञ्जना पनि कार्टर्ुुअनुसारका हुन्छन् । घिरौँला जत्रो नाकको घमण्ड, हात्तीको जस्तो कानको असमञ्जस, औंला ठड्याउनेको अज्ञानता, बाङ्गो आँखाको धूर्त्याइँ, भुँडेको खन्चुवापन, अग्लोको हल्कापन वा होचोको हीनता शारीरिक दोषहरूको चित्रण नभएर कार्टर्ुुा प्रतिनिधिपात्र मार्फ् प्रवृत्तिले अभिव्यक्ति पाएको हुन्छ । त्यर्सथ जसको व्यङ्ग्य चित्र उतारिएको हो ऊ पनि दङ्ग नपरिरहनै सक्दैन । शब्दका व्यङ्ग्यबाणले घायल तुल्याउँछन्, तर रेखाद्वारा गरिएको उपहास कुतकुती लाए जस्तै हो- पीडादायक भइसकेपछि पनि बदलाको भावना मनमा आउँदैन । सन्देश प्रवाहको प्रभावी तरिका कार्टर्ुुहुनुको मुख्य कारण यस विधाको अन्तरनिहित हल्कापन हो- कुचीको मारमा पर्नेहरू पत्तै नपाई हाँसी-हाँसी ढलिरहेका हुन्छन् । राजेश केसीको माधव नेपाल, रविन साय्मिको शेरबहादुर देउवा र वात्सायनको गिरिजाप्रसाद कोइराला व्यक्तिचित्रहरू मात्र नभएर त्रासद समयका प्रतिनिधिपात्रहरूको निरीहताका अभिव्यक्ति पनि हुन् । आफ्नो कार्टर्ुुहेरेपछि पात्रले समेत आफ्ना गुणदोषहरूलाई सजिलै बुझन सक्दछन् ।

कार्टर्ुुो बोधगम्यताले नै हो, केटाकेटीहरू क्लिष्ट पाठ कमिक रूपमा पढ्न मन पराउँछन्, कार्टर्ुुफिल्म हर्ेन रुचाउँछन् । हुन पनि कार्टर्ुुो शुरुको स्वरुप निरक्षरहरूलाई इर्साई धर्मतिर आकषिर्त गर्न अतिरञ्जित ड्रइङहरूको पोस्टर तथा भित्तेलेखन हो । अहिले पनि एसटि्रक्स, टिनटिन तथा सुपरम्यान एवं र्टार्जनका कमिकबुकहरू विश्वभरि लोकप्रिय छन् । टेलिभिजनमा रामायण तथा महाभारत आउनु अगाडि भारतका घरघरमा धर्मग्रन्थ, अकवर-बीरबल तथा तेनालीराम पुर्याउने इण्डिया बुक हाउसका कमिक बुकहरू थिए । कार्टर्ुुे हास्यव्यङ्ग्यलाई प्रधानता दिन्छ भन्ने मान्यता राजनीतिक कार्टर्ुुो व्यापकताबाट आएको हो । राजनीतिक कार्टर्ुुाई अखबारका पाठकहरूको नियमित खुराक बनाउने श्रेय भने अमेरिकाको 'पेनी प्रेस' तथा पीत पत्रकारिताको प्रतीक मानिने सन् १८९५ मा न्यूयोर्क वर्ल्ड मा जन्मिएको कार्टर्ुुचरित्र 'येलो किड' लाई दिइन्छ ।
नेपालमा राजनीतिक कार्टर्ुुो सुरुआत विभिन्न पत्रपत्रिकाको गाईजात्रा अङ्कबाट भएको हो भन्दा अतिशयोक्ति हुँदैन । तर नेपाली कार्टर्ुुष्टहरूका मस्तिष्क र हात ०४६ सालपछि मात्र केही हदसम्म स्वतन्त्र भएका हुन् । कार्टर्ुुार्फ् सांस्कृतिक शक्तिमाथि अझै पनि कमै प्रहार हुने गरेको छ । तर, राजनीतिक कार्टर्ुुो क्षेत्रमा नेपाली कार्टर्ुुष्टहरूको रचना कमसेकम दक्षिण एसियामा कसैभन्दा कम छैनन् । हो, भारतका आरके लक्ष्मण, सुधिर तैलङ्ग वा अबु अव्राहमका जस्ता कमन म्यान, नेताजी वा गुरुचेला जस्ता काल्पनिक चरित्र वा नायक नेपाली कार्टर्ुुष्टहरूले अझै आविष्कार गरिसकेका छैनन् । विवरणात्मक टिप्पणीमै सीमित छन् धेरैजसो कार्टर्ुुष्टका रचना, तर एक-डेढ दशकभित्र बढेको क्रियाशीलतालाई उल्लेखनीय उपलब्धिकै रूपमा लिइनर्ुपर्दछ । प्रजातान्त्रिक नेपालको सङ्गीतलाई भाखाले जिते झैँ कलाको क्षेत्रमा रंगभन्दा रेखाहरूको वर्चस्व बढ्दो छ ।

परिवर्तनको सङ्केत
नेपाली कार्टर्ुुष्टहरूकै स्वीकारोक्ति अनुसार उनीहरूको पेशा अब ठट्टाको विषय रहेन । चित्रकार, फोटोग्राफर, पत्रकार वा टिप्पणीकार जस्ता परिचयका पछाडि लुक्नुपर्ने कलाकारहरू अब र्सगर्व आफूलाई कार्टर्ुुष्ट भएको दाबी अगाडि तेर्स्याउँछन्, यद्यपि, अझै पनि कतिपय रेखाचित्र कोर्नेहरू कार्टर्ुुष्ट कहलिन लायक भइसकेका छैनन् । आउँदा दिनहरूमा कार्टर्ुुष्टहरूको 'उपस्थिति' छापा मिडियाका साथै टेलिभिजनमा समेत विस्तारित हुने प्रारम्भिक लक्षणहरू देखिन थालिसकेका छन् । कार्टर्ुुष्टको पेशालाई सही गति र दिशा प्रदान गर्ने जिम्मेवारी अहिले क्रियाशील रहेका पेशाधर्मीहरूकै काँधमा छ ।
अन्य पेशाहरूमा जस्तै कार्टर्ुुलामा पुरुषहरूको एकाधिकार लैङ्गकि समानताका पक्षधरहरूका लागि चिन्ताको विषय हुन सक्दछ । हुन त व्यक्तिगत स्वतन्त्रताको स्वप्नभूमि मानिने अमेरिकामा समेत जम्माजम्मी २४ प्रतिशत राजनीतिक टिप्पणीकार एवं मात्र ४ प्रतिशत कार्टर्ुुष्टहरू महिला छन्, तर टिप्पणीको क्षेत्रमा नेपाली नारीहरूको उल्लेख्य उपस्थिति भए पनि व्यङ्ग्यरेखामा कुनै पनि विदुषी अहिलेसम्म देखा नपर्नु घतलाग्दो अवस्था हो । लैङ्गकि संवेदनशीलता र्सार्वजनिक चासोको विषय नभएकै बेला एकजना प्रसिद्ध पुरुष कार्टर्ुुष्टले भारतमा महिला कार्टर्ुुष्टको अभावका बारेमा हल्का टिप्पणी गरेका थिए, "तिनलाई आफैँ ऐना हर्ेनबाट फर्ुसद हुँदैन, अनि कुनबेला समाजलाई ऐना देखाउनु !" तर राजनीति प्रधानताले गर्दा ओझेलमा परेका धार्मिक, सांस्कृतिक तथा सामाजिक मुद्दाहरूलाई कार्टर्ुुो माध्यमबाट प्रकट गर्न यस विधामा महिलाहरूका साथै अन्य सिमान्त समूहका व्यक्तिहरूको उपस्थिति आवश्यक छ ।
कार्टर्ुुष्टहरूको विषय संयोजनको विस्तार सँगसँगै, कार्टर्ुुरूमा तिख्खरता ल्याउन कहिलेकाहीँ सन्देशलाई माध्यमले छोप्ने प्रवृत्तिमा सुधार ल्याउनु जरुरी छ । नेपालका स्थापित कार्टर्ुुष्टहरूमा समेत राम्रो कलाकार कहलिने मोहले गर्दा, कार्टर्ुुो कला सौर्न्दर्यभित्र त्यस कृतिको तीतो सन्देश फिका भइरहेको हुन्छ । उसै पनि कार्टर्ुुो भूमिका असाध्यै जटिल छ- एउटा राम्रो कार्टर्ुुे खिस्सी गर्ने, जिस्काउने, कुतकुती लाउने, खबरदारी गर्ने, सपार्ने, शिक्षा दिने, हप्काउने, तर्सर्ााे, रुवाउने, हँसाउने र विस्मित गर्ने काम एकैसाथ गरिरहेको हुन्छ । त्यसमा कलाकृतिको बोझ थपिदिएपछि त कार्टर्ुुर्सवसाधारणको नभई जानकार समूहको मात्र विषय बन्न सक्छ । तर्सथ सामान्य व्यक्तिसँग वार्ता गर्ने कार्टर्ुुष्टहरूले विशेषज्ञ बन्ने मोह छोड्दा नै उपयुक्त हुन्छ । भारतका आरके लक्ष्मण आफ्नो विद्वत्ता, वार्ता तथा लेखमार्फ् प्रकट गर्ने गर्दछन् । उनका कार्टर्ुुरू भने सीमित साक्षरता भएका व्यक्तिहरूले समेत सजिलै बुझन सक्ने किसिमका हुन्छन् ।
तथ्य अर्थात् घटित भइसकेका घटनाहरूबारे टिप्पणी गर्ने नेपालको लेखकीय रोगबाट कार्टर्ुुष्टहरू पनि पर्ूण्ातः मुक्त छैनन् । तर असल कलाकृतिले देखाउने ऐनामा जे छ त्यो मात्र होइन, जे हुनसक्छ त्यसको समेत प्रतिबिम्ब देखिन्छ । वास्तविकताको रचनात्मक संस्करण हो कला, विवरण सङ्कलन वा यथार्थ चित्रण विज्ञानका विषयहरू हुन् । वास्तविकता बन्नु अगाडि नै परिस्थितिले कलाकारको कल्पनामा आफ्नो उपस्थिति जनाइसकेको हुन्छ । कलाको भविष्यमुखी भूमिकालाई आउँदा दिनहरूमा नेपाली कार्टर्ुुष्टहरूले अझ बढी सशक्त रूपले अगाडि ल्याउनुपर्ने छ ।
मार्क्सवादी अवधारणा अनुसार जुन समाजमा कला व्याप्त हुन्छ, त्यहाँ यथास्थितिको जरो गहिरोसम्म पुगेको हुन्छ । शास्त्रीय सङ्गीत, दर्शन, साहित्य वा कला फैलिएको समाजमा राजनीतिक परिवर्तन या त हुँदैहुँदैन वा भइहाले पनि अत्यन्त हिंसात्मक प्रकृतिको हुन्छ, जस्तो कि भोल्तेको प|mान्स, नित्सेको जर्मनी वा टाल्सटायको रूसमा भयो । दिगो तथा स्थायी परिवर्तनका लागि प्रतिकला -काउन्टर आर्ट)- सुगम सङ्गीत, एकांकी नाटक, अकविता, छोटो कथा, लेख तथा कार्टर्ुु बढी प्रभावकारी हुने गर्दछन् । ०४६ सालपछि नेपालमा उर्लिएको प्रतिकला आन्दोलनले प्रजातान्त्रिक संस्कार संस्थागत हुने आश जगाएको थियो । १९ माघपछि सुस्तरी शास्त्रीयतातर्फनेपालका कलाकर्मीहरूको झुकाव बढ्न थालेको देखिएको छ । लेखमा आक्रोशको साटो अवसाद, सङ्गीतमा गतिभन्दा माधर्ुय तथा कलाकृतिहरूमा छटपटीको ठाउँमा निराशाले प्राथमिकता पाउँदै जानु समाज जड बन्दै गएको खतरनाक सङ्केत हो । यस स्थिरताका बाबजूद प्रतिकलालाई गति दिन लागेका कार्टर्ुुष्टहरूको प्रयास केही हदसम्म र्सवत्र फैलिएको भयभीत मौनतालाई तोड्न सफल भइरहेको छ ।
सुतिरहेकाहरूलाई जगाउन चर्को स्वरमा कराए पुग्छ । राजनीतिकर्मीहरूले त्यही गरिरहेका हुन्छन् । जागृतलाई संवेदनशील बनाउने काम साहित्यकार र कलाकारहरूको हो । संवेदनशीललाई क्रियाशील तुल्याउन पेशाधर्मीहरूको अग्रसरता अपरिहार्य हुन्छ । तर जागेकै बखत सुतेको बहाना गर्ने संवेदनहीनहरूलाई चिमोटेर तिनको पोल खोल्ने काम कार्टर्ुुष्टहरू जतिको प्रभावकारिताका साथ शायद कमै मात्र अ-कलाकारहरू -काउन्टर आर्टिष्टस्) ले गर्न सक्लान् । असहजकालमा सबै खाले अ-कलाकारहरूको जिम्मेवारी स्वाभाविक रूपले बढ्छ, तर कार्टर्ुुष्टहरूको रचना अभिव्यक्तिका लागि संकटकाल परीक्षाको घडी हो । अन्ततः ऐना देखाउनेहरूले आफ्नै अनुहार पनि ऐनामै हर्ेर्नुपर्ने हुन्छ भन्ने र्सवमान्य सिद्धान्तलाई सम्झिराखे भने नेपाली कार्टर्ुुो विकासक्रम स्वाभाविक रूपले सही दिशातर्फअग्रसर रहिरहनेछ । असहजलाई सामान्य तुल्याउन अकलाकारहरूको अग्रणी भूमिकालाई सबभन्दा सशक्त रूपले कार्टर्ुुष्टहरूले नै अहिले प्रतिनिधित्व गरिरहेका छन् ।

छलाङ !


पञ्चायतकालमा राजालाई व्यङ्ग्य गर्नु प्रायः असम्भव मानिन्थ्यो  । लेख्नैपर्दा कि मन्त्री/प्रधानमन्त्रीलाई उडाइन्थ्यो कि दरबारका सचिवलाई । गाइजात्रामा पनि संभव थिएन । तर कार्टर्ुुकला चाहिं समय र प्रविधिसँगै माझदिै आएको आएको थियो । राजनीतिक स्वतन्त्रताको अभावमा सामाजिक विषयवस्तुको शरण पर्नैपर्ने बाध्यता थियो । २०२१ तिर नयाँसन्देश का लागि बात्स्यायनले कार्टर्ुुलेख्दा सम्पादक रमेशनाथ पाण्डेले विचार दिन्थे र लेखिन्थ्यो, 'नयाँ सन्देशको दृष्टिकोण बरालबाट ।' शशी शाह, टेकवीर मुखिया, वात्स्यायन, बलराम थापा, खोकना आदिले डोर्‍याउँदै ल्याएको कार्टर्ुुलामा उज्ज्वलकुन्दन ज्यापु, धीरजकुमार दाहाल -डिकेड) जस्ता स्रष्टाहरू पनि तानिदै गए ।

करीव दर्ुइ दशकअघि युनिसेफका जर्ज मेक्विनको प्रयासमा प्रकाशित नवदृश्य ले कार्टर्ुुष्टहरूलाई सिर्जनात्मक बन्ने अर्को प्लेटर्फम दियो । वात्स्यायन, शशी, उज्ज्वलकुन्दन, शरद रञ्जित, दीपक श्रेष्ठलगायतका धेरे प्रतिभाले नवदृश्यमार्फ आफूलाई प्रशस्तै तिखारे । पत्रिकाका गाइजात्रे अंकहरूले कार्टर्ुुसिर्जनामा लहर र विकृति दुबै ल्याएको धेरैको ठम्याइ छ । तर त्यतिखेर अश्लीलतालाई समेत हास्यव्यङ्ग्यको एउटा 'आउटलेट' मान्नुपर्ने परिस्थिति थियो  । नेपाली कार्टर्ुुविधाको सशक्तीकरणका लागि ४६ सालअघि गाइजात्राले धेरै सहयोग गरेको तथ्य स्वीकार्नैपर्छ ।
राजनीतिक कार्टर्ुुे मूलतः ४६ सालको परिवर्तनपछि मात्र मौलाउने, फस्टाउने मौका पाएको हो । र, सँगसँगै शुरु भयो व्यावसायिक पत्रकारिताको चरण । कार्टर्ुुछाप्ने माध्यम बढे, पाठकर्/दर्शकहरू पनि बढ्दै गए । मूलधारको भनिने राजनीतिक कार्टर्ुुसशक्त हुँदै गएपछि भाँडभैलो लगायतका गाइजात्रे प्रयोगहरू ओझेल पर्दै गए । दर्ुइ दशकअघिसम्म काठको ब्लक बनाएर कार्टर्ुुछापिन्थ्यो भन्दा आजभोलि अनौठो लाग्न सक्छ । मोफसलका स्रष्टाहरूले एयर डकुमेन्ट गरेर आफ्नो सिर्जना राजधानीका पत्रिकाहरूमा पठाउँथे । त्यसपछिका माध्यम बने कुरिअर र फ्याक्स । आजभोलि राजधानीभित्रका कतिपय कार्टर्ुुष्टहरू आआफ्नो वर्किङडेस्कमै कार्टर्ुुबनाउँछन्, स्क्यान गर्छन्, कम्युटरमा 'कलर' गर्छन् र इमेल गरेर आआफ्नो प्रकाशनमा पठाउँछन् । बात्स्यायन भन्छन्, "कार्टर्ुुष्टहरूका लागि प्रजातन्त्र वरदान भयो  ।"

पेशल