| आवरण
कार्टुनको शक्ति कार्टुनिष्टको शान
नेपाली सञ्चारजगतका निम्ति कालो कालखण्ड ठहरिएको
१९ माघपछिको अवधि राजनीतिक कार्टुन वा कार्टुन-पत्रकारिताका लागि पनि
उत्तिकै चुनौतीपर्ूण्ा थियो । तर, आँट र सिर्जनात्मक क्षमता प्रयोग
गरी प्रतिगमन र राजनीतिक, प्रशासनिक आदि विसङ्गतिहरूमाथि चोटिलो प्रहार
गर्ने कुरामा संवाददाता, स्तम्भकार वा कतिपय सम्पादकहरूलाई समेत कार्टुनिष्टहरूले
पछाडि पारे । कार्टुनको शक्ति र प्रभाव बढेकै हिसाबले नेपाली कार्टुनिष्टहरूको
व्यावसायिक शान, मान र दाम पनि बढिरहेको पाइन्छ ।
पेशल पोख्रेल
वर्तमान सत्ता
र त्यसका र्समर्थकहरूले वकालत गर्न थालेको 'राष्ट्रवादी' शिक्षा र
त्यसले पढाउने राष्ट्रवादको पाठ कस्तो होला भनेर बुझन २२ जेठ २०६२
को कान्तिपुर दैनिकमा प्रकाशित आमुख कार्टर्ुुहेरे पुग्छ । भावी पुस्तालाई
व्यक्तिपूजक र पङ्गु बनाउने एउटा विसङ्गत योजनालाई उदाङ्ग पार्न व्यङ्ग्य-चित्रकार
दर्ुगा बराल -वात्स्यायन) को त्यो एउटै झटारो पर्याप्त लाग्छ ।
यत्तिकै सटिक लाग्छ २१ जेठमा प्रकाशित वात्स्यायनकै 'बसिबियाँलो' ।
कुनै प्रकाशनको प्रधान सम्पादकको कार्यकक्षमा सैनिक पोशाकमा बसिरहेको
एउटा चरित्रले विभिन्न नियन्त्रणमुखी ऐन/अध्यादेशमार्फ् सञ्चारमाध्यमलाई
अपाङ्ग र कुण्ठित बनाउने सत्ताधारीहरूको कसरतलाई स्पष्ट देखाउँछ ।
अहिले सञ्चारमाध्यमहरूले भोगिरहेको त्रास र आतङ्कको प्रतिबिम्ब पनि
हो त्यो ।
'१९ माघ' पछिको त्रास र अन्यौल नेपाली कार्टर्ुुष्टहरूका लागि पनि
अपवाद बन्न सकेन । अभिव्यक्तिका प्रायः सबै स्रोत बन्द थिए । फोन,
इन्टरनेटसमेत 'एकादेशका कथा' बनेका थिए । सञ्चारमाध्यममा सेन्सर गर्न
पुगेका 'अतिथि सम्पादक' -सैनिक अधिकारी) हरूले कार्टर्ुुष्टहरूलाई
अलग्गै भने, "होश पुर्याउनु नि !" सम्पादक, प्रकाशकहरूबाट
पनि 'र्सतर्क हुने' सुझाव आएपछि व्यङ्ग्यचित्रकारहरूसामु खुम्चिनुबाहेक
अर्को विकल्प थिएन । निर्भिक व्यङ्ग्यका निम्ति कहलिएका वात्स्यायनसमेत
केही दिन नरम बने । उनी भन्छन्, "मेरो कारणले पत्रिका र सम्पादकले
दुःख नपाउन् भनेरै म खुम्चिएँ ।"
तस्बिरहरूः किरण पाण्डे
बायाँबाट क्रमशः अविन, वात्स्यायन, रविन र राजेश । |
तर कार्टर्ुुष्टहरूको व्यङ्ग्य-चेतले
धेरै दिन सुस्ताउन मानेन । उनीहरूले एक-डेढ हप्ताभित्रै विभिन्न बिम्ब,
प्रतीक र सामाजिक विषयवस्तुमार्फ् राजनीतिक विसङ्गति/प्रतिगमनको खिल्ली
उडाउन थाले । तर, एउटा सौभाग्यको कुरा भनौँ; राजनीतिक समाचार/टिप्पणीका
शब्द-शब्दमा खोचे थाप्ने 'अतिथि सम्पादक' हरूले कार्टर्ुुा प्रतीकात्मक
कुराहरू चाहिँ धेरै बुझेनन् । २० माघको जनआस्था साप्ताहिक मा प्रकाशित
रविन साय्मिको 'परेवाको युग फर्किएको' सन्देशयुक्त कार्टर्ुु१९ माघलाई
उल्याउने पहिलो रेखाङ्कन थियो । रविनका अनुसार, त्यस्ता प्रतीकमार्फ्
पनि व्यङ्ग्य चित्रकारहरूले आफ्नो कर्तव्य पूरा गरे ।
समय साप्ताहिक सँग सम्बद्ध कार्टर्ुुष्ट अविन -अविन्द्रमान श्रेष्ठ)
ले 'कुन चाहिँ प्रजातन्त्र दिवस - ०७ को, ४६ को कि अहिलेको -' भन्दै
राजाद्वारा घोषित 'एक्काइसौँ शताव्दीको प्रजातन्त्र' को धज्जी उडाएर
विषय-प्रवेश गरे । रविन साय्मिले प्रजातन्त्र र नेपाली जनताको दर्ुगति
औंल्याएर सङ्कटकालीन घोचपेच आरम्भ गरे । कान्तिपुर पव्लिकेशन्स सँग्ा
सम्बद्ध राजेश केसीले 'नोकिया, इरिक्सन, मोटरोला... बेच्नेलाई धार्नीको
पैतालीस' भन्दै सूचनासञ्जाललाई कुँजो बनाउने प्रपञ्चमाथि औंला ठड्याए
। रमेश विष्टले प्रेसलाई शैय्यामा सुताइएको कार्टर्ुुबनाएका थिए, साप्ताहिक
विमर्श मा आएका अतिथि सम्पादकले आपत्ति जनाए । नत्र त्यो ठाउँ खाली
जान्छ भनेर धेरै गलफत्ती गरेपछि अन्ततः कार्टर्ुुरोकिएन । विष्ट भन्छन्,
"देशको यथार्थलाई प्रत्यक्ष देखाउन/घोचपेच गर्न गाह्रो थियो,
त्यो बेला भुटान वा पाकिस्तानका कुरा देखाएर पनि नेपाली सत्तालाई व्यङ्ग्य
गरियो ।"
 |
पोखरानिवासी वात्स्यायन चाहिँ काठमाडौँका
पत्रकार/स्तम्भकारहरूको कलमको गति र शक्ति तौलिरहेका थिए । हिमाल का
पाना नियालिरहेका वात्स्यायनले कान्तिपुर मा खगेन्द्र सङ्ग्रौलाका
एक-दर्ुइ वटा व्यङ्ग्यपर्ूण्ा आलेख देखेपछि ठाने, "अब आँटे हुन्छ
।" पुनः प्रकट भएको वात्स्यायनको निर्भिकताले सञ्चारकर्मीदेखि
राजनीतिज्ञहरूसम्मको मनोबल बढाउने काम गर्यो । यद्यपि, प्रजातान्त्रिक
अवस्थामा जस्तो सहज स्थिति अहिले छैन । बोल्ने ज्रि्रो, लेख्ने कलम
नजिकै ठड्याइएका तीखा झीर र नियन्त्रणका मुङ्ग्रीहरू यथावत् छन् ।
मिडियाप्रति अनुदार हुने सरकारी प्रपञ्चले बारम्बार आफ्नो अनुहार देखाइरहेको
छ । सञ्चार ऐन संशोधनसम्बन्धी प्रस्तावित अध्यादेश यसको उदाहरण हो
। यो पृष्ठमूमिमा नेपाली कार्टर्ुुष्टहरूमा एउटा बोझ थपिएको छ - 'सेल्फ-सेन्सरसिप'
-आत्मनियन्त्रण) को । राजेश केसीका अनुसार, फुत्किने उपाय आफैँ सोचेर
कार्टर्ुुबनाउनुपर्ने स्थिति छ । जुनसुकै बेला जुनसुकै निहुँमा जोरी
खोज्न सक्ने सत्ताको नियत/चरित्रसँग भलिभाँती परिचित कार्टर्ुुष्टसामु
संयमसँगै साहस देखाउनुपर्ने दोहोरो दायित्व आएको छ । र, बढिरहेको छ
कार्टर्ुुो मूल्य र महत्त्व । वासु क्षितिज यसलाई 'कार्टर्ुुष्टहरूमा
आएको नयाँ जिम्मेवारी' ठान्छन् । भन्छन्, "अभिव्यक्तिका अन्य
सबै मुहान बन्द भएको बेला कार्टर्ुुष्टमाथि एकखाले दबाब पनि आउँदोरहेछ-
पुर्याउनुपर्ने सन्देश जसरी भएपनि पाठकसमक्ष पुर्याउने ।"
यस्तै जिम्मेवारी-बोध गरेर क्षितिजले १७ चैतको बुधबार साप्ताहिकमा
भुटानको प्रस्तावित संविधानसँग नेपाली राज्यसत्ताको तुलना गर्दै एउटा
कार्टर्ुुबनाए । त्यसको व्यङ्ग्योक्ति थियो, "हामी भुटानभन्दा
अगाडि छौँ कि पछाडि हँ -" बुधबार का सम्पादक र्सर्ूय थापालाई
पटक-पटक बयानका निम्ति बोलाएर तेजोबध गर्न खोजिरहेको राज्यसंयन्त्रले
क्षितिजको कार्टर्ुुो आशय/मनसाय बारे समेत थापासँग स्पष्टीकरण माग्यो
। थापाले जवाफ दिए, "राजतन्त्रात्मक दर्ुइ देशका संविधानबीच तुलना
गर्नुको आशय र नियत स्पष्ट गराइरहनर्ुपर्छ र -"
सङ्कटकालका बेला -१९ माघ- १७ वैशाख) सावधानीपर्ूवक बनाइएका कतिपय कार्टर्ुुछाप्न
सम्बद्ध सञ्चारमाध्यमहरू नै हच्किए । उदाहरण हुन् वात्स्यायनका दर्ुइ
कार्टर्ुु। अदालतको फैसला नमान्ने सरकारमाथिको कटाक्षलाई त्यतिखेर
'अलि कडै' मानेको कान्तिपुर दैनिकले वात्स्यायनको अर्को कार्टर्ुुमेत
छापेन । कान्तिपुर ले नयाँ परिस्थितिमाथि असहमति जनाउँदै नाटक, तरकारी
खेतीजस्ता विषयमा सम्पादकीय लेखिरहेको समयमा वात्स्यायनले त्यसैमाथि
व्यङ्ग्य ठोकेका थिए । व्यङ्ग्योक्ति थियो, "गजबको छ आजको सम्पादकीय-
उत्कृष्ट ममः संभावना र चुनौती ।"

मोहनश्याम महर्जन 'खोकना' । |
उत्तम नेपालले बनाएका सात वटा कार्टर्ुुराजधानी
दैनिकको सम्पादन समूहले 'गाह्रो हुन्छ, छाप्न सकिन्न' भनेर फर्काइदियो
। ती कार्टर्ुुमन्त्री रमेशनाथ पाण्डे, मानवअधिकार, सञ्चार-नियन्त्रण,
कर्ीर्तिनिधि विष्टबारे थिए । उत्तम भन्छन्, "१९ माघअघि प्रकाशन-संस्थाबाटै
कार्टर्ुुसेन्सर भएको अनुभव थिएन मसँग ।" अहिले एकखाले बन्धनको
अनुभव गरिरहेका उत्तम कार्टर्ुुाई वैचारिक आक्रमण ठान्छन् । उनी थप्छन्,
"मेरो आक्रमणलाई चाहिँ सहकर्मीहरूले नै पचाउन सकेनन् ।"
अहिलेका प्रायः सबै कार्टर्ुुष्टहरूले कुनै न कुनै समयमा सरकारी मुखपत्र
गोरखापत्र मा कार्टर्ुुबनाएका थिए । प्रायः सबैको अनुभव रहृयो, "गोरखापत्रमा
राजनीतिक कार्टर्ुुबनाउनुअघि तीनचोटि सोच्नु र सोध्नर्ुपर्छ ।"
गोरखापत्रका पछिल्ला स्तम्भकार रमेश विष्ट भन्छन्, "त्यहाँका
हाकिमहरू कार्टर्ुुेखि असाध्यै डराउँछन् ।" त्यसको कारण पनि छ,
पञ्चायतकालमा कार्टर्ुुै कारण गोरखापत्र का केही पर्ूवसम्पादकहरूको
जागिर हल्लिएको थियो । प्रजातान्त्रिक सरकारका पालामा समेत वात्स्यायनको
एउटा कार्टर्ुुाई लिएर तत्कालीन सम्पादक तारा बरालले संसदमा स्पष्टीकरण
दिनुपरेको थियो । १९ माघयताको त कुरै अर्कै ।
जहाँ इच्छा, त्यहाँ उपाय
अनुदार सत्ताको त्रासले हाम्रा कार्टर्ुुष्टहरू कार्टर्ुुलेख्नुअघि
दोहोर्याएर सोच्न बाध्य छन् । तर कुनै विचार/अवधारणालेे घच्घच्याइसकेपछि
प्रायः सबै त्यसलाई त्यत्तिकै थन्क्याउन चाहँदैनन् । सोझै लेख्न गाह्रो
छ भने आइहाल्छ वक्रोक्ति । अनि, बिम्ब, उपमाको प्रयोग गरेरै भएपनि
उनीहरू घोच्नुपर्ने ठाउँमा घोचेरै विश्राम लिन्छन् । पत्रकारले प्रत्यक्ष
लेख्न नसकेका कुरालाई कलात्मक प्रस्तुतिमा उतार्ने सामर्थ्य र छूट
दुवै भएरै हुनसक्छ, बेलाबेलामा व्यङ्ग्य चित्रकारहरूले सम्पादकीय विचार/विश्लेषणलाई
समेत अगुवाई गरिरहेका हुन्छन् । १९ माघपछिका केही साता यसको झल्को
मिल्यो । शाही आयोगको अवैधानिक गठन र निर्रथकता देखाउने काममा कार्टर्ुुष्टहरूले
नै अगुवाई गरे । राजनीतिक क्रियाकलाप र र्सार्वजनिक भाषणमा रोक लगाइएको
बेला कोठाभित्र एक्लै भाषण गरिरहेका राजनीतिककर्मी माथिका कटाक्षहरू
प्रकारान्तरले यस्तो बन्देज लगाउने निकाय र व्यक्तिमाथिकै छेडखानीहरू
थिए ।
|
| सुमन मानन्धर, वासु क्षितिज, रमेश विष्ट र
उत्तम नेपाल । |
राजेश केसी नजरबन्दमा रहेका शर्ीष्ास्थ नेताहरूको बेहाल
देखाएर लेख्दैथिए, "कि हजामकाँ जान दिन पर्यो, कि हजामलाई आउन
दिन पर्यो नभए ग्रेण्ड कैची पाऊँ ।" त्यहाँ बन्धनको पीडामात्र
हैन, शासकीय ज्यादतीमाथि आवश्यक घोचपेचसमेत अभिव्यक्त भइरहेको थियो
। डा. तुलसी गिरीलगायतका पात्रहरूलाई अघि लगाएर २०१७ सालको शासकीय
दम्भ देखाइरहेको शासनसत्तालाई रविन साय्मिको 'नववर्ष२०१७ को शुभकामना'
ले जति र्छलङ्ग पार्छ, त्यति नै यथार्थपरक छ- अविनको अर्को एउटा सिर्जना
जहाँ एउटा अदृश्य शक्तिले नयाँवर्ष२०६२ लाई सम्बोधन गर्दैर् भन्छ,
"आइपुग्यौ - ल अब हात बन्द गर, मुख बन्द गर अनि आँखा चिम्लेर
बिस्तारै अघि बढ ।" नेपाली कार्टर्ुुष्टहरूलेे यसपटक पर््रदर्शन
गरेको यस्तै साहस र चातर्ुयको एशोसिएट प्रेस, टाइम्स अफ इण्डिया, द
स्टेट्समेन लगायतका भारतीय सञ्चारमाध्यमसँगै युरोप, अमेरिकाका पत्रिकाहरूले
समेत प्रशंसा गरे । ११ मार्चको ताइपर्ेइ टाइम्स ले लेखेको छ, "नेपाल्स
कार्टर्ुुष्ट से हृवाट रिपोर्टस कान्ट से -संवाददाताले भन्न नसकेका
कुरा नेपाली कार्टर्ुुष्टले भन्छन्) ।" २० फेब्रुअरीको डेक्कन
हेराल्ड को 'फरेन पानोरामा'मा प्रकाशित नेपालसम्बन्धी एउटा विश्लेषणको
शर्ीष्ाक थियो, "लाफ्टर एण्ड सटायर इन द टाइम अफ सेन्सरसीप -सेन्सरसीपको
समयमा हँस्यौली र व्यङ्ग्य) ।"
नेपाली कार्टर्ुुष्टहरूको व्यङ्ग्यचेतलाई विदेशी टिप्पणीकारहरूले त्यत्तिकै
स्याब्बासी दिएका होइनन् । डेढ दशकयता राजनीतिक कार्टर्ुुा क्षेत्रमा
नेपाली कलाकारहरूले छलाङ नै मारेका छन् । त्यसको अगुवाई गरिरहेका छन्
यो अङ्कको आवरणमा प्रस्तुत वात्स्यायन, रविन, अविन र राजेशले । मूलतः
राजनीतिक विषयवस्तुमा केन्द्रित यी कार्टर्ुुष्टहरू दक्षिण एसियाका
समकक्षीहरूकै हाराहारीमा भएका धेरै दृष्टान्तहरू छन् । त्यो अर्थमा
भारतीय पाठकजत्तिकै नेपाली पाठकहरूले व्यङ्ग्यचित्रको स्वाद लिन पाएका
छन् । यदाकदा अङ्ग्रेजी प्रकाशनका निम्ति कार्टर्ुुबनाउने नेपाली टाइम्स
का सम्पादक कुन्द दीक्षितको भनाइमा दक्षिणपर्ूर्वी एसियामा यो विधामा
नेपाल, भारतभन्दा अगाडि देखिएको एउटै मात्र देश हो- फिलिपिन्स । त्यहाँ
फर्डिनान्ड मार्कोसको तानाशाही सकिनासाथ हृवात्तै मौलाएको कार्टर्ुुवधा
व्यापक पनि छ, उत्ताउलो पनि । अन्यत्रका पत्रपत्रिकामा राजनीतिक कार्टर्ुुे
पाइआएको स्थानभन्दा नेपाली कार्टर्ुुे बढी स्थान र महत्त्व पाएको स्वीकार्दै
वात्स्यायन भन्छन्, "गर्वसाथ भन्न सकिन्छ- राजनीतिक कार्टर्ुुा
हामी अगाडि छौँ । विदेशीहरूले समेत हाम्रा कार्टर्ुुाई दमदार मान्ने
गरेका छन् ।" नभन्दै ठूलो आकारका नेपाली दैनिक -ब्रडसिट) का प्रथम
पृष्ठहरूमा कार्टर्ुुे पाइआएको जति स्थान अन्यत्र पाइँदैन ।
यो पृष्ठभूमिमा अगुवा कार्टर्ुुष्टहरू परिष्कार र प्रयोगका झल्िकाझल्िकीहरू
समेत देखाउन थालिसकेका छन् र बढिरहेको छ राजनीतिक कार्टर्ुुो सङ्ख्या
र सामर्थ्य । चार महिनायता १९ माघको शाही कदम र त्यसकै सेरोफेरोमा
झाङ्गएिका विसङ्गतिहरू नै राजनीतिक कार्टर्ुुो तारो बनिरहेका छन् ।
सत्ताको विसङ्गत चरित्रलाई चिरफार गर्नु अप्रत्यक्ष रूपले देश बनाउने
अभियानमा सघाउनु पनि हो । अहिले स्वयं राजा नै सत्तामा भएकाले कार्टर्ुुष्टहरूले
नयाँ चरित्र भेटेका छन् । प्रत्यक्ष/परोक्ष रूपमा राजालाई कार्टर्ुुा
छुनैपर्ने, समेट्नै पर्ने बाध्यतामा छन् उनीहरू । किन त - प्रायः सबैको
जवाफ आउँछ, "राजा राजनीतिमा नआएका भए सम्भवतः कार्टर्ुुो विषय
पनि बन्दैनथे ।"
समाचारभन्दा वजनदार !
हुन पनि राजनीति र सत्ताका कमजोरी, गलत निर्ण्र्ाा असफलता, मर्ूखता
र विसङ्गत्रि्रतिका यी कटाक्षहरूले चरित्रमाथिको हँसिमजाक र सङ्केतहरूका
माध्यमबाटै भएपनि चेतना-विस्तारमा प्रत्यक्ष/परोक्ष सहयोग पुर्याइरहेका
छन् र सम्बद्ध निकायलाई गल्ती, कमजोरी सच्याउन प्रेरित गरिरहेका छन्
। बौद्धिक पाठकहरूमाझ सम्पादकीय दृष्टिकोणका रूपमा समेत सहजग्राहृय
बनिसकेको नेपाली कार्टर्ुुे सम्पादकीय आग्रहसमेत बोलिरहेको हुन्छ ।
जनताले भोगिरहेका तर गुनासो गर्न/भन्न नसकिरहेका कुरालाई व्यक्त गर्ने
माध्यमसमेत बनिरहेका छन् कार्टर्ुु। भनिन्छ, पाँच वटा सम्पादकीय र
बाह्रसय शब्दको विश्लेषण बराबर एउटै व्यङ्ग्यचित्रले सन्देशप्रवाह
गर्नसक्छ । यसले एक झलकमै सामान्य पाठकदेखि विद्वतर््वर्गसम्मलाई आकर्षा
गर्ने सामर्थ्य बोकेको हुन्छ । वात्स्यायन भन्छन्, "पत्रकारिताको
गहना हो कार्टर्ुु अर्को अर्थमा चित्र-पत्रकारिता ।" अविनको दृष्टिमा,
"हामीले भोगिरहेको समाजकै प्रतिबिम्ब हो यो । कार्टर्ुुहर्ेदा
हाँस्नर्ैपर्छ वा यसले हँसाउनर्ैपर्छ भन्ने छैन । पीडा र करुणा पनि
हुन्छ यसमा ।"
सम्पादकीय कार्टर्ुुहोस् या ठट्यौली-रेखाङ्कन, कमिक-स्टि्रप होस् वा
संयोजित कार्टर्ुु प्रस्तुत गर्ने आ-आफ्नै शिल्प र शैली छन् । आफू
हाँस्ने र अरूलाई हँसाउन सक्ने विनोदवृत्ति र रेखाङ्कनकला -ड्राफ्टमेनसिप)
लाई कार्टर्ुुा पर्ूवाधार मान्छन् रविन । "कसैलाई चिमोटेर पनि
हँसाउन सक्ने र गम्भीर भएर सोच्न बाध्य पार्ने क्षमता हुन्छ कार्टर्ुुा
। तर त्यो सरल र स्पष्ट हुनर्ुपर्छ," राम्रो कार्टर्ुुो गुण औंल्याउँदै
उनी भन्छन्, "यो दृश्यविधा हो । हर्ेनासाथ बुझन सकिने खालको दमदार
हुनर्ुपर्छ ।" हास्यव्यङ्ग्य समाज नेपालका अध्यक्ष प्रा. रामकुमार
पाँडे व्यङ्ग्य-क्षमता र रेखाङ्कनकलालाई कार्टर्ुुष्टका आधारभूत सीप
मान्छन् । "कार्टर्ुुसंसारभर बुझनिे हुनुर्ुपर्छ । मैले वात्स्यायनका
केही कार्टर्ुुा त्यो गुण भेटेको छु । तर, उहाँले पनि त्यो स्तरका
धेरै बनाउन सक्नुभएन" भन्ने पाँडे विदेशमा हास्यव्यङ्ग्यसम्बन्धी
सभासंगोष्ठीमा जाँदा वात्स्यायनका केही कार्टर्ुुसाथै लान्छन् र 'यी
हाम्रो कला' भन्दै जहाँ चाहिन्छ, त्यहीँ देखाउँछन् । वात्स्यायनका
कार्टर्ुुा कसैले पेन्टिङ, ल्याण्डस्केपको झल्को भेट्छन्, कसैले माझएिको
जीवन्त-शैली । रविन, अविन, राजेश, वासुलगायतका नयाँ पुस्ताका कार्टर्ुुष्टलाई
निर्भिक र रचनात्मक बन्न बाटो देखाउने अगुवासमेत मानिन्छन् चार दशकदेखि
निरन्तर कार्टर्ुुकोरिरहेका वात्स्यायन । उनका सिर्जनाले विगतमा ठूल्ठूलै
तरङ्ग ल्याएका छन् । दासढुुङ्गा-दर्ुघटनासम्बन्धी एउटा कार्टर्ुुछापिएपछि
उनले एमाले कार्यकर्ताहरू बाट ठूलै दुश्मनी व्यहोर्नु पर्यो । चिनजानका
मान्छेहरूसमेत चिढिन थाले । लामो समयसम्म एकखाले विद्वेषको सामना गरिरहनुपर्यो
। पर्ूवमन्त्री गोविन्दराज जोशीसम्बद्ध एउटा अर्को व्यङ्ग्यचित्रका
कारण कतिपय घनिष्ठ मित्रहरू बाउँठिएको रमाइलो अनुभव पनि छ वात्स्यायनसँग
। उनले कार्टर्ुुो विषयवस्तुबारे धेरैलाई धेरैचोटि स्पष्टीकरण दिएका
छन् । ठुस्किने, बोल्न नचाहनेहरू पनि उत्तिकै भेटेका छन् ।
२०२८ सालदेखि प्रत्येक हप्ता कुनै न कुनै पत्रिकामा कार्टर्ुुबनाइरहेका
मोहनश्याम महर्जन -खोकना) ले पञ्चायतकालमा तत्कालीन प्रधान मन्त्री
नगेन्द्रप्रसाद रिजाललाई दशटाउके रावणसँग तुलना गर्दा फोनमार्फ् गुनासो
सुने । उनले माघ २०४९ मा साप्ताहिक विमर्श मा बनाएको सर्वोच्च अदालतसम्बद्ध
एउटा कार्टर्ुु-जसमा तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायलाई
रूखमा बसेको बाँदर बनाइएको थियो) कै कारण सम्पादक हरिहर विरहीले सात
दिन जेल जानुपर्यो । तर त्यसको प्रत्यक्ष कारक बनेका खोकनाले भने गुनासो
र आक्षेप हैन, बरु स्याब्बासी पाएका थिए ।
राजेश केसीले काठमाडौँमा ट्राफिक स्वयंसेवीको भूमिका निर्वाह गरिरहेका
जापानी नागरिक कियोशी बाबाको रेखदेखबाट छट्पटाएको नेपाल प्रहरीमाथि
चारित्रिक व्यङ्ग्य गर्दा उपत्यकाका तत्कालीन ट्राफिक प्रमुख सुरेन्द्र
पालले चित्त दुखाए तर सुरक्षासंयन्त्रको बेहोसी औंल्याउने अर्को कार्टर्ुुा
निम्ति सैनिक प्रवक्ता दीपक गुरुङबाट स्याब्बासी पाए । अधिकांश कार्टर्ुुष्ट
यस्ता घटनासँग अभ्यस्त भइसकेका छन् । गुनासा वा खप्की प्रायः सम्पादकले
पाएपनि श्रेय/स्याब्बासी आफ्नै भागमा पार्ने कार्टर्ुुष्टहरू यो अर्थमा
केही भाग्यमानी पनि छन् र आफ्ना कार्टर्ुुे तिनमा उल्लिखित चरित्रलाई
घोचेको, उद्वेलित र चिन्तित बनाएको देख्दा सन्तुष्ट पनि । आफ्ना सिर्जनालाई
उनीहरू सामाजिक-राजनीतिक विसङ्गतिविरुद्धको जेहाद सम्झन्छन् । सँगसँगै
लिन्छन् एकप्रकारको मनोविनोद । रविन साय्मि कार्टर्ुुसिर्जनालाई 'विकृतिमाथिको
विनोदप्रिय प्रहार' भन्छन् । रिसाउन् वा खुसाउन्- मतलब राख्दैनन् ।
आफ्नो व्यङ्ग्य-कटाक्षको बारम्बार सिकार बनेका काठमाडौँका पर्ूवमेयर
केशव स्थापितले प्रशंसा गर्दा रविन एकखाले आनन्दको अनुभव गर्छन् ।
राजेशको ठीक उल्टो अनुभव छ । उनको कार्टर्ुुाई नेकपा एमालेका महासचिव
माधवकुमार नेपाल निकै गम्भीरतापर्ूवक लिन्छन्, यदाकदा चित्त दुखाउँछन्
। राजेश झन् रमाइलो मान्दै त्यो 'सानो चित्त'लाई 'केसीकटाक्ष'मा जिस्क्याइरहन्छन्
।
यस्तै प्रहार, जिस्क्याइ र घोचपेचका लागि विषयवस्तु जुटाइदिने सामग्रीहरू
हुन् दिनदिनैका घटनाक्रम र समाचार । अविन भन्छन्, "हर्ेर्दै गयो,
समाजका हरक्षेत्रमा देखिने विसङ्गति र तिनले आफूलाई दिने पीडा पनि
हुन् मेरा विषयवस्तु ।" राजेश केसी बिहान उठ्नासाथ समाचारको दुनियाँमा
हराउँछन् । उनको चेतनतन्तुले सँगसँगै खोजिरहेको हुन्छ कार्टर्ुुो विषयवस्तु
। उनी कार्यरत र्सर्ूय ट्राभल्समा फर्ुसद मिल्नासाथ इन्टरनेट चहार्छन्
र घटनाक्रमसँग 'अपडेटेड' बन्छन् । अनि, तिनको विश्लेषण गर्दागर्दै
विषय फुराउँछन् । कामना प्रकाशन समूह का सुमन मानन्धर आफ्नो कल्पना
र खाकाबारे अरूसँग पनि सरसल्लाह गर्न रुचाउँछन् । अनि, कुन कोणमा कसरी
कति तिखार्दा प्रभावकारी हुन्छ, त्यही अनुरुप कोर्न थाल्छन् ।
विषय नफर्ुदा चाहिँ कार्टर्ुुष्टहरू के गर्छन् त - वात्स्यायन भन्छन्,
"म छोडिदिन्छु । धेरैबेर तनावमा बस्न चाहन्न ।" राजेश पनि
फुरेन है भन्दै घर र्फकन्छन् । घरबाटै इमेलमार्फ् कार्टर्ुुपठाउने
अविन चाहिँ असाध्यै छट्पटाउँछन् । सकेसम्म कोशिश गर्छन् । अन्ततः दिमागको
कुनै कुनामा एउटा न एउटा झल्िको बलिहाल्छ । विषय भेटिएन भने सम्पादनसमूहलाई
थाहै नदिई सुटुक्क हराइदिन्छन् रविन ।
व्यावसायिक शान
कार्टर्ुुविधामा आकषिर्त सबैलाई समेट्ने उद्देश्यले कार्टर्ुुष्ट क्लव
अफ नेपाल -सिकोन) समेत स्थापना भइसकेको छ । अध्यक्ष छन् राजेश केसी
र उनी नयाँ-पुराना करीब दर्ुइ दर्जन कार्टर्ुुष्टको नेतृत्व गरिरहेका
छन् । क्लवको आफ्नै वेबसाइट सिकोनडटकम (ccon.com)
र्सार्वजनिक हुने तयारीमा छ । अध्यक्ष राजेशले राजेशकेसीडटकम मार्फ्
आफ्ना कार्टर्ुु तस्बिर र प्रतिक्रियाहरूलाई र्सार्वजनिक गर्न थालेको
निकै भइसकेको छ । अविनको अविनडटकमएनपी पनि भर्खरै र्सार्वजनिक भएको
छ । पेशामा व्यावसायिकता भित्रिसकेको धेरैको अनुभव छ । दक्ष व्यक्तिहरू
कार्टर्ुुा मात्र सीमित छैनन्; पेन्टिङ, ग्राफिक डिजाइन, इलस्ट्रेशनदेखि
एनिमेशनसम्मका काम भ्याइरहेका छन् र कलासम्बद्ध यस्तै काममार्फ् मासिक
चालीस, पैतालीस हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । केही वर्षघिसम्म
'म कार्टर्ुुष्ट' भनेर चिनाउँदा पन्छिने, टाढिने मानिसहरू "मिल्छ
भने मेरो पनि राखिदिनुस् न" भन्दै झुम्मिन थालेपछि राजेशले आफू
र समकक्षीहरू 'सेलिब्रिटी' भएको अनुभव गर्न थालेका छन् । उनीहरूलाई
प्रतिक्रियामार्फ् हौसला दिने पनि उत्तिकै छन् । राजेशले दिनहुँ १५-२०
वटा इमेल त विदेशबाटै पाउँछन् । प्रायःमा प्रशंसा हुन्छ । कहिलेकाहीँ
पुरस्कारस्वरुप पैसा पठाएरै स्याब्बासी दिन्छन् । इन्धनको पछिल्लो
मूल्यवृद्धिबारे एमाले नेतृत्वले देखाएको द्वैधचरित्रलाई उडाइएको वात्स्यायनको
कार्टर्ुुाट प्रभावित एमालेकै एक पर्ूवसांसदले रु.५ हजार पठाएर व्यङ्ग्यको
तारिफ गरे । "यस्ता सद्भावलाई कार्टर्ुुो लोकप्रियताको अर्को
मानक मान्न सकिन्छ," रविन भन्छन्, "मैलेे स्याब्बासी धेरै
पाएँ, व्यावसायिकताको स्वाद पनि चाख्न थालिसकेको छु र राम्रै कमाउँछु
।"
डेढ दशकअघि एउटा साप्ताहिकमा लगातार दर्ुइ वर्षकार्टर्ुुबनाएवापत 'भावनात्मक
सम्बन्धको सम्मान' भन्दै डेढ सय रुपैयाँ पाएका थिए वात्स्यायनले ।
उनै वात्स्यायनका कार्टर्ुुअहिले धेरै मूल्यवान् भइसकेका छन् । तर
उनी कार्टर्ुुा मात्रै निर्भर छैनन् । चित्रकारितालाई पनि सँगसँगै
डोर्याइरहेका छन् । पेन्टिङमा उनी बेग्लै खाले सन्तुष्टि भेट्छन् ।
चित्र बनाउँदा आफू, आफ्नो रुचि र विवेकलाई मात्र ध्यान दिन्छन् र मनले
जे अह्राउँछ, त्यस्तै बनाउँछन् । भन्छन्, "तर कार्टर्ुुबनाउँदा
पाठकको रुचिलाई ध्यान दिन्छु । किनकि यो पाठक-विधा हो ।"
अगुवा कार्टर्ुुष्टहरू आफ्नै विचार, अवधारणालाई कार्टर्ुुा उतार्छन््
। काममा सम्पादकीय हस्तक्षेप हुँदैन, रुचाइँदैन पनि । तर, अरूको निर्देशनअनुसार
रेखा कोर्ने 'प्राविधिक कार्टर्ुुष्ट' पनि नेपाली सञ्चारमाध्यममा भेट्न
सकिन्छ । चित्रले एउटा तस्बिर देखाउँछ, संवादले अर्कै कुरा बोल्छ ।
त्यस्ता लेखाइलाई कार्टर्ुुन्दा यो विधाकै अपमान हुने ठान्छन् रविन
साय्मि । उनी भन्छन्, "कतिपय पत्रपत्रिकाले गैरकार्टर्ुुाई समेत
कार्टर्ुुभनेर स्वीकारिदिएका छन् । एक, दर्ुइ वटा बाङ्गाटिङ्गा रेखालाई
नै कार्टर्ुुमान्दै जाने हो भने भोलि यो पेशा/क्षेत्रमै समस्या आउन
सक्छ ।" खोकना भन्छन्, "आकार राम्रो भएपनि अमिल्दा विषयवस्तु
भएका कार्टर्ुुरूको बिगबिगी उत्तिकै छ ।" प्राध्यापक पाँडेका
अनुसार साधना र अध्ययनको कमी पनि छ । नियतवश गरिएका गालीगलौजहरू पनि
कार्टर्ुुा प्रकट भइरहेका छन् । जापानमा गणितजस्तो जटिल विषयलाई पनि
व्यङ्ग्यचित्रमार्फ् सिकाइने/ देखाइने गरेको दृष्टान्त दिँदै उनी भन्छन्,
"हामीकहाँ कला-उत्थानका लागि स्थापित प्रज्ञा-प्रतिष्ठानलाई समेत
कार्टर्ुुकुन चरीको नाम हो, पत्तो छैन ।"
कार्टर्ुुारखीहरूका अनुसार हामीकहाँ क्यारिकेचर गर्ने कलामा समेत धेरै
विविधता छैन । दर्ुइ-चार जनाबाहेक अधिकांशमा मौलिक सीप र रेखाङ्कनकलाको
विकास भएको देखिँदैन । कुनै चरित्र र शारीरिक अङ्गको अतिशयोक्तिपर्ूण्ा
चित्रणमा पनि नेपाली स्रष्टाहरू पछाडि नै छन् । प्रयोगमूलक कामको अभाव
छ । कार्टर्ुुष्टहरूलाई जोकर वा हास्यपात्रका रूपमा हेरिने सङ्कर्ीण्ा
सोचाइहरू पनि समाजमा विद्यमान छन् । कलाकारहरू समेत धेरै जोखिम मोल्न
चाहँदैनन् । चित्रको अभिव्यक्तिमा पनि धेरै सुधार ल्याउनुपर्ने स्थिति
छ । "तर कसैकसैले कुनै कुनै बेला मैलेभन्दा राम्रो बनाएका छन्"
भन्दै नयाँपुस्ताप्रति आशा र विश्वास देखाउँछन् वात्स्यायन । बिम्ब,
प्रतीक वा सोझाघुमाउरा उपायहरू नै सही, व्यङ्ग्य चित्रकारहरूले आफ्नो
कर्तव्य धानेका छन् । चेकबुट्टे कोट, धोतीकर्ुता र गोलो चस्मा लगाउने
तालुखुइले एउटा पात्रलाई 'आममान्छेको जीवनसङ्र्घष्ामा विजयको प्रतीक'
भन्दै भारतीय कार्टर्ुुष्ट आरके लक्ष्मणले टाइम्स अफ इण्डिया को आफ्नो
स्तम्भ 'यु सेेड इट' मा स्थापित गरेको सदावहार चरित्र र त्यहीमार्फ्
सामाजिक विसङ्गतिहरूमाथि भइरहेको शृङ्खलाबद्ध घोचपेचले कमाएको ख्याति
समतुल्य हुन हाम्रा कार्टर्ुुष्टहरूलाई अरू धेरै समय लाग्न सक्छ ।
भारतको सङ्कटकालमा सत्तापक्षको दिक्दारलाग्दो व्यवहार छल्न लक्ष्मण
देश छोडेर मरिसस पुगेका थिए । शर्ंकर्स विक्ली मार्फ् तहल्का मच्चाएका
के. शङ्कर पिल्लैले 'तानाशाही शासनमा कोही हाँस्नै सक्तैन' भन्दै पीडाबोध
सहित आफ्नो प्रकाशन नै बन्द गरे । तर सङ्कटकाल, प्रतिबन्ध, नियन्त्रणका
अप्ठ्याराहरू भोग्दाभोग्दै पनि नेपाली कार्टर्ुुष्टहरूले हिम्मत हारेका
छैनन् । उनीहरूले कुनै न कुनै रूपमा जनताको बोली बोलिरहेका छन् र विसङ्गति
जहाँ देखिन्छ, त्यहाँ हान्न चुकेका छैनन् । शरीरको पछाडिको भाग, अदृश्य
हात, दमनकारी पैताला, दरबारको गेट, तुलसी गिरी, कर्ीर्तिनिधि विष्टजस्ता
नयाँ गोटीहरूलाई देखाएर वा माओवादी उन्मादको पीडादायी यथार्थ प्रस्तुत
गरेरै भए पनि आ-आफ्नो व्यङ्ग्य-चेतलाई सुस्ताउन दिएका छैनन् । २७ जेठमा
अविनले समय साप्ताहिकको 'चसक' मा देखाएको प्रसङ्ग पनि हो यसको प्रमाण
। त्यसको व्यङ्ग्योक्ति थियो, "यस घटना -माडी नरसंहार) बाट हामी
अत्यन्त दुःखी र मर्माहत भएका छौं... र सदा झैँ भविष्यमा यस्तो घटना
दोहोरिन नदिन कडाइपर्ूवक लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।'
(कार्टर्ुु पेज २६)
गहिरो घोचपेच
कार्टर्ुुकलामा र्सवाधिक लोकप्रिय स्रष्टा हुन् दुर्ग्ाा
बराल -वात्स्यायन) -६२) । उनी नेपाली कार्टर्ुुाई नयाँ दिशा र गतिलो
धार दिने शिल्पी मानिन्छन् । पोखराको आर्वाबाट कला सिक्न काठमाडौँ
आएका बरालले वि.सं. २०२१ देखि नयाँसन्देश मार्फ् कार्टर्ुुसिर्जनामा
हात हाले । प्राङ्गण, राष्ट्रपुकार, मातृभूमि, देशान्तर, सुरुचि, गोरखापत्र
हुँदै २०५२ देखि कान्तिपुर पव्लिकेशन्स मा नियमित कार्टर्ुुलेखिरहेका
वात्स्यायन पेन्टिङमा समेत उत्तिकै कहलिएका छन् । पोखराको पृथ्वीनारायण
क्याम्पसमा २७ वर्षकला पढाइसकेका अनुभवी अध्यापक पनि हुन् उनी ।
कार्टर्ुुसिर्जनामा राजनीति उनको प्रिय विधा हो र राजनीतिमा देखिने
विसङ्गति प्रिय विषयवस्तु । नेपालका प्रायः सबै नयाँ कार्टर्ुुष्टका
प्रेरणास्रोत मानिने वात्स्यायनबारे प्रशंसकहरू भन्छन्, "उनको
व्यङ्ग्यमा नेपालीपन हुन्छ । उच्छृङ्खलता हुँदैन । गहिरो घोचपेच हुन्छ
। कार्टर्ुुवरिपरिको वातावरणसहित चित्रकारिताको स्वाद लिन सकिन्छ ।
कार्टर्ुुो 'स्ट्रोक'मा देखिने परिपक्वता नै उनको सबैभन्दा ठूलो खुवी
हो ।"
कार्टर्ुुपात्रः कोइराला
एक दशकयता व्यङ्ग्यचित्रमा अत्यधिक दोहोरिएका पात्र
हुन् गिरिजाप्रसाद कोइराला र माधव नेपाल । पछिल्ला तीन वर्षा शेरबहादुर
देउवामाथि पनि निकै कार्टर्ुुबने । सत्तामा हुँदा यदाकदा कार्टर्ुुा
विषयवस्तु बन्ने र्सर्ूयबहादुर थापा, लोकेन्द्रबहादुर चन्दजस्ता पात्रहरू
सत्ताबाहिर जानासाथ ओझेलमा परे । तर सत्ताबाहिर रहेपनि कोइराला र नेपाल
कार्टर्ुुा आइरहन्छन् । सत्तामा हुन् वा नहुन्, डेढ दशकयता राजनीतिक
व्यङ्ग्यका निम्ति अत्यधिक उपयोग भएका पात्र हुन् कोइराला । किन त
- वात्स्यायन भन्छन्, "प्रायः सत्तासँग जोडिएर आउँछ कार्टर्ुुो
प्रहार । तर, कोइरालाको कुरा बेग्लै छ । सत्तामा नहुँदा समेत राजनीति
उनकै वरिपरि घुमिरहृयो ।"
भित्तैमा पुर्याउने खुबी
दह्रो विषयवस्तु छान्ने र विसङ्गत चरित्रलाई भित्तैमा
पुर्याउने गरी घोचपेच गर्ने कार्टर्ुुष्ट मानिन्छन् रविन साय्मि -३३)
। उनी सात कक्षामा पढ्दापढ्दै स्वतःस्फर्ूत क्यारिकेचर-रेखाङ्कनमा
लागेका हुन् । कार्टर्ुुकरिअर नेपाल भाषाको डाइजेष्ट सहलह -सरसल्लाह)
बाट शुरु गरेका रविन भारतीय कार्टर्ुुष्ट आरके लक्ष्मण, राजेन्द्र
काक र नेपाली अगुवा वात्स्यायनको शैलीबाट आफूलाई प्रभावित ठान्छन्
। कलामा स्नातक तहसम्मको अध्ययन गरेका रविनको दाबी छ, "दृष्टि
साप्ताहिकले मलाई पर्ूण्ा कार्टर्ुुष्ट बनाएको हो ।"
हातेमालो त्रैमासिक, विश्वभूमि, सन्ध्या टाइम्स दैनिक, छलफल, प्रकाश,
जनआस्था साप्ताहिक हुँदै हिमाल पाक्षिकसम्मको यात्रामा उनले बटुलेका
ठूला सम्पत्तिहरू हुन्, ख्याति र निर्भिकता । नेपाल वातावरण पत्रकार
समूहको कला संयोजक समेत रहेका रविनको मूल विशेषता हो - उनी कार्टर्ुुसिर्जना,
इलस्ट्रेशन र ग्राफिक डिजाइनमा सँगसँगै दौडिन सक्छन् ।
 |
 |
सुर्यबहादुर थापा |
मरिचमानसिंह श्रेष्ठ |
आफ्नो कार्टर्ुुदेख्दा कस्तो लाग्छ?
थापाः रमाइलो लाग्छ ।
श्रेष्ठः सामान्य नै लाग्छ । चित्त दुख्दैन - रिस
उठ्दैन?
थापाः चित्त पनि दुख्दैन, रिस पनि उठ्दैन । बरु कहिलेकाहीँ त हाँसै
उठ्छ ।
श्रेष्ठः अब्जेक्टिभ्ली बनाउँदा चित्त दुख्दैन । तर ममाथि बनाइएका
कार्टर्ुुरू अलि पर्ूवाग्रही भएजस्तो लाग्छ । यसले
औँल्याएका विसङ्गतिलाई चाहिँ कुन रूपमा लिनुहुन्छ?
थापाः गम्भीर रूपमा लिएर सुधार्ने प्रयास गर्छर्ुु
श्रेष्ठः सत्य/तथ्यमा आधारित भए सकारात्मक रूपमै लिन्छु । |
| |
फोटोग्राफी र कार्टर्ुुसँगसँगै
फोटोग्राफी र कार्टर्ुुलामा समान रूचि राख्छन् राजेश
केसी -३८) । उनी भारतीय कार्टर्ुुष्ट आरके लक्ष्मणको इन्दिरा गान्धीसम्बद्ध
कार्टर्ुुशृङ्खला पढेपछि यो विधातिर आकषिर्त भएका हुन् । सानै उमेरमा
हर्ुर्किएको विनोदवृत्ति र चित्रकलाको सीपले क्यारिकेचरतिर डोर्याउँदै
लगेपछि उनले कान्तिपुर पब्लिकेशन्स बाट व्यावसायिक कार्टर्ुुष्टको
करिअर शुरु गरे । बीचमा उनी र्सर्ूय प्रकाशन, दृष्टि तथा इण्डिपेन्डेन्ट
साप्ताहिक र हिमाल पाक्षिकमा पनि सम्बद्ध थिए । अहिले उनी सङ्ख्यात्मक
हिसाबले र्सवाधिक पढिने कार्टर्ुुष्ट मानिन्छन् ।
हाल काठमाडौँको र्सर्ूय ट्राभल्समा कार्यरत राजेशले बीए उत्तर्ीण्ा
गर्नासाथ पर्यटन क्षेत्रको करिअर रोजेका थिए । त्यसैलाई उनी आफ्नो
मूल पेशा मान्छन् । कार्टर्ुुा चाहिँ उनको विषय र प्रस्तुतिलाई बढी
रुचाइन्छ । प्रशस्त भेटिन्छ विनोदवृत्तिको झझल्को ।
कार्टर्ुुा कलाको स्वाद
कला-सिर्जनालाई बाल्यकालदेखिकै साथी ठान्छन् अविन्द्रमान
श्रेष्ठ -अविन) -३३) । व्यवस्थापनका स्नातक अविनले कलाशिल्प तिखार्न
ब्याचलर अफ फाइनआर्टस् समेत पढे । कार्टर्ुुसिर्जनामा २०५० सालदेखि
निरन्तर सक्रिय रहे । उनले व्यावसायिक कार्टर्ुुष्टका रूपमा गोरखापत्र,
नेपालटाइम्स, विश्वभूमि, सन्ध्याटाइम्स, हिमालय टाइम्स, हिमाल, बस,
न्यू बिजनेस एज हुँदै समय साप्ताहिकसम्मको यात्रा तय गरिसकेका छन्
र सँगसँगै भ्याइरहेका छन् इलस्ट्रेशन, डिजाइन, पेन्टिङ र एनिमेशनको
काम ।
कार्टर्ुुप्रतियोगिताहरूमा पटकपटक पुरस्कृत अविनले वातावरणसम्बन्धी
कार्टर्ुुशृङ्खलाको पर््रदर्शनीसमेत गरिसकेका छन् । भर्खरै निजी वेबसाइट
abin.com.np
र्सार्वजनिक गरेका अविनको विशेषता हो, उनका कार्टर्ुुा कलात्मक पक्षको
प्रबलता र भिन्नै शैलीको 'स्ट्रोक' भेटिन्छ । अभिव्यक्ति/प्रस्तुतिलाई
पनि उत्तिकै ख्याल गर्छन् ।
|